टुकुचा तरकारी बजारले नेकपामा विवाद, पूर्वएमालेका मजदुर नेताको व्यक्तिगत स्वार्थमा समस्या देखिएको प्रदेश ३ अध्यक्ष दाहालको आरोप
काठमाडाैं । भृकुटि मण्डपको प्रदर्शनीमार्गस्थित टुकुचा तरकारी बजारको विषयले नेकपामा आन्तरिक विवाद चुलिदै गएको छ ।
टुकुचा खोला किनारमा रहेको तरकारी बजार हरित कृषि सहकारी संस्थाले समाज कल्याण परिषद्सँगको सम्झाैता बमोजिम चलाउदै आएको थियो । ७ रोपनी क्षेत्रफलमा फैलिएको ईच्छुमति सामुदायिक कृषि बजारको विषय पूर्वमाओवादी र पूर्वएमालेबीच विवाद सिर्जना गराउने अस्त्र बन्न पुगेको छ ।
समाजकल्याण परिषद्ले कृषि बजारसँग भएको सम्झाैता एकतर्फी ढंगले खारेज गरेपछि प्रदेश ३का नेकपा अध्यक्ष नारायण दाहालले महिला तथा बालबालिका मन्त्री थममाया थापाालाई पत्र लेखेर विरोध जनाएका छन् ।
अध्यक्ष दाहालले लेखेको पत्रमा मन्त्री थापालाई उक्त निर्णय फिर्ता लिन आग्रह समेत गरेका छन् । सम्झाैता खारेज भएको कुराले प्रदेश ३ को पार्टीको ध्यानाकर्षण भएको भन्दै उनले भनेका छन्, ‘देशले ३ खम्बे अर्थनीति अवलम्बन गरेको अवस्थामा सहकारीको माध्यमबाट तरकारीको विक्री वितरण र व्यवस्थापन गर्ने कामलाई निरन्तरता दिन उचित हुने हुँदा हालको कारवाही स्थगित गरी इच्छुमती सामुदायिक कृषि बजारको व्यवस्थापन र नियमन हरित कृषि सहकारीमार्फत नै कार्य अगाडि बढाउन अनुरोध गर्दै यो सिफारिस गरिन्छ ।’
यद्यपी व्यवसायीबीच विवाद भएको भने अध्यक्ष दाहालले समेत स्विकार गरेका छन् । स्वार्थ समूहको कारण त्यहाँको सम्झाैता खारेज गरिएको भन्दे पूर्वमाओवादी नेताहरुको बुझाई रहेको छ भने, पूर्वएमालेका नेताहरुले भने निर्णय सहि भएको भन्दै अडान राख्दै आएको पार्टी आन्तरिक स्रोतको दाबी छ ।
अध्यक्ष दाहाले लेखेको पत्रमा भनिएको छ, उक्त स्थानमा व्यवसायीका वीचमा भएको अन्तरविरोधको कारण समस्या उत्पन्न भएको छ । यसकारण ३ नम्बर प्रदेश संगठन कमिटी, जिफन्ट र व्यवसायीवीचमा अत्यन्तै लामो छलफल, मध्यस्थता र सहमति गर्ने प्रयास भइरहेको छ ।’
न्युज-नेपालले अध्यक्ष दाहाललाई सम्पर्क गर्दा उनले भने, प्रदेश ३ पार्टी र काठमाडाैं जिल्ला पार्टीले निर्णय गरेर यसैलाई निरन्तरता दिने भन्ने सहमति भएको छ । बरु यसमा कुनै किसिमका अनियमितता भएका छन् भने त्यसलाई हल गर्नु पर्छ भन्ने कुरा समेत पार्टीमा भएको हो । तर, पूर्वएमालेका मजदुर नेता विनोद श्रेष्ठको व्यक्तिगत स्वार्थका कारण विवाद देखिन पुगेको छ । समाजकल्याण परिषद्सँग २५ वर्षका लागि सम्झाैता भएको छ । यसलाई विथोल्ने प्रयास भएपनि यस्तो हुनै सक्तैन ।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...
-
गोर्खा ब्रुअरी कर छली मुद्दा सर्वोच्चमा स्थगित
काठमाडाैं । गोर्खा ब्रुअरीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आजपनि स्थगितमा परेको छ। प्रधानन्यायाधीशमा मनोज शर्माको इन्ट्रिसंगै रास्वपा सरकारले भन्दै आएको...
-
कास्की जिल्ला अदालतको आदेशपछि रवि लामिछानेलाई राहत, मुद्दा संशोधन गर्न स्वीकृति
काठमाडाैं । रवि लामिछानेविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धिकरण र संगठित अपराधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतले मुद्दा संशोधन गर्न आदेश दिएपछि...











