जावलाखेल डिस्टिलरीका साह र उद्योगमन्त्री यादव स्वदेशी लगानीका मदिरा कम्पनी डुबाउने षडयन्त्र रच्दै
काठमाडाैं । हिमालय र जावलाखेल डिस्टिलरीले उद्योग मन्त्री मातृका यादवलाई चंगुलमा पारेर स्वदेशी लगानीमा उत्पादित मदिरालाई विस्थापलन गराउने खेल सुरु भएपछि व्यवसायीहरु चिन्तित बन्न पुगेका छन् ।
मन्त्री यादव र जावलाखेल डिस्टिलरीका मालिक विजयकुमार साहले नेपाली लगानीका उद्योगले बजारमा आक्रामक उपस्थिति जनाएपछि निमिट्यान्न पार्ने षडयन्त्र रच्न थालेका छन् । मदिरा वजारमा विदेशी ब्राण्डको नाममा हुने विभिन्न हल्ला र प्रचारको भ्रमलाई नै संकटमा पार्ने गरि आएका उत्पादन टाउको दुखाइको विषय बन्न पुगेको हो ।
नेपाली बजार र मदिरा पारखीको मुखमा बस्न सफल चर्चित बियर ब्राण्ड बाह्रसिंगा र ८८४८ बिक्रि गर्दै आइरहेको यति ब्रुअरी र यति डिस्टिलरीलाई मन्त्रालय र मन्त्रीको व्यवहारले चिन्तित पार्न छाडेको छैन् ।
डेढ अर्ब लगानीमा उत्पादन थालेको यति ब्रुअरीले बजारमा आफ्नो उपस्थिति बढाएसँगै जावलाखेल डिस्टिलरीका मालिक साहले मन्त्री यादवलाई नै प्रभावमा पारेर षडयन्त्र रच्न थालेका हुन् । यति ब्रुअरीको डेढ अर्ब लगानी डुबाउन चलेको चलखेल व्यापक बन्दै गएको पाइन्छ ।
बाह्रसिंगाको बजार आक्रामक बनाउदै लगेको यतिले स्वदेशमै लगानी गरेर बियर उत्पादन गर्ने योजना बनाएर उद्योग स्थापना गर्यो । उत्पादित बियरहरुले बजारमा जवरजस्त व्यापार गर्न थाल्यो । अन्य कम्पनीका बियरको वजारलाई नै संकटमा पार्न थालेपछि विभिन्न षडयन्त्रको सिकार पर्यो स्वदेशी उत्पादन बाह्रसिंगा बियर ।
कम्पनीले मदिरा उत्पादन इजाजतपत्र नविकरण गर्न जाँदा मन्त्री मातृका यादवले चलखैल गर्दै नविकरण गर्न नदिन अनेक तानाबाना बुने । तर, सञ्चालकले सर्वोच्च अदालत पुगेरै नविकरण गरेपछि मन्त्री यादवले मन्त्रालय मै डिजीलाई हकार्नेदेखि उद्योग बन्द गराउनेबारे धम्की समेत दिएको स्रोतको दाबी छ ।
मन्त्रीको चंगुलमा फस्न थालेको बाह्रसिंगाले वजारीकरणमा ठूलो दुख वेहोरेर नेपालीको जिब्रोम आफ्नो स्वाद छाडीसकेको छ । नेपाली लगानीमा बनेका कम्पनीलाई मन्त्री यादवले प्रोत्साहन गर्नुको साटो उद्योगको इजाजत नै नविकरण गर्न नदिनेजस्ता काम गर्न थालेपछि अन्य कम्पनीहरुले मोटो रकमको चलखेल गरेर बाह्रसिंगा बन्द गराउन खोजेको जनाइन थालेको छ ।
बाह्रसिंगाको उत्पादन बन्द गराउन सुरु भएको प्रयासमा मन्त्री यादवले टिप्पणी आदेश नै जारी गरेका थिए । तर, यति डिस्टीलरी सर्वोच्च अदालत पुगेपछि अदालतले टिप्पणी आदेश माग्दा मन्त्रालयले बुझाउनै सकेन् । यस्तो अवस्थामा मन्त्रीविरुद्ध मानहानी मुद्धासमेत दायर हुनसक्ने कुरा मन्त्रीको कानमा परेपछि उनी एकाएक त्रसित बनेर मन्त्रालयका विभिन्न ओहोदाका कर्मचारीलाई हकार्न पुगेको स्रोतले जनाएको छ ।
८८४८ ले रुस्लान भोड्काको बजारलाई सिमित पारिदिएपछि यति डिस्टीलरीका उत्पादनमाथि प्रहार सुरु भएको पाइन्छ । भुकम्पले थिलोथिलो परेको बेला कम्पनीले केहि समय नविकरणमा समस्या बेहोरेको थियो । भुकम्पले नराम्ररी हल्लाएपछि नयाँ योजनाका साथ बजारमा आएको यतिले उत्पादनको छोटो समयमै आक्रामक बजार र ग्राहककको स्वादलाई ध्यानमा राखी मापदण्डमै रहेर गरेका उत्पादनहरुले बजारमा आफ्नो दह्रो उपस्थिति जमाएपछि मन्त्रीलाई हिमालयन र जावलाखेल डिस्टिलरीले फनफनी घुमाएर यतिका विरुद्ध लगाएको बजारमा हल्ला हुने गरेको छ ।
८८४८, ओल्ड दरबार र ब्ल्याक चिम्नीजस्ता ब्राण्ड डुबाएर जावलाखेल डिस्टिलरीका मालिक साहले आफ्नो व्यवसाय फस्टाउन चलखेल सुरु गरेको जनाइन थालेको छ ।
मन्त्री यादव हिमालय र जावलाखेल डिस्टिलरीसँगको साँठगाँठका कारण यतिलाई भित्तामा पुग्नेगरि लात हान्न तम्सेको आरोप मदिरा व्यवसायीले लगाउने गरेका छन् ।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...
-
गोर्खा ब्रुअरी कर छली मुद्दा सर्वोच्चमा स्थगित
काठमाडाैं । गोर्खा ब्रुअरीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आजपनि स्थगितमा परेको छ। प्रधानन्यायाधीशमा मनोज शर्माको इन्ट्रिसंगै रास्वपा सरकारले भन्दै आएको...
-
कास्की जिल्ला अदालतको आदेशपछि रवि लामिछानेलाई राहत, मुद्दा संशोधन गर्न स्वीकृति
काठमाडाैं । रवि लामिछानेविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धिकरण र संगठित अपराधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतले मुद्दा संशोधन गर्न आदेश दिएपछि...











