जावलाखेल डिस्टिलरीका साह र उद्योगमन्त्री यादव स्वदेशी लगानीका मदिरा कम्पनी डुबाउने षडयन्त्र रच्दै
काठमाडाैं । हिमालय र जावलाखेल डिस्टिलरीले उद्योग मन्त्री मातृका यादवलाई चंगुलमा पारेर स्वदेशी लगानीमा उत्पादित मदिरालाई विस्थापलन गराउने खेल सुरु भएपछि व्यवसायीहरु चिन्तित बन्न पुगेका छन् ।
मन्त्री यादव र जावलाखेल डिस्टिलरीका मालिक विजयकुमार साहले नेपाली लगानीका उद्योगले बजारमा आक्रामक उपस्थिति जनाएपछि निमिट्यान्न पार्ने षडयन्त्र रच्न थालेका छन् । मदिरा वजारमा विदेशी ब्राण्डको नाममा हुने विभिन्न हल्ला र प्रचारको भ्रमलाई नै संकटमा पार्ने गरि आएका उत्पादन टाउको दुखाइको विषय बन्न पुगेको हो ।
नेपाली बजार र मदिरा पारखीको मुखमा बस्न सफल चर्चित बियर ब्राण्ड बाह्रसिंगा र ८८४८ बिक्रि गर्दै आइरहेको यति ब्रुअरी र यति डिस्टिलरीलाई मन्त्रालय र मन्त्रीको व्यवहारले चिन्तित पार्न छाडेको छैन् ।
डेढ अर्ब लगानीमा उत्पादन थालेको यति ब्रुअरीले बजारमा आफ्नो उपस्थिति बढाएसँगै जावलाखेल डिस्टिलरीका मालिक साहले मन्त्री यादवलाई नै प्रभावमा पारेर षडयन्त्र रच्न थालेका हुन् । यति ब्रुअरीको डेढ अर्ब लगानी डुबाउन चलेको चलखेल व्यापक बन्दै गएको पाइन्छ ।
बाह्रसिंगाको बजार आक्रामक बनाउदै लगेको यतिले स्वदेशमै लगानी गरेर बियर उत्पादन गर्ने योजना बनाएर उद्योग स्थापना गर्यो । उत्पादित बियरहरुले बजारमा जवरजस्त व्यापार गर्न थाल्यो । अन्य कम्पनीका बियरको वजारलाई नै संकटमा पार्न थालेपछि विभिन्न षडयन्त्रको सिकार पर्यो स्वदेशी उत्पादन बाह्रसिंगा बियर ।
कम्पनीले मदिरा उत्पादन इजाजतपत्र नविकरण गर्न जाँदा मन्त्री मातृका यादवले चलखैल गर्दै नविकरण गर्न नदिन अनेक तानाबाना बुने । तर, सञ्चालकले सर्वोच्च अदालत पुगेरै नविकरण गरेपछि मन्त्री यादवले मन्त्रालय मै डिजीलाई हकार्नेदेखि उद्योग बन्द गराउनेबारे धम्की समेत दिएको स्रोतको दाबी छ ।
मन्त्रीको चंगुलमा फस्न थालेको बाह्रसिंगाले वजारीकरणमा ठूलो दुख वेहोरेर नेपालीको जिब्रोम आफ्नो स्वाद छाडीसकेको छ । नेपाली लगानीमा बनेका कम्पनीलाई मन्त्री यादवले प्रोत्साहन गर्नुको साटो उद्योगको इजाजत नै नविकरण गर्न नदिनेजस्ता काम गर्न थालेपछि अन्य कम्पनीहरुले मोटो रकमको चलखेल गरेर बाह्रसिंगा बन्द गराउन खोजेको जनाइन थालेको छ ।
बाह्रसिंगाको उत्पादन बन्द गराउन सुरु भएको प्रयासमा मन्त्री यादवले टिप्पणी आदेश नै जारी गरेका थिए । तर, यति डिस्टीलरी सर्वोच्च अदालत पुगेपछि अदालतले टिप्पणी आदेश माग्दा मन्त्रालयले बुझाउनै सकेन् । यस्तो अवस्थामा मन्त्रीविरुद्ध मानहानी मुद्धासमेत दायर हुनसक्ने कुरा मन्त्रीको कानमा परेपछि उनी एकाएक त्रसित बनेर मन्त्रालयका विभिन्न ओहोदाका कर्मचारीलाई हकार्न पुगेको स्रोतले जनाएको छ ।
८८४८ ले रुस्लान भोड्काको बजारलाई सिमित पारिदिएपछि यति डिस्टीलरीका उत्पादनमाथि प्रहार सुरु भएको पाइन्छ । भुकम्पले थिलोथिलो परेको बेला कम्पनीले केहि समय नविकरणमा समस्या बेहोरेको थियो । भुकम्पले नराम्ररी हल्लाएपछि नयाँ योजनाका साथ बजारमा आएको यतिले उत्पादनको छोटो समयमै आक्रामक बजार र ग्राहककको स्वादलाई ध्यानमा राखी मापदण्डमै रहेर गरेका उत्पादनहरुले बजारमा आफ्नो दह्रो उपस्थिति जमाएपछि मन्त्रीलाई हिमालयन र जावलाखेल डिस्टिलरीले फनफनी घुमाएर यतिका विरुद्ध लगाएको बजारमा हल्ला हुने गरेको छ ।
८८४८, ओल्ड दरबार र ब्ल्याक चिम्नीजस्ता ब्राण्ड डुबाएर जावलाखेल डिस्टिलरीका मालिक साहले आफ्नो व्यवसाय फस्टाउन चलखेल सुरु गरेको जनाइन थालेको छ ।
मन्त्री यादव हिमालय र जावलाखेल डिस्टिलरीसँगको साँठगाँठका कारण यतिलाई भित्तामा पुग्नेगरि लात हान्न तम्सेको आरोप मदिरा व्यवसायीले लगाउने गरेका छन् ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
डिम्ब प्रकरणमा सर्वोच्चः महान्यायधिवक्ताको कार्यालयविरुद्ध कारण देखाउ आदेश जारी
काठमाडौं। गैरकानुनी रूपमा नाबालिकाहरूको डिम्ब निकालेको अभियोगमा अनुसन्धानको दायरामा आएको होप फर्टिलिटी एन्ड आईभीएफ सेन्टर विरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको...
-
प्रधानमन्त्री कार्कीले सरकारी जग्गा मिचेको आरोपमा अदालतकै कर्मचारीको आक्रोश, न्याय र कार्यपालिकामाथि गम्भीर धक्का
काठमाडाैं । पूर्वप्रधानन्यायाधीश समेत रहेकी प्रधानमन्त्री सुशीला कार्कीले सरकारी जग्गा हडपेको विषयमा जिल्ला अदालत ललितपुरका कर्मचारी हरि भट्टराईले आलोचना गरेका...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
नेपालटारबाट सुन र नगदसहित सामान लुटपाटको आरोपमा चार जना पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीले काठमाडौंको तारकेश्वर नगरपालिकास्थित नेपालटारबाट सुन र नगदसहित विभिन्न सामान लुटपाट गरेको आरोपमा चार जनालाई पक्राउ गरेको...












