टुकुचा तरकारी बजारले नेकपामा विवाद, पूर्वएमालेका मजदुर नेताको व्यक्तिगत स्वार्थमा समस्या देखिएको प्रदेश ३ अध्यक्ष दाहालको आरोप
काठमाडाैं । भृकुटि मण्डपको प्रदर्शनीमार्गस्थित टुकुचा तरकारी बजारको विषयले नेकपामा आन्तरिक विवाद चुलिदै गएको छ ।
टुकुचा खोला किनारमा रहेको तरकारी बजार हरित कृषि सहकारी संस्थाले समाज कल्याण परिषद्सँगको सम्झाैता बमोजिम चलाउदै आएको थियो । ७ रोपनी क्षेत्रफलमा फैलिएको ईच्छुमति सामुदायिक कृषि बजारको विषय पूर्वमाओवादी र पूर्वएमालेबीच विवाद सिर्जना गराउने अस्त्र बन्न पुगेको छ ।
समाजकल्याण परिषद्ले कृषि बजारसँग भएको सम्झाैता एकतर्फी ढंगले खारेज गरेपछि प्रदेश ३का नेकपा अध्यक्ष नारायण दाहालले महिला तथा बालबालिका मन्त्री थममाया थापाालाई पत्र लेखेर विरोध जनाएका छन् ।
अध्यक्ष दाहालले लेखेको पत्रमा मन्त्री थापालाई उक्त निर्णय फिर्ता लिन आग्रह समेत गरेका छन् । सम्झाैता खारेज भएको कुराले प्रदेश ३ को पार्टीको ध्यानाकर्षण भएको भन्दै उनले भनेका छन्, ‘देशले ३ खम्बे अर्थनीति अवलम्बन गरेको अवस्थामा सहकारीको माध्यमबाट तरकारीको विक्री वितरण र व्यवस्थापन गर्ने कामलाई निरन्तरता दिन उचित हुने हुँदा हालको कारवाही स्थगित गरी इच्छुमती सामुदायिक कृषि बजारको व्यवस्थापन र नियमन हरित कृषि सहकारीमार्फत नै कार्य अगाडि बढाउन अनुरोध गर्दै यो सिफारिस गरिन्छ ।’
यद्यपी व्यवसायीबीच विवाद भएको भने अध्यक्ष दाहालले समेत स्विकार गरेका छन् । स्वार्थ समूहको कारण त्यहाँको सम्झाैता खारेज गरिएको भन्दे पूर्वमाओवादी नेताहरुको बुझाई रहेको छ भने, पूर्वएमालेका नेताहरुले भने निर्णय सहि भएको भन्दै अडान राख्दै आएको पार्टी आन्तरिक स्रोतको दाबी छ ।
अध्यक्ष दाहाले लेखेको पत्रमा भनिएको छ, उक्त स्थानमा व्यवसायीका वीचमा भएको अन्तरविरोधको कारण समस्या उत्पन्न भएको छ । यसकारण ३ नम्बर प्रदेश संगठन कमिटी, जिफन्ट र व्यवसायीवीचमा अत्यन्तै लामो छलफल, मध्यस्थता र सहमति गर्ने प्रयास भइरहेको छ ।’
न्युज-नेपालले अध्यक्ष दाहाललाई सम्पर्क गर्दा उनले भने, प्रदेश ३ पार्टी र काठमाडाैं जिल्ला पार्टीले निर्णय गरेर यसैलाई निरन्तरता दिने भन्ने सहमति भएको छ । बरु यसमा कुनै किसिमका अनियमितता भएका छन् भने त्यसलाई हल गर्नु पर्छ भन्ने कुरा समेत पार्टीमा भएको हो । तर, पूर्वएमालेका मजदुर नेता विनोद श्रेष्ठको व्यक्तिगत स्वार्थका कारण विवाद देखिन पुगेको छ । समाजकल्याण परिषद्सँग २५ वर्षका लागि सम्झाैता भएको छ । यसलाई विथोल्ने प्रयास भएपनि यस्तो हुनै सक्तैन ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
डिम्ब प्रकरणमा सर्वोच्चः महान्यायधिवक्ताको कार्यालयविरुद्ध कारण देखाउ आदेश जारी
काठमाडौं। गैरकानुनी रूपमा नाबालिकाहरूको डिम्ब निकालेको अभियोगमा अनुसन्धानको दायरामा आएको होप फर्टिलिटी एन्ड आईभीएफ सेन्टर विरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको...
-
प्रधानमन्त्री कार्कीले सरकारी जग्गा मिचेको आरोपमा अदालतकै कर्मचारीको आक्रोश, न्याय र कार्यपालिकामाथि गम्भीर धक्का
काठमाडाैं । पूर्वप्रधानन्यायाधीश समेत रहेकी प्रधानमन्त्री सुशीला कार्कीले सरकारी जग्गा हडपेको विषयमा जिल्ला अदालत ललितपुरका कर्मचारी हरि भट्टराईले आलोचना गरेका...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
नेपालटारबाट सुन र नगदसहित सामान लुटपाटको आरोपमा चार जना पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीले काठमाडौंको तारकेश्वर नगरपालिकास्थित नेपालटारबाट सुन र नगदसहित विभिन्न सामान लुटपाट गरेको आरोपमा चार जनालाई पक्राउ गरेको...












