न अनुगमन, न कारबाही ,कालोबजारीप्रति स्थानीय सरकार मौन
मोरङ २४, असोज । जनप्रतिनिधिले संविधानले दिएको अधिकार प्रयोग नगर्दा स्थानीय तहमा कालोबजारी मौलाएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ र उपभोक्ता हित संरक्षण ऐन २०७५ ले दिएको अधिकार जनप्रतिनिधिले प्रयोग नगर्दा बजारमा कालोबजारी मौलाएको हो ।
मोरङमा जिल्ला प्रशासन कार्यालयको बजार अनुगमन झारो टार्ने खालको मात्र छ । अनुगमनको मुख्य जिम्मेवारी पाएका स्थानीय तहका जनप्रतिनिधि कालोबजारीबारे चुपचाप छन् ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ र गाउपालिका नगरपालिकाबाट गरिने बजार अनुगमन निर्देशिका २०७४ र उपभोक्ता हित संरक्षण ऐन २०७५ ले जनप्रतिनिधिलाई अनुगमनको स्पष्ट अधिकार दिएको छ । तर कालोबजारी मौलाएका बेला जनप्रतिनिधि भने मौन छन् ।
विराटनगरलगायत मोरङका स्थानीय बजारहरुमा दशैंको समयमा उपभोग्य सामग्री र कपडाहरुमा कालोबजारी भइरहेको जनगुननासो छ ।
उपभोक्ता हित संरक्षण ऐनले स्थानीय तहले गर्ने अनुगन समितिलाई कसुरअनुसार ५ हजार देखि ३ लाख रुपैयाँसम्म अन द स्पट जरिवाना गराउन सक्ने अधिकार दिएको छ ।
ऐनले अधिकार दिए पनि जनप्रतिनिधिबीच समन्वय नहुँदा कालोबजारीले प्रश्रय पाएको उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेली बताउँछन् । विराटनगर महानगरपालिकालाई आफूले अनुगमन गर्न आग्रह गरेको बताउदै उनले भने ‘महानगरमा अनुगमनकालागि जनप्रतिनिधि र कर्मचारीमा नै आन्तरिक समन्वय छैन् ।’
जनप्रतिनिधिको मौनताले गर्दा सर्वसाधरण महंगी र कालोबजारीको मारमा परेको भण्डारीको गुनासो छ । ‘अरु स्थानीय तहले जसोतसो अनुगमन गरेकै छन्’ उनले भने ‘ तर विराटनगर महानगरपालिका भने निष्त्रिmय छ ।’ चुनाव जितेर आएका जनप्रतिनिधि भोट बिग्रने डरले कालोबजारीलाई प्रश्रय दिएको गुनासो गरे ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १६ (ख) उपप्रमुखको काम कर्तव्य र अधिकारमा उपभोक्ता हित संरक्षण सम्बन्धी कार्यको समन्वय गर्ने उल्लेख छ । तर विराटनगर महानगरपालिकासहित मोरङका १७ वटै स्थानीय तहमा अनुगमनमा समन्वय भएको छैन । सोही ऐनको दफा १२ (घ) ३ ले वडा अध्यक्षलाई पनि बजार अनुगमनको जिम्मेवारी दिएको छ ।
खाद्यान्य, माछा, मासु तरकारी, फलफूल, पेय पदार्थ तथा उपभोग्य वस्तुको अनुगमन गरी उपभोक्ता हित संरक्षण गर्ने अधिकार दिएको छ । तर उपभोक्ता ठगिरहेका बेला न वडा अध्यक्षले बजार अनुगमन गरेका छन् न त उपप्रमुखले नै । जनताले जिताएका जनप्रतिनिधिहरु नै अनुगमन नगरी मौन बसेका छन् ।
गाउँपालिका नगरपालिकाबाट गरिने बजार अनुगमनसम्बन्धी निर्देशिका २०७४ ले बजार अनुगनम गरी कारवाही प्रक्रिया अघि बढाउन सक्ने अधिकार दिएको छ । स्थानीय तहको नेतृत्वमा गठन हुने अनुगमन टोलीलाई कालोबजारी गरेको पाए कारोवार नै बन्द गर्न सक्ने अधिकार दिएको छ । तर अधिकार पाएर पनि जनप्रतिनिधिहरुले अनुगमन गरेको देखिदैन ।
उपमेयर भन्छिन् ‘कार्यविधि भर्खर बन्यो’
उपप्रमुखको नेतृत्वमा अनुगमन समिति गठन गर्नुपर्ने व्यवस्था छ तर जनप्रतिनिधिले कार्यभार सम्हालेको डेढ बर्षसम्म विराटनगर महानगरपालिकामा अनुगमन समिति गठन भएको छैन ।
महानगरकी उपमेयर इन्दिरा कार्की कार्यविधि बनाउन ढिलो भएका कारण अनुगमन समिति गठन गरी बजार अनुगमन गर्न नसकिएको बताउँछिन् । तर ऐनले भने स्पष्ट रुपमा अनुगमन समिति गठन गरेर अनुगमन गर्न पाउने व्यवस्था गरेको छ । ऐनले नै उल्लेख गरेका कारण कार्यविधि अनिवार्य छैन् ।
महानगरपालिकाले वडा अध्यक्ष निश्चल अर्यालको संयोजकत्वमा पनि अनुगमन समिति गठन गरेको थियो । उपप्रमुखको संयोजकत्वमा गर्नुपर्ने सहित वडा अध्यक्षमा गठन गरिए पनि अनुगमन भने गरेको छैन । चाडबाड लक्षित अनुगमन चाडै सुरु गर्ने उपमेयर कार्कीले जानकारी दिइन् ।
इटहरीको योजना तीन तहको स्टीकर
चाडपर्बको मुखमा हुन सक्ने ठगी र कालो बजारी नियन्त्रणकालागि इटहरी उपमहानगरपालिकाले एकसाता यता अनुगमन सुरु गरेको उपमेयर लक्ष्मी गौतमले बताइन् ।
एक महिनाअघि अनुगमन समिति गठन गरी दशैंमा हुन सक्ने कालोबजारी नियन्त्रण गर्न निरन्तर अनुगमन गरिएको बताउँदै उनले पसहरुको स्तर निर्धारण गर्न ३ रङको स्टीकर टास्ने बताइन् । ‘पसलसको अवस्थाका आधारमा राम्रो, ठिकै र नराम्रो उल्लेख हुने तीन तहका स्टीकर टास्छौं’ उनले भनिन्’ पसलको स्तर निर्धारण गर्नेछौं ।’
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












