रसुवागढी नाकामा ४ किलो सुनसहित नेपाली नागरिक पक्राउ
रसुवा । नेपाल-चीन अन्तराष्ट्रिय नाका रसुवागढीमा चार किलो सुनसहित एक नेपाली नागरिक पक्राउ परेका छन् ।
स्याउ बोकेको कन्टेनरमा सुन लुकाएर ल्याउन खोज्दा चिनियाँ नाका तर्फ समीर परियार नामका एकजना सवारी चालक पक्राउ परेका हुन् । चिनियाँ पक्षले भन्सार कार्यालयमा आधुनिक एक्सरे मेसिन जडान गरेर जाँचमा कडाई गर्न थालेपछि पहिलो पटक सुनसहित नेपाली नागरिक पक्राउ परेका हुन् ।
रसुवाको कालिका गाँउपालिका-०५ का समीर परियारले गएको जेठ २० मा स्याउ बोकेको कन्टेनरमा सुन तस्करी गर्न खोज्दा चिनिया पक्षले पक्राउ गरेपनि नेपाली पक्षलाई कुनै जानकारी नदिएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जनाए ।
चिनियाँ स्रोतका अनुसार अहिले परियारमाथि अनुसन्धान भइरहेको छ । चीनको सिगात्से भन्ने ठाउँमा लगेर उनलाई चिनियाँ पक्षले अनुसन्धान गरिरहेको भएपनि नेपाली पक्षलाई कुनै जानकारी नदिएको प्रजिअ भण्डारीले जनाए ।
नेपाल-चीनबीच मैत्रीपूर्ण सम्बन्ध रहेको भन्दै भण्डारीले भने, हामीलाई यस्तो कुनै जानकारी आएको छैन् । नाकामा हुने विभिन्न तस्करी र अवाञ्छित गतिविधि रोक्न दुवै तर्फका प्रशासनले बेलाबेलामा समन्वय गरेर अगाडी बढेको वताए ।
नेपाली भुमितर्फ पटकपटक सुनसहित मान्छे पक्राउ परेपनि चिनियाँ नाकातर्फ सुनसहित तस्करी पक्राउ परेको भने पहिलो घटना भएको जनाइएको छ ।
सिन्धुपाल्चोकको तातोपानी नाका महाभुकम्पका कारण बन्द भएपछि रसुवागढी नाकालाई अन्तराष्ट्रिय नाकाको रुपमा अगाडी बढाइएको थियो । भने अहिले तातोपानी नाकासमेत संचालनमा आइसकेको छ ।
Comments
अरु समाचार
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे...
-
कुलमानको नाम लिँदै प्रभाव जमाउँदै हेमान !
काठमाडाैं । सिरहातिर घर भएका एमालेका एक कार्यकर्ताले यतिबेला ऊर्जासमेत तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङको नाम लिएर सिंहदरबार क्षेत्रमा आतंक...
-
अख्तियार प्रमुख प्रेम राईलाई धम्की दिने पाठक फिलिपिन्सबाट पक्राउ
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन्। नेपाल प्रहरीले उनले...
-
शक्तिशाली ठान्ने विनोद चाैधरीलाई जताकतै झड्काः अदालतकै आदेशमा भ्रम फैलाउने बाध्यता !
काठमाडाैं । नियोसी (NEOSEA) ब्रान्डका इलेक्ट्रिक भ्यानहरू आयात र बिक्री गर्दै आएको एम्बर मोटर्स प्रा.लि.ले डलर अर्बपति विनोद चाैधरीको सिजी...
-
जेनजी आन्दोलनमा भागेका दुई कैदी पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...











