चुरेमा दुर्लभ जन्तुको बासस्थान उजाडिँदै, जैविक सन्तुलनमा खलबली
काठमाडौँ। जैविक विविधताका दृष्टिले अति संवेदनशील चुरे क्षेत्रको अति दोहनले दुर्लभ वन्यजन्तुको बासस्थान उजाडिँदै गएको छ भने जैविक सन्तुलन पनि खल्बलिएको गुनासो संरक्षण क्षेत्रका जानकारहरूले गरेका छन् ।
दिनप्रतिदिन चुरे क्षेत्र उजाडिँदै गएपछि जीवजन्तु सङ्कटमा परेका छन् भने उनीहरुको बासस्थान पनि जोखिममा परेको छ । मानवीय चाप, जल जमीन र जङ्गलको दोहनले पर्यावरणीय सन्तुलनसमेत खल्बलिएको उनीहरुको दुःखेसो छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोषले गरेको अध्ययनअनुसार चुरे क्षेत्रमा गाईवस्तु चराउने, असन्तुलित रूपमा वन पैदावार निकासी हुनेजस्ता समस्या भेटिएको छ । अध्ययनबारे जानकारी दिँदै कोषका कार्यक्रम व्यवस्थापक तथा कार्यक्रम संयोजक डा नरेश सुवेदीले भन्नुभयो, “चुरेको माटो मात्रै होइन, जैविक विविधताका हिसाबले पनि संवेदनशील छ भन्ने देखियो, अब माटो र जलाधारसँगै वन्यजन्तुको बासस्थान जोगाउन पनि लाग्नुपर्र्छ ।”
देशका सबै चुरे क्षेत्र समेटेर गरिएको यो पहिलो अध्ययन हो । यसअघि संरक्षित क्षेत्रका चुरेको मात्रै अध्ययन भएको थियो । उहाँका अनुसार जहाँ क्यामेरा राख्यो, त्यहाँ धेरै मान्छे र बाख्रा कैद हुनु विडम्बना छ । सरकारले ल्याएको राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अति महत्वपूर्ण भएकाले चुरेमा बस्ने वन्यजन्तुको क्षेत्रमा समेत काम गर्नु जरुरी रहेको अध्ययनले देखाउँछ ।
संरक्षित क्षेत्र बाहिरको चुरेमा समेत बाघ, हात्ती, चितुवा, भालु, विभिन्न सर्प र बिराला प्रजाति, पुतली तथा अन्य लोपोन्मुख प्रजाति भेटिएको छ । कपिलवस्तु, रुपन्देशी, अर्घाखाँचीलगायत क्षेत्रको चुरेमा समेत बाघ देखिनु महत्वपूर्ण कुरा भएको सुवेदीले बताउनुभयो । राष्ट्रिय बाघ गणनामा बाघ नभेटिएको स्थानमा समेत बाघ पाइएको अध्ययन टोलीले जनाएको छ ।
सुवेदीका अनुसार चुरे क्षेत्रमा तीन प्रजातिका नयाँ पुतलीसमेत फेला परेका छन् । यो अध्ययनले चितवन निकुञ्ज र बाँकी बर्दिया क्षेत्रबीचको संरक्षित क्षेत्रको चुरेलाई जोगाउन सकियो भने वन्यजन्तुको बासस्थान विस्तार गर्न सकिने देखिन्छ ।
राष्ट्रपति चुरे तराई–मधेश संरक्षण समितिको आर्थिक सहयोगमा राष्ट्रिय प्रकृति संरक्षण कोषले चुरेमा वन्यजन्तुको चरिचरणको अवस्था पत्ता लगाउन सर्वेक्षण थालेको थियो । क्यामेरा ट्रापिङलगायत अन्तर्राष्ट्रिय अध्ययन विधिअनुसार चुरेको अध्ययन भइरहेको छ ।
अध्ययनमा ४०० क्यामेरा प्रयोग गरिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष, विभिन्न निकुञ्ज, त्रिभुवन विश्वविद्यालय, वन विभागका विज्ञसहितको टोली सर्वेक्षणमा सहभागी छन् । अहिले मकवानपुर पूर्व र नवलपरासी पश्चिम क्षेत्रका चुरेको अध्ययनमा टोली खटाइएको कोषले जनाएको छ । अध्ययनको अन्तिम प्रतिवेदन भने आगामी माघसम्ममा सार्वजनिक गर्ने योजना छ ।
