बसुन्धारामा बम फेला, शंकास्पद ५ जना पक्राउ
काठमाडौं । राजधानीमै बसुन्धाराको एक घरमा सकेट बम फेला परेको छ ।
बसुन्धाराको ओसिस क्याफेसँगै जिडिएको घरमा सकेट बम फेला परेको काठमाडाैं प्रहरी परिसर टेकुका प्रमुख वसन्त लामाले जनाएका छन् । घटनास्थल तिर नेपाली सेनाको टोली गइसकेको समेत उनले जनाएका छन् ।
क्याफेसँगै जोडिएको सांस्कृतिक कार्यक्रमका लागि कोरिया पठाउने ‘द वल्र्ड कल्चर आर्ट एसोसिएन अफ नेपाल’को कार्यालय रहेको उक्त घरमा सकेट बम भेटिएपछि महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले अनुसन्धान थालेको छ ।
उक्त कार्यालयमा आएका ५ जना सेवाग्राहीलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालेको जनाइएको छ । कार्यालय संचालक डम्बर बिसी भने विरामी रहेको बताएका छन् ।
यसअघि २४ फागुनमा वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा प्रेसर कुकर बम विष्फोट गराइएको थियो । घटनामा ३ जना घाइते भएका थिए भने ठूलो भौतिक क्षति भएको थियो ।
उक्त बम विप्लव नेतृत्वको नेकपाले राखेको हुन सक्ने प्रहरी अधिकारीहरुले जनाएका छन् । पछिल्लो समय मोटो चन्दा माग गर्दा व्यवसायीले चन्दा नदिएपछि बम विस्फोट गराउदै आएको निष्कर्ष प्रहरीले निकालेको छ भने, विप्लव नेतृत्वको नेकपाले भने दुईवटा राज्यसत्ता संचालनमा रहेकाले आफूलाई समेत कर बुझाउनु पर्ने माग गर्दै आएका छन् ।
यद्यपी सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाइसकेको छ भने, चैत्र मसान्तसम्म हतियार बुझाउन आएमा सरकारले हतियार कहाँबाट ल्याएको भनेर समेत नसोध्ने प्रधानमन्त्री केपी शर्मा ओलीले जनाइसकेका छन् ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
डिम्ब प्रकरणमा सर्वोच्चः महान्यायधिवक्ताको कार्यालयविरुद्ध कारण देखाउ आदेश जारी
काठमाडौं। गैरकानुनी रूपमा नाबालिकाहरूको डिम्ब निकालेको अभियोगमा अनुसन्धानको दायरामा आएको होप फर्टिलिटी एन्ड आईभीएफ सेन्टर विरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको...
-
प्रधानमन्त्री कार्कीले सरकारी जग्गा मिचेको आरोपमा अदालतकै कर्मचारीको आक्रोश, न्याय र कार्यपालिकामाथि गम्भीर धक्का
काठमाडाैं । पूर्वप्रधानन्यायाधीश समेत रहेकी प्रधानमन्त्री सुशीला कार्कीले सरकारी जग्गा हडपेको विषयमा जिल्ला अदालत ललितपुरका कर्मचारी हरि भट्टराईले आलोचना गरेका...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
नेपालटारबाट सुन र नगदसहित सामान लुटपाटको आरोपमा चार जना पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीले काठमाडौंको तारकेश्वर नगरपालिकास्थित नेपालटारबाट सुन र नगदसहित विभिन्न सामान लुटपाट गरेको आरोपमा चार जनालाई पक्राउ गरेको...












