रसुवागढी नाकामा ४ किलो सुनसहित नेपाली नागरिक पक्राउ
रसुवा । नेपाल-चीन अन्तराष्ट्रिय नाका रसुवागढीमा चार किलो सुनसहित एक नेपाली नागरिक पक्राउ परेका छन् ।
स्याउ बोकेको कन्टेनरमा सुन लुकाएर ल्याउन खोज्दा चिनियाँ नाका तर्फ समीर परियार नामका एकजना सवारी चालक पक्राउ परेका हुन् । चिनियाँ पक्षले भन्सार कार्यालयमा आधुनिक एक्सरे मेसिन जडान गरेर जाँचमा कडाई गर्न थालेपछि पहिलो पटक सुनसहित नेपाली नागरिक पक्राउ परेका हुन् ।
रसुवाको कालिका गाँउपालिका-०५ का समीर परियारले गएको जेठ २० मा स्याउ बोकेको कन्टेनरमा सुन तस्करी गर्न खोज्दा चिनिया पक्षले पक्राउ गरेपनि नेपाली पक्षलाई कुनै जानकारी नदिएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जनाए ।
चिनियाँ स्रोतका अनुसार अहिले परियारमाथि अनुसन्धान भइरहेको छ । चीनको सिगात्से भन्ने ठाउँमा लगेर उनलाई चिनियाँ पक्षले अनुसन्धान गरिरहेको भएपनि नेपाली पक्षलाई कुनै जानकारी नदिएको प्रजिअ भण्डारीले जनाए ।
नेपाल-चीनबीच मैत्रीपूर्ण सम्बन्ध रहेको भन्दै भण्डारीले भने, हामीलाई यस्तो कुनै जानकारी आएको छैन् । नाकामा हुने विभिन्न तस्करी र अवाञ्छित गतिविधि रोक्न दुवै तर्फका प्रशासनले बेलाबेलामा समन्वय गरेर अगाडी बढेको वताए ।
नेपाली भुमितर्फ पटकपटक सुनसहित मान्छे पक्राउ परेपनि चिनियाँ नाकातर्फ सुनसहित तस्करी पक्राउ परेको भने पहिलो घटना भएको जनाइएको छ ।
सिन्धुपाल्चोकको तातोपानी नाका महाभुकम्पका कारण बन्द भएपछि रसुवागढी नाकालाई अन्तराष्ट्रिय नाकाको रुपमा अगाडी बढाइएको थियो । भने अहिले तातोपानी नाकासमेत संचालनमा आइसकेको छ ।
Comments
अरु समाचार
-
आपराधिक घटना बढेको बढ्यै, दैनिक १६२ मुद्दा दर्ता
काठमाडौँ: नेपाल प्रहरीको तथ्याङ्कले आपराधिक घटना न्यूनीकरण हुन नसकेको देखाएको छ । हालै नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता/सूचना अधिकारी तोकिनुभएका प्रहरी...
-
सशस्त्र प्रहरीद्वारा पर्साबाट भन्सार छलीका कपडा बरामद
काठमाडौं । पर्साको वीरगञ्ज महानगपालिका–६ लाटगल्लीबाट सशस्त्र प्रहरी बलले रू ३० लाख बराबरको कपडा बरामद गरेको छ । विशेष सूचनाका...
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित तीन जना पक्राउ
काठमाडौं । रुपन्देहीको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट १ सय ५० ग्राम सुनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । १...
-
रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । सहकारी ठगी आरोपमा प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई थप ४ दिन म्याद थप भएको छ। कास्की...
-
होटलमा एक जना मृत फेला
काठमाडौं । पूर्वपश्चिम राजमार्गसँगै जोडिएको मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित कानेपोखरी बजारमा रहेको वान्तवा होटलमा एक जना पुरुष शुक्रबार बिहान मृत...
-
प्रहरीद्वारा ६ सय किलो गाँजा बरामद
काठमाडौं । प्रहरीले सुनसरीको धरानबाट मङ्गलबार राति ६ सय किलो गाँजा बरामद गरेको छ । धरान उपमहानगरपालिका–१३ शिवधाराबाट प्रहरीले उक्त...
-
शौचालयमा लडेर युवकको मृत्यु
काठमाडौं । शौचालयमा लडेर हेटौँडा उपमहानगरपालिका–६ कल्याणटार निवासी २८ वर्षीय उद्धव राईको आज बिहान मृत्यु भएको छ । लडेर बेहोस...
-
एनपीएलमा ‘बेटिङ’ गरेको आरोपमा चारजना पक्राउ
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा ‘बेटिङ’ गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट खेल...
-
बयानका लागि रविलाई काठमाडौँबाट चितवन लगियो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि चितवन लगिएको छ । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम...