निर्मला हत्या प्रकरणः ‘धर्नास्थलमा नेताको ओइरो, प्रहरी भन्छ, अनुसन्धानमै छौँ’
भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई कारवाहीको दायरामा ल्याउन माग गर्दै लामो समयदेखि दौडधुपमा रहनुभएका उहाँका बुबा यज्ञराज पन्त र आमा दुर्गादेवी पन्त अन्ततः दबाबका निम्ति धर्नामा बस्नुभएको छ ।
यसअघि काठमाडौँ पुगेर प्रधानमन्त्रीदेखि गृहमन्त्री हुँदै प्रतिपक्षी दलका नेतासम्मलाई छोरीको हत्यारालाई कारवाहीको गुहार मागेका निर्मलाका बुवा÷आमाले हत्यारालाई सार्वजनिक गर्न माग गर्दै दुई सातादेखि जिल्ला प्रशासन कार्यालयको मुख्य प्रवेशद्वार अगाडि धर्नामा बसेयता सांसद, नेतादेखि आम सर्वसाधारणको ध्यान त्यहाँ केन्द्रित भएको छ ।
विहीबार बेलुकासम्म धर्नास्थलको नोटकपीमा करीब एक हजार बढीले न्यायको आन्दोलन भन्दै ऐक्यबद्धता जनाएका छन् । गृहनगरको प्रशासन अगाडि धर्ना बसेका बुबाआमालाई भेट्न पछिल्लो केही दिनयता राष्ट्रियस्तरका नेताको दौडधुप बढी देखिएको छ । धर्नास्थल पुग्ने सांसद तथा नेतामध्ये प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका बढी छन् ।
धर्ना बसेको तेस्रो दिन नै प्रतिनिधिसभा सदस्य एवं नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले धर्नास्थलमै पुगेर हत्यारा सार्वजनिक गर्न माग गर्दै उक्त दबाबमूलक धर्नामा ऐक्बद्धता जनाउनुभयो । यहाँ आउने नेताहरूले निर्मला प्रकरणमा सरकार गम्भीर नबनेको आरोप लगाउँदै आएका छन् ।
केही दिनअघि सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाह धर्नास्थल पुग्नुभयो । सङ्घीय र प्रदेश सरकार घटनाप्रति गम्भीर रहेको बताउँदै नयाँ दिशाबाट अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।
उहाँले धर्नामा बसेका निर्मलाका अभिभावकलाई आफ्नो स्वास्थ्यप्रति ख्याल राख्न आग्रह गर्दै फर्किनुभयो । हत्यारा सार्वजनिक गर्न माग गर्दै शुरुआतदेखि नै आन्दोलन गर्दै आएको दबाब समूह र महिला अधिकारकर्मीको साथ रहेको धर्नामा स्थानीयवासीदेखि नागरिक अगुवा पनि पुगेर सर्मथन जनाउँदै आएका छन् ।
धर्नामा सर्मथन जनाउन बुधबार भीमदत्तनगर पुगेका सांसद एवं नेपाली काङ्ग्रेसका युवानेता गगन थापाले निर्मलाको हत्यारालाई कारवाहीका निम्ति स्थानीयस्तरमा बढेको दुःखेसो प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काङ्ग्रेसका पार्टी सभापति शेरबहादुर देउवासमक्ष पु¥याउने बताउनुभयो । धर्नास्थल पुगेर नेता थापाले निर्मलाका बुबाआमाप्रति सहानुभूति व्यक्त गर्दै न्याय नपाउँदासम्म दबाब जारी रहने र आफूहरुको साथ रहने बताउनुभयो ।
त्यसैगरी धर्नालाई बिहीबारदेखि नेकपा (क्रान्तिकारी माओवादी) ले समेत समर्थन जनाउँदै महिला तथा बालबालिकामाथि घटिरहेका घटनाप्रति सरकार गम्भीर बन्न आग्रह गरेको छ भने नयाँ शक्ति पार्टीले पनि धर्नामा ऐक्बद्धता जनाएको छ । धर्नामा रहनुभएका नयाँ शक्ति पार्टीका नेतृ माया नेगीले न्याय नपाउँदासम्म दबाबका लागि धर्ना जारी रहने बताउनुभयो ।
