देवघाटमा पार्कसहित शिव मूर्ति बन्दै
चितवन । धार्मिक पर्यटकलाई लक्षित गरी पवित्र तीर्थस्थल देवघाटधाममा पार्कसहितको अष्टधातुबाट ३० फिट अग्लो शिवको मूर्ति निर्माण कार्य शुरु भएको छ ।
भरतपुर महानगरपालिका–१ को सीताराम माविसँगै दुई बिगाहा सात धुर जग्गामा शिवमूर्ति, बाल उद्यान, उद्यान, शिव पञ्चायन मन्दिर निर्माण गरिँदै छ । नारायणी नदीबाट जल तानेर शिवको शिरबाट पाउसम्म झरेपछि कुण्ड हुँदै ११ मुखे धाराबाट झारेर स्नान गर्ने व्यवस्था गरिँदै छ ।
देवघाटधाम संरक्षण प्रतिष्ठानका अध्यक्ष अम्बिकाप्रसाद अधिकारीका अनुसार शिव मूर्ति निर्माणको काम थालिएको छ । तीन वर्षभित्रमा सबै काम सम्पन्न गर्ने गरी तयारी गरिएको उहाँले बताउनुभयो ।
शिवको मूर्ति तामा, पित्तल, चरेस, ढलोट, सुन, चाँदी, सिसा र सिलभर ९सिलौट० बाट निर्माण गरिनेछ । प्रतिष्ठानका अध्यक्ष अधिकारीका अनुसार मूर्ति निर्माणका लागि मात्रै रु चार करोड खर्च हुने अनुमान गरिएको छ । उहाँले भन्नुभयो, “धार्मिक पर्यटकलाई लक्षित गरी हामीले मूर्ति बनाउँदैछौँ ।”
प्रतिष्ठानका निवर्तमान अध्यक्ष राजेन्द्र पियाका अनुसार ४० फिट चौडा, ४० फिट लम्बाइ र नौ फिट गहिरो खाडलको छेउछेउमा शिव पञ्चायन मन्दिर र १०८ शिव लिङ्ग हुनेछन् । बीच भागबाट शिव मूर्ति निर्माण गरिनेछ । जमीनको सतहबाट ३० फिट अग्लो अष्टधातुको मूर्ति निर्माण गरिने उहाँले बताउनुभयो ।
नारायणी नदीबाट पानी तानेर शिवको शिरबाट पाउँ ९खुट्टा० हुँदै तीनवटा कुण्डमा जम्मा हुनेछ । पियाका अनुसार कुण्डबाट १०० मिटर पर पानी तानेर ११ वटा गौमुखे धाराबाट झारिने छ । ती धारामा भक्तजनले स्नान गर्न सक्नेछन् । नजिकै एउटा बाल उद्यान र अर्को सबैका लागि हुने गरी उद्यान निर्माण गरिनेछ । अत्याधुनिक ढङ्गबाट एक सय जना मानिस बस्न सक्ने क्षमताको धर्मशाला निर्माण पनि गरिने उहाँले जानकारी दिनुभयो ।
प्रतिष्ठानका महासचिव मदन मिश्रका अनुसार विभिन्न ठाउँमा धाञ्याञ्चल महायज्ञ लगाएर रु ५४ लाख सङ्कलन गरिएको छ । प्रदेश सरकारबाट रु। ५० लाख विनियोजन भएको र सङ्घीय सरकारको पर्यटन मन्त्रालयसँग अपुग रकम माग गरिएको छ । विभिन्न दाताले सहयोगका लागि चासो देखाएको उहाँले बताउनुभयो ।
सबै काम सम्पन्न गर्न रु आठ करोडभन्दा बढी रकम लाग्ने अनुमान गरिएको छ । पवित्र तीर्थस्थल देवघाट आउने भक्तजनका लागि यो पार्कसहितको शिव मूर्ति आकर्षक हुने र यसबाट यहाँको धार्मिक पर्यटक प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । रासस
Comments
अरु समाचार
-
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...
-
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस
काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक समूहमा ३६३ प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
काभ्रे बस दुर्घटना: ८ जनाको ज्यान गयो, १७ घाइतेको उपचार जारी
काठमाडौं । काभ्रेको बनेपाबाट रोशी गाउँपालिकाको सुँगुरेतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । बा...
-
गोदावरी नदीले बगाउँदा दुई महिलाको ज्यान गयो
धनगढी। कैलालीको गोदावरी नगरपालिका–४ मा गोदावरी नदीले बगाउँदा शुक्रबार बिहान दुई महिलाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
रेष्ट इभेन्ट्सको ‘एसईई सुपर मोडल २०२६’: सौरभ सिटौला र आर्याना सिंह बने विजेता
काठमाडौँ । नेपालका कान्छा कोरियोग्राफर गौरव सिटौलाका भाइ सौरभ सिटौला र आर्याना सिंह यस वर्षको “मिस्टर एण्ड मिस एसईई सुपर...
-
सरकारी विद्यालयमा किन विद्यार्थी संख्या न्यून ? तेह्र हजार विद्यालयमा सयभन्दा कम
काठमाडौँ। देशभर सञ्चालनमा रहेका सामुदायिक विद्यालयमध्ये आधाभन्दा बढी विद्यालयमा विद्यार्थी संख्या सयभन्दा कम रहेको तथ्य सार्वजनिक भएको छ। विद्यार्थी अभावका...












