कवि मेनुका चापागाई कविता संग्रह ‘समयको आवाज’ विमोचित
काठमाडौँ । कवि मेनुका चापागाई कविता संग्रह ‘समयको आवाज’ लोकापर्ण गरिएको छ । कवि रमेश खकुरेलको प्रमुख आतियतामा भएको कार्यक्रममा कवि तथा आख्यानकार भुवनहरि सिग्देल, कवि कोषराज न्यौपाने, कवि डा. रामप्रसाद ज्ञवाली, कवि. डा.देवी नेपाल र कवि मेनुका चापागार्इंले संयुक्त रूपमा पुस्तक लोकापर्ण गरेका हुन् ।
‘सालिक बोलिरहेछ’ कवितासंग्रह (२०७३) र ‘विश्वव्यापी’ छन्दकविता भिडियो प्रतियोगिता (२०७४) प्रथम र राष्ट्रिय कविता महोत्सवमा (२०७५) तृतीय कविको यो पुस्तक दोस्रो संग्रह हो । कितावमाथि बोल्दै कवि रमेश खकुरेलले युवा पुस्तामा छन्द कवितामा राम्रो लेख्न सक्ने कवि मेनुका चापागाईंको पुस्तक ‘समयको आवाज’ बाट धेरै कुरा सिक्न र जान्न सकिने बताए ।
त्यस्तै कवि तथा आख्यानकार भुवनहरि सिग्देलले अब ‘छन्द’ कविताको युग आउने बताए । कवि तथा समालोचक डा. रामप्रसाद ज्ञवालीले पुस्तक जति पढ्दा पनि उति पढ्न मन लाग्ने बताए । कवि डा.देवी नेपालले कवितासंङ्ग्रह छन्द कविताको प्रयोगशाला भएको बताए । छन्द कविता लेख्न र पढ्न चाहले सबैको लागि अत्यन्त उपयोगी रहेको बताए ।
यादव भट्टराईले सञ्चालन गरेको कार्यक्रममा मेनुका चापागाईले कविता वाचन समेत गरेकी थिइन् । १०४ पेजको पुस्तक को मूल्य २०० रहेको छ । जसलाई शिखांबुक्सले प्रकाशित गरेको हो ।
Comments
अरु समाचार
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...
-
महाकाव्यमै मदन पुरस्कार विजेता लम्सालको चौथो महाकाव्य कल्प आउँदै
काठमाडौँ । अग्नि महाकाव्यका लागि २०७८ को मदन पुरस्कार विजेता कवि डा. नवराज लम्सालको चौथो महाकाव्य कल्प सार्वजनिक हुने भएको...
-
मेरो डान्स युनिभर्स सिजन–२ को विजेता रिस्ता गुरुङ
पाटन (ललितपुर), ८ भदौः मेरो भ्वाइस युनिभर्स सिजन–२ को विजेता प्रथम गुरुङ घोषित हुनुभएको छ । यस्तै मेरो डान्स युनिभर्स...












