चुरेमा दुर्लभ जन्तुको बासस्थान उजाडिँदै, जैविक सन्तुलनमा खलबली
काठमाडौँ। जैविक विविधताका दृष्टिले अति संवेदनशील चुरे क्षेत्रको अति दोहनले दुर्लभ वन्यजन्तुको बासस्थान उजाडिँदै गएको छ भने जैविक सन्तुलन पनि खल्बलिएको गुनासो संरक्षण क्षेत्रका जानकारहरूले गरेका छन् ।
दिनप्रतिदिन चुरे क्षेत्र उजाडिँदै गएपछि जीवजन्तु सङ्कटमा परेका छन् भने उनीहरुको बासस्थान पनि जोखिममा परेको छ । मानवीय चाप, जल जमीन र जङ्गलको दोहनले पर्यावरणीय सन्तुलनसमेत खल्बलिएको उनीहरुको दुःखेसो छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोषले गरेको अध्ययनअनुसार चुरे क्षेत्रमा गाईवस्तु चराउने, असन्तुलित रूपमा वन पैदावार निकासी हुनेजस्ता समस्या भेटिएको छ । अध्ययनबारे जानकारी दिँदै कोषका कार्यक्रम व्यवस्थापक तथा कार्यक्रम संयोजक डा नरेश सुवेदीले भन्नुभयो, “चुरेको माटो मात्रै होइन, जैविक विविधताका हिसाबले पनि संवेदनशील छ भन्ने देखियो, अब माटो र जलाधारसँगै वन्यजन्तुको बासस्थान जोगाउन पनि लाग्नुपर्र्छ ।”
देशका सबै चुरे क्षेत्र समेटेर गरिएको यो पहिलो अध्ययन हो । यसअघि संरक्षित क्षेत्रका चुरेको मात्रै अध्ययन भएको थियो । उहाँका अनुसार जहाँ क्यामेरा राख्यो, त्यहाँ धेरै मान्छे र बाख्रा कैद हुनु विडम्बना छ । सरकारले ल्याएको राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अति महत्वपूर्ण भएकाले चुरेमा बस्ने वन्यजन्तुको क्षेत्रमा समेत काम गर्नु जरुरी रहेको अध्ययनले देखाउँछ ।
संरक्षित क्षेत्र बाहिरको चुरेमा समेत बाघ, हात्ती, चितुवा, भालु, विभिन्न सर्प र बिराला प्रजाति, पुतली तथा अन्य लोपोन्मुख प्रजाति भेटिएको छ । कपिलवस्तु, रुपन्देशी, अर्घाखाँचीलगायत क्षेत्रको चुरेमा समेत बाघ देखिनु महत्वपूर्ण कुरा भएको सुवेदीले बताउनुभयो । राष्ट्रिय बाघ गणनामा बाघ नभेटिएको स्थानमा समेत बाघ पाइएको अध्ययन टोलीले जनाएको छ ।
सुवेदीका अनुसार चुरे क्षेत्रमा तीन प्रजातिका नयाँ पुतलीसमेत फेला परेका छन् । यो अध्ययनले चितवन निकुञ्ज र बाँकी बर्दिया क्षेत्रबीचको संरक्षित क्षेत्रको चुरेलाई जोगाउन सकियो भने वन्यजन्तुको बासस्थान विस्तार गर्न सकिने देखिन्छ ।
राष्ट्रपति चुरे तराई–मधेश संरक्षण समितिको आर्थिक सहयोगमा राष्ट्रिय प्रकृति संरक्षण कोषले चुरेमा वन्यजन्तुको चरिचरणको अवस्था पत्ता लगाउन सर्वेक्षण थालेको थियो । क्यामेरा ट्रापिङलगायत अन्तर्राष्ट्रिय अध्ययन विधिअनुसार चुरेको अध्ययन भइरहेको छ ।
अध्ययनमा ४०० क्यामेरा प्रयोग गरिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष, विभिन्न निकुञ्ज, त्रिभुवन विश्वविद्यालय, वन विभागका विज्ञसहितको टोली सर्वेक्षणमा सहभागी छन् । अहिले मकवानपुर पूर्व र नवलपरासी पश्चिम क्षेत्रका चुरेको अध्ययनमा टोली खटाइएको कोषले जनाएको छ । अध्ययनको अन्तिम प्रतिवेदन भने आगामी माघसम्ममा सार्वजनिक गर्ने योजना छ ।
अतिक्रमण र बाढी–पहिरोका कारण क्षति पुग्दै आएको चुरे क्षेत्रलाई जलाधार क्षेत्रको रूपमा चिनिन्छ । नेपालका ३७ जिल्लामा चुरे फेलिएको छ । चुरे पहाड एक हजार ८७२ मिटरको उचाइसम्म फैलिएको छ । पश्चिमदेखि कोशी नदीसम्म महाभारत पर्वतको समानान्तर भएर फैलिएको चुरे महाभारत पर्वतको तल्लो भाग र तराईको समथर भागदेखि माथिल्लो भागमा अवस्थित छ ।
जङ्गली जनावर पुतलीदेखि चरा, भ्यागुता, सर्पलगायत स्तनधारी जनावरको चरिचरणको अध्ययन हुँदैछ, अध्ययनका लागि पाल्पामा रहनुभएका राष्ट्रिय प्रकृति संरक्षण कोष चितवनका संरक्षण अधिकृत सन्तोष भट्टराईले भने, “यो प्रतिवेदले कुन ठाउँका कस्ता जनावरहरु बस्दैछन् र के समस्या छ भन्ने खाका आउँछ ।” उनका अनुसार प्रतिवेदन सरकारलाई समेत बुझाइने भएकाले पनि संरक्षण रणनीति बनाउन सहयोग पुग्छ ।
चुरेले नेपालको कूल भूभागको झण्डै १३ प्रतिशत ओगटेको छ । चुरेमा १२ प्रकारका पारिस्थितिक प्रणाली एक हजार ५७० भन्दा बढी प्रकारका फूल, वनस्पतिहरु रहेको तथ्याङ्क छ ।
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...
-
तोकिएको समयमै निर्वाचन सम्पन्न गराउन पूर्वराष्ट्रपति भण्डारीको प्रधानमन्त्री कार्कीलाई आग्रह
काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीलाई घोषित मितिमा स्वच्छ, निष्पक्ष र भयरहित ढंगले निर्वाचन गर्न आग्रह गरेकी छन्...
-
विवादास्पद छवीका महानिर्देशक प्रदीप अधिकारी पूर्पक्षका लागि थुनामा
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का विवादास्पद छवीका महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन विशेष अदालतले आदेश...












