दशैँ तिहारलाई लक्षित गर्दै सरकारले सञ्चालन गरेको सहुलियत पसलमा कुन सामानको मुल्य कति ?(सुचि सहित)
काठमाडौं ९,असोज ।सरकारले सधैँ जस्तै यसवर्ष पनि दशैँ तिहार र छठपर्वलाई लक्षित गरेर असोज १२ गते (शुक्रबार) देखि सुपथ मूल्यको पसल सञ्चालन गर्दैछ ।
असोज २७ गतेसम्म सञ्चालन हुने सुपथ मूल्य पसलमा छुटको व्यवस्था गरिएको छ । बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार यस्तो पसलको सञ्चालन नेपाल खाद्य संस्थान, साल्ट ट्रेडिङ, दूग्ध विकास संस्थान मिलेर गर्नेछन् । उनीहरुले नेशनल ट्रेडिङको भवन नजिक संयुक्त एकीकृत मूल्यको पसल सञ्चालन गर्नेछन् । सुपथ मूल्य पसलको उद्घाटन १२ गते बिहान ११ बजे हुनेछ ।
त्यसबाहेक छुट्टा छुट्टै पनि सञ्चालन हुनेछ ।
साल्ट ट्रेडिङले आफ्ना व्यापारिक वस्तुमध्ये नुन र चिनी काठमाडौँमा ९ वटा स्टल र ३ वटा घुम्ती पसल र काठमाडौँ बाहिर रहेको डिपो र कार्यालय गरी २४ स्थानबाट बिक्रि वितरण गर्नेछ । साल्ट ट्रेडिङको उपत्यकाभित्र र बाहिर गरेर ३६ वटा बिक्रि बितरण केन्द्रहरु रहनेछन् ।
दूग्ध संस्थानले घ्यु, पनिर लगायतका दुग्धजन्य वस्तुहरु काठमाडौँको लैनचौर, न्यूरोड र खुमलटार गरी तीन ठाउँबाट र काठमाडौँ उपत्यकाबाहिर हेटौँडाको औद्योगिक क्षेत्र र सालोक चोक, विराटनगरमा कञ्चनबारी र महेन्द्रनगर चोक, जनकपुरमा ढल्केवर र भानुचोक, बुटवलमा एक, नेपालगंज÷ कोहलपुरमा एक र धनगढीमा गरी नेपालभर १२ स्थानबाट विक्रि वितरण गरिनेछ ।
सरकारी पसले र डिलर तथा सहकारीबाट (जो वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा सूचीकरण भएका छन् ।) उनीहरुले विभिन्न छुटको पनि व्यवस्था गरेका छन् ।
दाल चामल उद्योगले दाल चामलमा ३ प्रतिशत छुट, थोक विक्रेताले ३ प्रतिशत छुट, तेल घ्यू उद्योगले तेल घ्यूमा ३ प्रतिशत , आयातित तेलमा प्रति पाँच लिटरमा १५० रुपैया, चिनी मूल्य अभिवृद्धि करबाहेक प्रतिकेजी ५७ रुपैयाँमा उपलब्ध गराउने, सहकारी उद्योगले उत्पादन गरेको मसलामा १० प्रतिशत छुट रहेको छ ।
नेपाल खाद्य संस्थानका उपभोग्य बस्तुमा यस्तो छ छुट
प्रतिकेजी ४५ रुपैयाँ पर्ने सोना मन्सुली चामलको ४० रुपैयाँ
६० रुपैयाँ पर्ने जिरा मसिनोलाई ५५ रुपैयाँ
प्रतिकेजी ९१ रुपैयाँ पर्ने बास्मती चामलाई ८१ रुपैयाँ
४८ रुपैयाँपर्ने गोरखनाथ चामललाई ३८ रुपैयाँ
८० रुपैयाँपर्ने जापानीज चामललाई ७५ रुपैयाँ
१३० रुपैयाँ पर्ने जुम्ली सिमी चामलको प्रतिकेजी १२० रुपैयाँ
८० रुपैयाँ केजीको जुम्ली तिते फापरलाई ७० रुपैयाँ
खसी बोकाको मासुमा प्रतिकेजी १० रुपैयाँ छुट
यता साल्ट ट्रेडिङको वस्तुमा २० रुपैयाँ पर्ने नुनलाई १८ रुपैयाँ दिने जनाएको छ ।
चिनीमा ५ रुपैयाँ छुट र आवाश्यकता अनुसार अन्य छुट छ भने दूग्ध विकास संस्थानबाट उत्पादित वस्तुमा ९०० रुपैयाँ पर्ने एकलिटर घ्यूलाई ८५० रुपैयाँ, प्रतिकेजी ६२० रुपैयाँ पर्ने पनिरको मूलय ६१० रुपैयाँ तोकिएको छ । आइसक्रि, दही, लस्सी, केचपजस्ता वस्तुमा पनि छुट रहेको छ ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












