अन्तर्राष्ट्रिय तामाङ परिषदको चौथो महाधिवेशन मंसिर २८ गतेदेखि पुस १ गतेसम्म दार्जिलिङमा हुने
काठमाडौं । अन्तर्राष्ट्रिय तामाङ परिषद्ले आगामी मंसिर २८ गतेदेखि पुस १ गतेसम्म चौँथो महाधिवेशन भारतको दार्जिलिङ मिरिकमा आयोजना गर्ने भएको छ । परिषद्ले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएको हो । ‘विश्वभरिका तामाङहरू एकजुट होऔं, तामाङ पहिचान र संस्कृति समृद्ध पारौं’ भन्ने नारासहित महाधिवेशन गर्न लागिएको परिषद्ले जनाएको छ ।
परिषद्ले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘विश्वभरि छरिएर रहेका तामाङ समूदायको साझा संस्था अन्तर्राष्ट्रिय तामाङ परिषद्ले भारतको दाजलिङ मिरिकमा आगामी २०१८ डिसेम्बर १४, १५ र १६ तारिख या २०७५ मङ्सिर २८, २९ र पुस १ गते ‘चौथो अन्तर्राष्ट्रिय तामाङ सम्मेलन’ को तयारी गरिरहेको सहर्ष जानकारी गराउन चाहन्छौं । पहिलो दिन विशेष समारोहसहित भारत सरकारका पश्चिम बंगालका मुख्यमन्त्री ममता बेनर्जीले सम्मेलनको उद्घाटन गर्नुहुनेछ भने दुई दिन बन्दसत्रको कार्यक्रम रहेको छ ।’
परिषदका अध्यक्ष महेन्द्रजंग तामाङले विज्ञप्ती वाचन गर्दै चौथो महाधिवेशनबाट प्रगतिशिल नेतृत्व छनोट गर्ने बताए । तामाङले विज्ञप्ती वाचन गर्दै आगामी मंसिर २८ देखि पुस १ गतेसम्म चल्ने महाधिवेशनबाट प्रगतिशील नेतृत्व छनोट गर्ने बताए ।
उनले भने,‘विश्वभरका तामाङहरुको एउटै साझा संस्थाको रुपमा रहेको अन्तर्राष्ट्रिय तामाङ परिषदलाई नयाँ उचाईमा पुर्याउनको लागि हामी प्रतिवद्ध भएर लागिरहेका छौं, आगामी नेतृत्वले पनि आफ्नो भूमिकालाई अझ सशक्त बनाएर अघि बढ्नुपर्छ ।’
कार्यक्रममा दक्षिण कोरियाका लागि पूर्वराजदुत कर्मासिंह लामाले आगामी पाँच वर्षपछि प्रदेश नम्वर ३ लाई नेवाः तामसालिङ प्रदेशको रुपमा स्थापना गरेरै छोड्ने दाबी गरेका छन् ।
उनले भने,‘संविधान कुनै धर्मग्रन्थ होईन, आजको दिनमा हाम्रो माग असफल भएपनि आगामी पाँच वर्षपछि पूरा हुन्छ, हाम्रो माग यथावत छ, नेवार र तामाङ समुदायको हकअधिकार सुरक्षित गर्नको लागि हामी निरन्तर लागिरहन्छौं।’
त्यस्तै कार्यक्रममा परिषदका संस्थापक सदस्य पर्शुराम तामाङ्ले आगामी परिषदको नेतृत्व भारतीय नागरिकले लिने स्पष्ट पारेका छन् ।
उनले भने,‘हाम्रो आफ्नै प्रकारको विधान र नीतिहरु छन्, वर्तमान विधान पनि केही रुपमा परिवर्तन हुनेछ, विधान बमोजिम नै अबको नेतृत्व भारतले पाउने हो, सम्मेलनमा नेपालसहित भारत, कतार, जापान, अमेरिका, कुवेत, दक्षिण कोरिया, यूएई, हङकङ, ओमान, बेल्जियम, साउदी, अष्ट्रेलिया, बेलायत, पोर्चुगल, बहराईन, मकाउ, भाईल्याण्ड, बर्मा, भुटानलगायतका देशहरु छन् ।’
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...
-
तोकिएको समयमै निर्वाचन सम्पन्न गराउन पूर्वराष्ट्रपति भण्डारीको प्रधानमन्त्री कार्कीलाई आग्रह
काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीलाई घोषित मितिमा स्वच्छ, निष्पक्ष र भयरहित ढंगले निर्वाचन गर्न आग्रह गरेकी छन्...
-
विवादास्पद छवीका महानिर्देशक प्रदीप अधिकारी पूर्पक्षका लागि थुनामा
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का विवादास्पद छवीका महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन विशेष अदालतले आदेश...












