बेपत्ता आयोगले माघसम्म अध्ययन सक्ने
काठमाडौँ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले ५५ जिल्लामा बेपत्ता पारिएका व्यक्तिको विस्तृत अध्ययन सकेको छ ।
बेपत्ता पारिएका व्यक्तिको आफन्तको उजुरीका आधारमा आयोगले ती जिल्लामा पुगेर विस्तृत अध्ययन सम्पन्न गरेको आयोगका प्रवक्ता डा विष्णुप्रसाद पाठक जानकारी दिनुभयो । तिहार र छठ पर्वपछि आयोगको टोली बर्दिया जाने तयारी गरेको छ । माघसम्म आयोगले सबै उजुरीको विस्तृत अध्ययन गर्ने योजनाका साथ काम गरेको छ ।
विस्तृत अध्ययनका क्रममा आयोगले उजुरीकर्ता, बेपत्ता व्यक्तिको आफन्त, व्यक्ति बेपत्ता पारिनुपूर्वको सूचना, पीडितसँग बकपत्र (को, कहिले, कहाँबाट, कसरी, कसले बेपत्ता पारेको) अध्ययन गरी परिपूरणका फाराम समेत भराउने काम गर्छ ।
आयोगमा गत साउन २६ गतेसम्म तीन हजार १९७ उजूरी परेको थियो । उजूरीमा अनुसन्धान गरी आयोगले दुई हजार ५१२ उजूरीमा विस्तृत अध्ययन अगाडि बढाएको छ ।
चार सदस्यीय विज्ञ टोली
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले विस्तृत अध्ययनका क्रममा आवश्यक परामर्शका लिनका लागि चार जनाको विज्ञ समूह गठन गरेको छ । विज्ञ समूहमा कानून र न्याय सेवाका पूर्वकर्मचारी छन् । पूर्वसहसचिव कुमोदप्रसाद शर्मा, चन्द्रबहादुर सापकोटा, पूर्वशाखा अधिकृत केदारप्रसाद पोखरेल र कानून मन्त्रालयका कर्मचारी मुकुन्दप्रसाद अधिकारी विज्ञमा हुनुहुन्छ । डा पाठकका अनुसार विज्ञको समूहसँग आयोगले आवश्यक परेको समयमा परामर्श लिनेछ ।
तीन महीना बाँकी
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले काम गर्नका लागि तीन महीना मात्र बाँकी छ । आगामी माघ २७ गते आयोगको समय सकिँदैछ । आयोगले तोकिएको समयभन्दा अगाडि विस्तृत अध्ययन सकेर पीडितसँग सुनुवाइ काम गर्ने तयारी गरेको छ तर आयोगले निर्धारित समयभित्र काम सक्ने देखिँदैन ।
सरकारले द्वन्द्वकालीन बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्नका लागि सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग २०७१ माघ २७ गते दुई वर्षका लागि गठन गरेको थियो । हालसम्म आयोगको तीन पटकसम्म म्याद थप भइसकेको छ ।
थपिएको समय पनि तीन महीना मात्र बाँकी छ । आयोगले २०५२ फागुन १ देखि २०६३ मङ्सिर ५ गतेसम्म बेपत्ता पारिएका व्यक्तिको मात्र उजूरी लिएको छ ।
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...
-
तोकिएको समयमै निर्वाचन सम्पन्न गराउन पूर्वराष्ट्रपति भण्डारीको प्रधानमन्त्री कार्कीलाई आग्रह
काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीलाई घोषित मितिमा स्वच्छ, निष्पक्ष र भयरहित ढंगले निर्वाचन गर्न आग्रह गरेकी छन्...
-
विवादास्पद छवीका महानिर्देशक प्रदीप अधिकारी पूर्पक्षका लागि थुनामा
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का विवादास्पद छवीका महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन विशेष अदालतले आदेश...












