दशैँ तिहारलाई लक्षित गर्दै सरकारले सञ्चालन गरेको सहुलियत पसलमा कुन सामानको मुल्य कति ?(सुचि सहित)
काठमाडौं ९,असोज ।सरकारले सधैँ जस्तै यसवर्ष पनि दशैँ तिहार र छठपर्वलाई लक्षित गरेर असोज १२ गते (शुक्रबार) देखि सुपथ मूल्यको पसल सञ्चालन गर्दैछ ।
असोज २७ गतेसम्म सञ्चालन हुने सुपथ मूल्य पसलमा छुटको व्यवस्था गरिएको छ । बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार यस्तो पसलको सञ्चालन नेपाल खाद्य संस्थान, साल्ट ट्रेडिङ, दूग्ध विकास संस्थान मिलेर गर्नेछन् । उनीहरुले नेशनल ट्रेडिङको भवन नजिक संयुक्त एकीकृत मूल्यको पसल सञ्चालन गर्नेछन् । सुपथ मूल्य पसलको उद्घाटन १२ गते बिहान ११ बजे हुनेछ ।
त्यसबाहेक छुट्टा छुट्टै पनि सञ्चालन हुनेछ ।
साल्ट ट्रेडिङले आफ्ना व्यापारिक वस्तुमध्ये नुन र चिनी काठमाडौँमा ९ वटा स्टल र ३ वटा घुम्ती पसल र काठमाडौँ बाहिर रहेको डिपो र कार्यालय गरी २४ स्थानबाट बिक्रि वितरण गर्नेछ । साल्ट ट्रेडिङको उपत्यकाभित्र र बाहिर गरेर ३६ वटा बिक्रि बितरण केन्द्रहरु रहनेछन् ।
दूग्ध संस्थानले घ्यु, पनिर लगायतका दुग्धजन्य वस्तुहरु काठमाडौँको लैनचौर, न्यूरोड र खुमलटार गरी तीन ठाउँबाट र काठमाडौँ उपत्यकाबाहिर हेटौँडाको औद्योगिक क्षेत्र र सालोक चोक, विराटनगरमा कञ्चनबारी र महेन्द्रनगर चोक, जनकपुरमा ढल्केवर र भानुचोक, बुटवलमा एक, नेपालगंज÷ कोहलपुरमा एक र धनगढीमा गरी नेपालभर १२ स्थानबाट विक्रि वितरण गरिनेछ ।
सरकारी पसले र डिलर तथा सहकारीबाट (जो वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा सूचीकरण भएका छन् ।) उनीहरुले विभिन्न छुटको पनि व्यवस्था गरेका छन् ।
दाल चामल उद्योगले दाल चामलमा ३ प्रतिशत छुट, थोक विक्रेताले ३ प्रतिशत छुट, तेल घ्यू उद्योगले तेल घ्यूमा ३ प्रतिशत , आयातित तेलमा प्रति पाँच लिटरमा १५० रुपैया, चिनी मूल्य अभिवृद्धि करबाहेक प्रतिकेजी ५७ रुपैयाँमा उपलब्ध गराउने, सहकारी उद्योगले उत्पादन गरेको मसलामा १० प्रतिशत छुट रहेको छ ।
नेपाल खाद्य संस्थानका उपभोग्य बस्तुमा यस्तो छ छुट
प्रतिकेजी ४५ रुपैयाँ पर्ने सोना मन्सुली चामलको ४० रुपैयाँ
६० रुपैयाँ पर्ने जिरा मसिनोलाई ५५ रुपैयाँ
प्रतिकेजी ९१ रुपैयाँ पर्ने बास्मती चामलाई ८१ रुपैयाँ
४८ रुपैयाँपर्ने गोरखनाथ चामललाई ३८ रुपैयाँ
८० रुपैयाँपर्ने जापानीज चामललाई ७५ रुपैयाँ
१३० रुपैयाँ पर्ने जुम्ली सिमी चामलको प्रतिकेजी १२० रुपैयाँ
८० रुपैयाँ केजीको जुम्ली तिते फापरलाई ७० रुपैयाँ
खसी बोकाको मासुमा प्रतिकेजी १० रुपैयाँ छुट
यता साल्ट ट्रेडिङको वस्तुमा २० रुपैयाँ पर्ने नुनलाई १८ रुपैयाँ दिने जनाएको छ ।
चिनीमा ५ रुपैयाँ छुट र आवाश्यकता अनुसार अन्य छुट छ भने दूग्ध विकास संस्थानबाट उत्पादित वस्तुमा ९०० रुपैयाँ पर्ने एकलिटर घ्यूलाई ८५० रुपैयाँ, प्रतिकेजी ६२० रुपैयाँ पर्ने पनिरको मूलय ६१० रुपैयाँ तोकिएको छ । आइसक्रि, दही, लस्सी, केचपजस्ता वस्तुमा पनि छुट रहेको छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












