रातको समय भन्सार छलेर ल्याउँदै गरेको सामग्री बरामद
वीरगञ्ज२३ असोज। सशस्त्र प्रहरीले वीरगञ्जमा कपडा बरामद गरेको छ । रातको समयमा भन्सार छलेर ल्याउँदै गरेको चार लाख १८ हजार ३१ रूपैयाँ बराबर मूल्यको बरामद गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।
वीरगञ्ज महानगरपालिका-६ छपकैया नयाँ बस्ती इलाकाबाट ४ लाख १८ हजार ३१० रुपैयाँ मूल्य बराबरको कपडा बरामद गरिएको हो ।
सशस्त्र प्रहरीको वीरगञ्ज भन्सारस्थित गुल्मबाट खटिएको मोबाइल गस्ती टोलीले सुट, सर्ट पाइन्टका कपडाहरु, टप्स, मोबाईल चार्जर, जुत्ता लगायतका सामग्री बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
बरामद गरिएको समान आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पठाइएको सशस्त्र प्रहरी निरीक्षक पदमबहादुर खड्काले जानकारी दिए ।
नियमित चेकजाँचसँगै चाडबाडको मौका छोपेर हुन सक्ने तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरी विशेष योजना बनाएरै सक्रिय रहेको सशस्त्र प्रहरी निरीक्षक खड्काले बताए । ‘२४ अै घण्टा गस्ती, नेपाल प्रहरीसँग संयुक्त गस्ती गरिरहेका छौं,’ भन्सार क्षेत्रमा हुने नियमित चेकजाँचमा पनि कडाई गरेका छौं,’ उनले भने, ‘चाडबाडलाई लक्षित गरेर कुने पनि गैरकानुनी गतिविधि नहोस भनेर हामी सचेत छौं ।’
चाडवाडमा भन्सार क्षेत्रमा खटिएका प्रहरीसँगकै मिलेमतोमा खुलेआम तस्करी भइरहेको गुनासो आएपछि सशस्त्र प्रहरीले सक्रियता देखाएको हो ।
दुईदिन अघि पनि सशस्त्र प्रहरीले नेपालबाट भारत तस्करी गर्दै गरेको अवस्थामा ५ क्विन्टल मरिच बरामद गरेको थियो ।
Comments
अरु समाचार
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे...
-
कुलमानको नाम लिँदै प्रभाव जमाउँदै हेमान !
काठमाडाैं । सिरहातिर घर भएका एमालेका एक कार्यकर्ताले यतिबेला ऊर्जासमेत तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङको नाम लिएर सिंहदरबार क्षेत्रमा आतंक...
-
अख्तियार प्रमुख प्रेम राईलाई धम्की दिने पाठक फिलिपिन्सबाट पक्राउ
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन्। नेपाल प्रहरीले उनले...
-
शक्तिशाली ठान्ने विनोद चाैधरीलाई जताकतै झड्काः अदालतकै आदेशमा भ्रम फैलाउने बाध्यता !
काठमाडाैं । नियोसी (NEOSEA) ब्रान्डका इलेक्ट्रिक भ्यानहरू आयात र बिक्री गर्दै आएको एम्बर मोटर्स प्रा.लि.ले डलर अर्बपति विनोद चाैधरीको सिजी...
-
जेनजी आन्दोलनमा भागेका दुई कैदी पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...











