हनुमन्ते सफाइ अभियानको ३७ औँ हप्ता, छ टन फोहोर सङ्कलन
भक्तपुर । भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको आज ३७औँ हप्ता छ टन फोहोर सङ्कलन भएको छ । सूर्यविनायक नगरपालिकाको अगुवाइमा भइरहेको सफाइ अभियानका क्रममा आज भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित पुल क्षेत्र र खोलामा सरसफाइ गरिएको थियो ।
सफा, सुन्दर भनिने भक्तपुर नगरपालिका क्षेत्रमा रहेको यो पुलबाट मात्रै छ टन फोहोर सङ्कलन भएको र अझै फोहोर बाँकी रहेकाले अर्को दिन पुनः सफाइ गरिने सफाइ अभियन्ताले बताएका छन् ।
सफाइमा प्रतिनिधिसभा प्रदेशसभा सांसद सरस्वती बाटीले हनुमन्तेमा फोहोर फाल्न तथा ढल मिसाउन रोक्नुपर्ने बताए । उनले भक्तपुर नगरपालिकाले यसमा अटेर गरेको, नगरको फोहोर सिधै हनुमन्तेमा मिसाएको र नदीमा फोहोर फाल्न रोक नलगाउँदा हनुमन्ते सफाइ अभियानमा चुनौती थपिएको बताए ।
सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, जिल्ला समन्वय समितिका उपप्रमुख सरिता कुँवरलगायतले हनुमन्ते नदी सबैको साझा नदी भएको बताउँदै यसको सफाइमा सबै नगरपालिकाको सहभागिता हुनुपर्ने बताइन् ।
विसं २०७५ लाई हनुमन्ते सफाइ वर्ष घोषणा गर्दै शुरु भएको अभियानमा आज जिल्लाका विभिन्न सङ्घसंस्था, नगरपालिका, विद्यालय, स्थानीय बासिन्दा र अभियन्ता गरी २७६ जनाकोे सहभागिता रहेको हनुमन्ते सफाइ अभियानका अभियन्ता पुष्कर गजुरेलले जानकारी दिइन । अभियानमा अहिलेसम्म ३१६ टन फोहोर सङ्कलन भएको उनले बताइन् ।
Comments
अरु समाचार
-
आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै, हनुमानढोकामा घटस्थापना गरी पूजाआराधना
काठमाडौं । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै छ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा...
-
बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्, ‘दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो’
खोटाङ । केपिलासगढी गाउँपालिका-२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाट...
-
जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये एक हजार २०० हाराहारीमा अझै फरार
काठमाडौं । जेनजी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्यालयका सूचना...
-
खोटाङकाे खार्तम्छामा शव बाेकेकाे हेलिकप्टर दुर्घटना
विराटनगर । खोटाङको केपिलासगढी गाउँपालिका-२ मा हेलिकप्टर दुर्घटना भएको छ । बिरामी लिन लागि गएको हेलिकप्टर दुर्घटनामा परेको हो ।...
-
केही भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको...
-
जेनजी आन्दोलन पुनर्निर्माण कार्ययोजना : आगामी वर्ष तीनै तहका सरकारले बजेट छुट्याउनुपर्ने
काठमाडौं । गत भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा भएको आन्दोलनले व्यापक भौतिक तथा आर्थिक क्षति पुर्याएपछि सरकारले...
-
उदयपुरमा हावाहुरीका कारण २ जनाको ज्यान गयो, ५ जना घाइते
उदयपुर । उदयपुरमा हावाहुरीका कारण २ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन् । हावाहुरीले मृत्यु हुनेमा...
-
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना
काठमाडौं । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । साथै हाल मुलकका पहाडी र हिमाली भागमा साधारणतया...
-
राजस्वका तत्कालीन महानिर्देशक अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर, ७० लाख रुपैयाँ घूस लिएको खुल्याे
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अधिकारीमाथि...












