‘असई हुँ’ भन्दै लाखौंको ठगी गर्ने पक्राउ

काठमाडौँ। निर्मला प्रकरणदेखि सुन काण्डसम्म बदनामी त प्रहरीले खेपी नै रहेको छ। यतिमात्र होइन, अहिले प्रहरीको नाम बेचेरसमेत ठगी हुँदा प्रहरी थप प्रताडित बन्नु परेको छ।
‘म नेपाल प्रहरीको असई हुँ’ भन्दै कसैले तपाईँलाई सरकारी जागिर लगाइदिन्छु भन्दा तपाईँ पत्याउनुहुन्छ? अनि हजारौँ रकम बुझाउन नि तयार हुनुहुन्छ?
पोखरामा यसरी नै जागिर लगाइदिन्छु भन्नेले लाखौं रुपैयाँ ठगी गरेको खुलेको छ। महानगरपालिका वडा नम्बर १५ काजीपोखरीका २८ वर्षीय जीवन गुरुङले करिब डेढ वर्षदेखि यसरी नै आफूलाई नेपाल प्रहरीको असई हुँ जागिर लगाइदिन्छु भन्दै लाखौँ ठगी गरेको खुलेको हो। जिल्ला प्रहरी कार्यालयमा गुरुङविरुद्ध अहिलेसम्म २९ जनाले ठगी गरेको भन्दै उजुरी दिएको प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए।
गुरुङलाई असई तथा राष्ट्रिय अनुसन्धानको स्टाफ भन्दै नगद तथा जिन्सी सामान असुल्दै हिँड्ने गरेको भेटिएको हो। जिल्ला प्रहरी कार्यालय कास्कीबाट असई सन्तोष सुवेदीको नेतृत्वमा खटिएको टोलीले गुरुङलाई काठमाडौंको गंगबुमा लुकीछिपी बसिरहेको अवस्थामा गत बुधवार पक्राउ गरेको हो।
गुरुङले अहिलेसम्म २९ जना व्यक्तिबाट एकासी लाख रुपैयाँ ठगी गरेको बुझिएको छ। ‘८१ लाख रुपैयाँभन्दा बढी ठगी गरेको देखिएको छ। तर उसको साथबाट अहिले पैसा भने बरामद गर्न सकिएको छैन।‘ गुरुङले ठगीबाट पाएको पैसा डिस्को र विलासीबस्तुमा खर्च गरेको भेटिएको हो। उनले प्रहरीको काम गर्न भन्दै आफूलाई हाइफाइ देखाउन भाडामा कारहरू लिई हिड्ने गरेको निरीक्षक सुवेदीले जानकारी दिए।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
डिम्ब प्रकरणमा सर्वोच्चः महान्यायधिवक्ताको कार्यालयविरुद्ध कारण देखाउ आदेश जारी
काठमाडौं। गैरकानुनी रूपमा नाबालिकाहरूको डिम्ब निकालेको अभियोगमा अनुसन्धानको दायरामा आएको होप फर्टिलिटी एन्ड आईभीएफ सेन्टर विरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको...
-
प्रधानमन्त्री कार्कीले सरकारी जग्गा मिचेको आरोपमा अदालतकै कर्मचारीको आक्रोश, न्याय र कार्यपालिकामाथि गम्भीर धक्का
काठमाडाैं । पूर्वप्रधानन्यायाधीश समेत रहेकी प्रधानमन्त्री सुशीला कार्कीले सरकारी जग्गा हडपेको विषयमा जिल्ला अदालत ललितपुरका कर्मचारी हरि भट्टराईले आलोचना गरेका...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
नेपालटारबाट सुन र नगदसहित सामान लुटपाटको आरोपमा चार जना पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीले काठमाडौंको तारकेश्वर नगरपालिकास्थित नेपालटारबाट सुन र नगदसहित विभिन्न सामान लुटपाट गरेको आरोपमा चार जनालाई पक्राउ गरेको...