स्थानीय प्रशासनले धर्नामा बसेका निर्मलाका बुबाआमालाई स्वास्थ्यप्रति ख्याल गर्न आग्रह गरिरहेको भए पनि घटना अनुसन्धानबारे कुनै जानकारी नदिने गरेको नेगीको भनाइ छ । पछिल्लो समय निर्मलाका बुबाआमाको स्वास्थ्य अवस्था बिग्रँदै गइरहेको छ । “हामीलाई न्याय मिल्छ कि मिल्दैन, तपार्इंहरुले संसद्मा आवाज सशक्त बनाइदिनुप¥यो ।” निर्मलाकी आमा दुर्गादेवीले काङ्ग्रेस नेता गगन थापासित भन्नुभयो, “हामीलाई गरिएको उपेक्षाले न्याय पाउनेमा शङ्का बढ्दै गएको छ ।”
गत कात्तिक २५ गतेदेखि धर्नामा बसेका पीडित परिवारलाई भेट्न बिहीबार सांसद एवं नेपाली काङ्ग्रेसकी केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलासहितको टोली यहाँ आइपुगेको छ । धर्नामा ऐक्यबद्धता जनाउँदै काङ्ग्रेस नेतृ सङ्ग्रौलाले पत्रकार सम्मेलन नै आयोजना गरेर निर्मला हत्या प्रकरण गम्भीर र रहस्यमय बन्दै गएको बताउनुभयो ।
अनुसन्धानमै छौँ : प्रहरी
निर्मला हत्या प्रकरणमा गत भदौको पहिलो साता हत्या आरोपमा भीमदत्तनगरपालिका–१९ बागफाँटाका ४१ वर्षीया दिलीपसिंह विष्टलाई प्रहरीले अभियुक्त भन्दै सार्वजनिक गरेपछि तरङ्गित बनेको प्रकरणमा अहिले प्रहरीले धेरै कोणबाट अनुसन्धान गरिरहेको छ ।
मानसिक सन्तुलन ठीक नभएका विष्टलाई अभियुक्त बनाएको भन्दै जनआक्रोश बढ्दै गएपछि तत्काल गृह मन्त्रालयको उच्चस्तरीय छानबिन टोलीदेखि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीसम्मले उच्चस्तरबाट घटनाको छानबिन थाल्यो ।
अभियुक्त भनिएका विष्टको डिएनए रिपोर्ट ‘नेगेटिभ’ आएपछि प्रहरीले विभिन्न अनुसन्धान टोली बनाएर सुक्ष्मरूपमा अनुसन्धान गरिरहेको भए पनि कुनै प्रगति केही हासिल भइनसकेको बताएको छ । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक (हाल बर्खास्त) डिल्लीराज विष्टदेखि करीब एक दर्जन बढी युवाको डिएनए परीक्षण गरिसकेको प्रहरीले रिपोर्ट ‘नेगेटिभ’ आएपछि अनुसन्धान थप जटिल बन्दै गएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कुबेर कडायतले घटनाको अनुसन्धान भइरहेको बताउनुभयो । “घटनाको सुक्ष्मरूपमा धेरै विधि र प्रक्रिया अपनाएर अनुसन्धान चलिरहेको छ”, उहाँले भन्नुभयो । गत साउन १० गते साथीको घरबाट गृहकार्य गरेर घर फर्किन लागेकी निर्मलाको साउन ११ गते बिहान उखुबारीमा शव भेटिएको थियो ।
Comments
अरु समाचार
-
दोलखाका युवा नेता ‘नोर्बु शेर्पा’ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्दै
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का युवा नोर्बु शेर्पाले नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्ने घोषणा...
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...












