‘सालको पात टपरी हुनी’ दुई करोड ‘भ्युज’ नजिक
काठमाडौँ । केही वर्ष पहिलेसम्म नेपालमा हुने सबैजसो साँस्कृतिक कार्यक्रम विहे, भोज, पिकनिक तिज, तिहार जस्ता पर्वहरूमा पनि गाउँ होस या सहर हिन्दी गीत निकै बजाइन्थ्यो । कारण हुन्थ्यो नेपाली गीत राम्रो हुँदैन, नाच्न मिल्दैन । तर गएका केही वर्षमा यो ट्रेन्ड उल्टीएको छ । नेपाली सिनेमा लगायत आधुनिक गीत पनि धरै नाच्ने खालका आउन थालेका छन् । अहिले त्यस्ता कार्यक्रमहरुमा हिन्दी गीत एकदमै कम बज्ने गर्छन् अर्थात नेपाली गीतमा नै धेरै नाचिन्छ । नेपाली गीतमा पनि गएको तीन महिनादेखि एउटा लोक गीतले व्यापक रुपमा बजार लिइरहेको छ । त्यो हो सालको पात । यो गीतलाई अहिलेसम्म https://www.youtube.com/watch?v=GUV6BJ5MGqE 19,697,154 views पुगेको छ ।
विष्णु माझी र कुलेन्द्र विश्वकर्माको आवाजमा रहेको गीतलाई नवराज पन्तले लेखेका हुन् भने बसन्त थापाले संगीत भरेका हुन् । विष्णु माझी नेपाली लोकगीतमा सबैभन्दा बढी रुचाइएकी गायिका मध्येकी एक हुन् । डेढ दशक भन्दा लामो सांगीतिक यात्रा गरिसकेकी उनी सालको पात आउनुअघि केही समय निस्क्रिय जस्तै भएकी थिइन् । तर यो गीत बजारमा आएसँगै उनको चर्चा पनि चौतर्फि हुन थाल्यो । खासगरी गण्डकी प्रदेशमा सुनिने लोकगीत पुरै देशभरी गुञ्जिनु भनेको लोकगीतका लागि मात्र नभएर पुरै नेपाली संगीत क्षेत्रका लागि खुशीको कुरा हो । नेपाली सिनेमाका गीतले युट्युवमा करोड भ्युज कमाउनु खासै ठूलो कुरो मानिँदैन तर लोकगीत जस्ता सिमित श्रोता भएका गीतलाई युट्युवमा करोड भन्दा बढी पटक हेरिनु गौरवको विषय हो ।
Comments
अरु समाचार
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...
-
महाकाव्यमै मदन पुरस्कार विजेता लम्सालको चौथो महाकाव्य कल्प आउँदै
काठमाडौँ । अग्नि महाकाव्यका लागि २०७८ को मदन पुरस्कार विजेता कवि डा. नवराज लम्सालको चौथो महाकाव्य कल्प सार्वजनिक हुने भएको...
-
मेरो डान्स युनिभर्स सिजन–२ को विजेता रिस्ता गुरुङ
पाटन (ललितपुर), ८ भदौः मेरो भ्वाइस युनिभर्स सिजन–२ को विजेता प्रथम गुरुङ घोषित हुनुभएको छ । यस्तै मेरो डान्स युनिभर्स...












