‘असई हुँ’ भन्दै लाखौंको ठगी गर्ने पक्राउ

काठमाडौँ। निर्मला प्रकरणदेखि सुन काण्डसम्म बदनामी त प्रहरीले खेपी नै रहेको छ। यतिमात्र होइन, अहिले प्रहरीको नाम बेचेरसमेत ठगी हुँदा प्रहरी थप प्रताडित बन्नु परेको छ।
‘म नेपाल प्रहरीको असई हुँ’ भन्दै कसैले तपाईँलाई सरकारी जागिर लगाइदिन्छु भन्दा तपाईँ पत्याउनुहुन्छ? अनि हजारौँ रकम बुझाउन नि तयार हुनुहुन्छ?
पोखरामा यसरी नै जागिर लगाइदिन्छु भन्नेले लाखौं रुपैयाँ ठगी गरेको खुलेको छ। महानगरपालिका वडा नम्बर १५ काजीपोखरीका २८ वर्षीय जीवन गुरुङले करिब डेढ वर्षदेखि यसरी नै आफूलाई नेपाल प्रहरीको असई हुँ जागिर लगाइदिन्छु भन्दै लाखौँ ठगी गरेको खुलेको हो। जिल्ला प्रहरी कार्यालयमा गुरुङविरुद्ध अहिलेसम्म २९ जनाले ठगी गरेको भन्दै उजुरी दिएको प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए।
गुरुङलाई असई तथा राष्ट्रिय अनुसन्धानको स्टाफ भन्दै नगद तथा जिन्सी सामान असुल्दै हिँड्ने गरेको भेटिएको हो। जिल्ला प्रहरी कार्यालय कास्कीबाट असई सन्तोष सुवेदीको नेतृत्वमा खटिएको टोलीले गुरुङलाई काठमाडौंको गंगबुमा लुकीछिपी बसिरहेको अवस्थामा गत बुधवार पक्राउ गरेको हो।
गुरुङले अहिलेसम्म २९ जना व्यक्तिबाट एकासी लाख रुपैयाँ ठगी गरेको बुझिएको छ। ‘८१ लाख रुपैयाँभन्दा बढी ठगी गरेको देखिएको छ। तर उसको साथबाट अहिले पैसा भने बरामद गर्न सकिएको छैन।‘ गुरुङले ठगीबाट पाएको पैसा डिस्को र विलासीबस्तुमा खर्च गरेको भेटिएको हो। उनले प्रहरीको काम गर्न भन्दै आफूलाई हाइफाइ देखाउन भाडामा कारहरू लिई हिड्ने गरेको निरीक्षक सुवेदीले जानकारी दिए।
Comments
अरु समाचार
-
विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारी घुससहित पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत इन्द्र न्यौपानेसहित तीन जना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग...
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे...
-
कुलमानको नाम लिँदै प्रभाव जमाउँदै हेमान !
काठमाडाैं । सिरहातिर घर भएका एमालेका एक कार्यकर्ताले यतिबेला ऊर्जासमेत तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङको नाम लिएर सिंहदरबार क्षेत्रमा आतंक...
-
अख्तियार प्रमुख प्रेम राईलाई धम्की दिने पाठक फिलिपिन्सबाट पक्राउ
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन्। नेपाल प्रहरीले उनले...
-
शक्तिशाली ठान्ने विनोद चाैधरीलाई जताकतै झड्काः अदालतकै आदेशमा भ्रम फैलाउने बाध्यता !
काठमाडाैं । नियोसी (NEOSEA) ब्रान्डका इलेक्ट्रिक भ्यानहरू आयात र बिक्री गर्दै आएको एम्बर मोटर्स प्रा.लि.ले डलर अर्बपति विनोद चाैधरीको सिजी...
-
जेनजी आन्दोलनमा भागेका दुई कैदी पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...











