बसुन्धारामा बम फेला, शंकास्पद ५ जना पक्राउ
काठमाडौं । राजधानीमै बसुन्धाराको एक घरमा सकेट बम फेला परेको छ ।
बसुन्धाराको ओसिस क्याफेसँगै जिडिएको घरमा सकेट बम फेला परेको काठमाडाैं प्रहरी परिसर टेकुका प्रमुख वसन्त लामाले जनाएका छन् । घटनास्थल तिर नेपाली सेनाको टोली गइसकेको समेत उनले जनाएका छन् ।
क्याफेसँगै जोडिएको सांस्कृतिक कार्यक्रमका लागि कोरिया पठाउने ‘द वल्र्ड कल्चर आर्ट एसोसिएन अफ नेपाल’को कार्यालय रहेको उक्त घरमा सकेट बम भेटिएपछि महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले अनुसन्धान थालेको छ ।
उक्त कार्यालयमा आएका ५ जना सेवाग्राहीलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालेको जनाइएको छ । कार्यालय संचालक डम्बर बिसी भने विरामी रहेको बताएका छन् ।
यसअघि २४ फागुनमा वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा प्रेसर कुकर बम विष्फोट गराइएको थियो । घटनामा ३ जना घाइते भएका थिए भने ठूलो भौतिक क्षति भएको थियो ।
उक्त बम विप्लव नेतृत्वको नेकपाले राखेको हुन सक्ने प्रहरी अधिकारीहरुले जनाएका छन् । पछिल्लो समय मोटो चन्दा माग गर्दा व्यवसायीले चन्दा नदिएपछि बम विस्फोट गराउदै आएको निष्कर्ष प्रहरीले निकालेको छ भने, विप्लव नेतृत्वको नेकपाले भने दुईवटा राज्यसत्ता संचालनमा रहेकाले आफूलाई समेत कर बुझाउनु पर्ने माग गर्दै आएका छन् ।
यद्यपी सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाइसकेको छ भने, चैत्र मसान्तसम्म हतियार बुझाउन आएमा सरकारले हतियार कहाँबाट ल्याएको भनेर समेत नसोध्ने प्रधानमन्त्री केपी शर्मा ओलीले जनाइसकेका छन् ।
Comments
अरु समाचार
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे...
-
कुलमानको नाम लिँदै प्रभाव जमाउँदै हेमान !
काठमाडाैं । सिरहातिर घर भएका एमालेका एक कार्यकर्ताले यतिबेला ऊर्जासमेत तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङको नाम लिएर सिंहदरबार क्षेत्रमा आतंक...
-
अख्तियार प्रमुख प्रेम राईलाई धम्की दिने पाठक फिलिपिन्सबाट पक्राउ
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन्। नेपाल प्रहरीले उनले...
-
शक्तिशाली ठान्ने विनोद चाैधरीलाई जताकतै झड्काः अदालतकै आदेशमा भ्रम फैलाउने बाध्यता !
काठमाडाैं । नियोसी (NEOSEA) ब्रान्डका इलेक्ट्रिक भ्यानहरू आयात र बिक्री गर्दै आएको एम्बर मोटर्स प्रा.लि.ले डलर अर्बपति विनोद चाैधरीको सिजी...
-
जेनजी आन्दोलनमा भागेका दुई कैदी पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...