अतिक्रमण र बाढी–पहिरोका कारण क्षति पुग्दै आएको चुरे क्षेत्रलाई जलाधार क्षेत्रको रूपमा चिनिन्छ । नेपालका ३७ जिल्लामा चुरे फेलिएको छ । चुरे पहाड एक हजार ८७२ मिटरको उचाइसम्म फैलिएको छ । पश्चिमदेखि कोशी नदीसम्म महाभारत पर्वतको समानान्तर भएर फैलिएको चुरे महाभारत पर्वतको तल्लो भाग र तराईको समथर भागदेखि माथिल्लो भागमा अवस्थित छ ।
जङ्गली जनावर पुतलीदेखि चरा, भ्यागुता, सर्पलगायत स्तनधारी जनावरको चरिचरणको अध्ययन हुँदैछ, अध्ययनका लागि पाल्पामा रहनुभएका राष्ट्रिय प्रकृति संरक्षण कोष चितवनका संरक्षण अधिकृत सन्तोष भट्टराईले भने, “यो प्रतिवेदले कुन ठाउँका कस्ता जनावरहरु बस्दैछन् र के समस्या छ भन्ने खाका आउँछ ।” उनका अनुसार प्रतिवेदन सरकारलाई समेत बुझाइने भएकाले पनि संरक्षण रणनीति बनाउन सहयोग पुग्छ ।
चुरेले नेपालको कूल भूभागको झण्डै १३ प्रतिशत ओगटेको छ । चुरेमा १२ प्रकारका पारिस्थितिक प्रणाली एक हजार ५७० भन्दा बढी प्रकारका फूल, वनस्पतिहरु रहेको तथ्याङ्क छ ।
Comments
अरु समाचार
-
आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै, हनुमानढोकामा घटस्थापना गरी पूजाआराधना
काठमाडौं । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै छ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा...
-
बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्, ‘दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो’
खोटाङ । केपिलासगढी गाउँपालिका-२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाट...
-
जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये एक हजार २०० हाराहारीमा अझै फरार
काठमाडौं । जेनजी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्यालयका सूचना...
-
खोटाङकाे खार्तम्छामा शव बाेकेकाे हेलिकप्टर दुर्घटना
विराटनगर । खोटाङको केपिलासगढी गाउँपालिका-२ मा हेलिकप्टर दुर्घटना भएको छ । बिरामी लिन लागि गएको हेलिकप्टर दुर्घटनामा परेको हो ।...
-
केही भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको...
-
जेनजी आन्दोलन पुनर्निर्माण कार्ययोजना : आगामी वर्ष तीनै तहका सरकारले बजेट छुट्याउनुपर्ने
काठमाडौं । गत भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा भएको आन्दोलनले व्यापक भौतिक तथा आर्थिक क्षति पुर्याएपछि सरकारले...
-
उदयपुरमा हावाहुरीका कारण २ जनाको ज्यान गयो, ५ जना घाइते
उदयपुर । उदयपुरमा हावाहुरीका कारण २ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन् । हावाहुरीले मृत्यु हुनेमा...
-
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना
काठमाडौं । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । साथै हाल मुलकका पहाडी र हिमाली भागमा साधारणतया...
-
राजस्वका तत्कालीन महानिर्देशक अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर, ७० लाख रुपैयाँ घूस लिएको खुल्याे
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अधिकारीमाथि...












