कारागार बसेको समय गणना गर्न माग
काठमान्डाैं। मलेसियाका कारागारमा रहेका नुवाकोट म्यागङ गाउँपालिका–१ म्यागङभञ्ज्याङका हरिबहादुर घलेका परिवारले सरकारको पहलमा अहिलेसम्म उनले कारागारमा बसेको समय गणना गराउन आग्रह गरेको छ ।
लागुऔषध मुद्दामा मृत्युदण्डको सजाय पाएका घलेको मृत्युदण्ड माफी भए पनि यही कात्तिक ४ गते त्यहाँको अदालतले गरेको फैसलामा २० वर्ष कैद सजाय तोकेकाले उनका परिवारले अहिलेसम्मको कारागारमा बसेको अवधिसमेत गणना गराउनका लागि सरकारले पहल गरिदिन माग गरेको हो ।
शुक्रबार विदुरमा घलेकी बहिनी सरलाले सन् २००३ को मेदेखि हालसम्म कारागार बसेको समयको गणना नहुँदा अन्यायमा परेको बताइन् । “पन्ध वर्ष जेल सजाय भोगिसकेको छ । अब बढीमा चार÷पाँच वर्षमा छुट्नुपर्छ ’’ उनले भनिन्, “अहिलेसम्म जेल बसेको समय गणना गराउन सके अबको पाँच वर्षमा छुट्ने थियो ।”
मलेसियामा रोजगारीमा गएका घले नियमित विदामा नेपाल फर्किनेक्रममा साथीले घलेलाई लागू औषधमा फसाएको घलेकी बहिनी सरला घलेले बताइन् । ‘‘होटेलमा बसिरहेको ठाउँमा गणेश तामाङ नाम भएका साथी झोलासहित प्रवेश गरे । प्रहरीले पिछा गरेको थाहापाई तामाङ झोला त्यही छाडेर भाग्न सफल भए । घलेलाई प्रहरीले पक्राउ ग¥यो । यो घटना ३० मे २००३ को हो। साथीले जानाजान फसाएको हो । मेरो दाजु निर्दोष छ’’ उनले भनिन, “नेपाल सरकारको पहलमा मृत्युदण्डको सजाय माफी भए पनि अहिलेसम्मको सजाय गणना भएमा दाइ चाँडै छुट्नु हुने थियो । सबैले पहल गरिदिनु प¥यो ।”
हाल ३८ वर्षीय घले २०५७ सालमा रु दुई लाख ऋण गरी मलेसिया गएका थिए । नियमित बिदामा घर फर्कनेक्रममा उनी पक्राउ परेका थिए । उनी कारागार परेको र मृत्युदण्डको सजायको फैसला भएको सुनेपछि चिन्ता रहेका उनका आमाबुबाको मृत्यु भई सकेको र नातिलाई मृत्युदण्डबाट जोगाउन प्रयासरत हजुरबा धनबहादुरको पनि मृत्यु भइसकेको छ ।
घलेकी १९ वर्षीया छोरी झरनाले बाबुलाई नेपाल फर्काउनका लागि पहल गरिदिन आग्रह गरिन् । “मैले फोटोमा मात्र बुबालाई देखेको छु । उहाँलाई भेट्ने रहर पूरा गराउन सहयोग गरिदिनु होला” झरनाले भनिन् । हाल मामाघरमा बसेर स्नातक अध्ययन गर्दै गरेकी झरनाले जोड दिइन्, “बुबाको कुरा सुन्दा उहाँ निर्दोष हुनुहुन्छ ।
साथीका कारण जेल परेर त्यहाँको कानूनले सजाय दिएपनि अहिलेसम्म जेल बसेको समय गणना गरिदिए हुने थियो । उहाँ चाडै नेपाल आउन पाउनुहुन्थ्यो ।घलेको मृत्युदण्डको माफी नेपाल सरकारको पहलका कारण रोकिएको थियो । अहिले पनि सरकारले पहल गरिदिए २० वर्ष सजायको फैसलामा अहिले सम्म कारागार बसेको सजाय समेत गणना भए सहज हुने घलेको परिवारले आग्रह गरेका हुन् ।
रासस
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...
-
तोकिएको समयमै निर्वाचन सम्पन्न गराउन पूर्वराष्ट्रपति भण्डारीको प्रधानमन्त्री कार्कीलाई आग्रह
काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीलाई घोषित मितिमा स्वच्छ, निष्पक्ष र भयरहित ढंगले निर्वाचन गर्न आग्रह गरेकी छन्...
-
विवादास्पद छवीका महानिर्देशक प्रदीप अधिकारी पूर्पक्षका लागि थुनामा
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का विवादास्पद छवीका महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन विशेष अदालतले आदेश...












