महराले बयानमा भने- रोशनीसँग पारिवारिक सम्बन्ध
निवर्तमान सभामुख कृष्णबहादुर महराले आफ्नो प्रारम्भिक बयानमा संघीय संसद्की कर्मचारी रोशनी शाहीसँग पारिवारिक सम्बन्ध रहेको बताएका छन्।
गत १९ असोजमा पक्राउ परी हिरासतमा रहेका उनले पारिवारिक सम्बन्धका कारण रोशनीको घरमा आउजाउ हुने गरेको स्वीकारेका खबर आजको राजधानी दैनिकमा सविन शर्माले लेखेका छन्।
सरकारी वकिलको कार्यालय स्रोतका अनुसार महराले घटना घटेको दिन आफू रोशनीको कोठामा पुगेको स्वीकारेका छन् । उनले आफू त्यहाँ पुगे पनि सञ्चारमाध्यमबाट बाहिर आएजस्तो आफूले जबर्जस्ती करणीको प्रयास नगरेको बताएका छन्।
‘पारिवारिक सम्बन्धका आधारमा आफ्नो आउजाउ रहेको कुरा उहाँले बताउनुभएको छ,’ स्रोतले भन्यो, ‘तर, बयान सकिएको छैन, बयान पूरा भए पछि सोहीनुसार मुद्दा अघि बढाइनेछ।’
बलात्कार प्रयास गरेको आरोपमा आइतबार पक्राउ परेका महरालाई बयानका लागि बिहीबार सरकारी वकिलको कार्यालयमा उपस्थिति गराइएको थियो । सरकारी वकिल कार्यालयको रोहवरमा प्रहरीले महराको बयान लिएको हो।
महराले आफूलाई जबर्जस्ती बलात्कार गरेको आरोप लगाएकी शाहीले यसबीचमा पटकपटक आफ्ना भनाइ बदल्दै आइरहेकी छन् । यद्यपि, प्रारम्भमा महानगरीय प्रहरी वृत्त बानेश्वरले अनुसन्धान सुरु गरेको यस घटनाबारे अहिले काठमाडौं परिसरले अनुसन्धानको प्रक्रिया अघि बढाइरहेको छ।
प्रहरीका अनुसार घटनाबारे अनुसन्धान र आरोप लागेका महराको बयान भइरहेको छ । यो प्रक्रिया सकिएपछि सोमबार या मंगलबार महराविरुद्ध जबर्जस्ती करणीको मुद्दा अदालतमा दर्ता हुनेछ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
डिम्ब प्रकरणमा सर्वोच्चः महान्यायधिवक्ताको कार्यालयविरुद्ध कारण देखाउ आदेश जारी
काठमाडौं। गैरकानुनी रूपमा नाबालिकाहरूको डिम्ब निकालेको अभियोगमा अनुसन्धानको दायरामा आएको होप फर्टिलिटी एन्ड आईभीएफ सेन्टर विरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको...
-
प्रधानमन्त्री कार्कीले सरकारी जग्गा मिचेको आरोपमा अदालतकै कर्मचारीको आक्रोश, न्याय र कार्यपालिकामाथि गम्भीर धक्का
काठमाडाैं । पूर्वप्रधानन्यायाधीश समेत रहेकी प्रधानमन्त्री सुशीला कार्कीले सरकारी जग्गा हडपेको विषयमा जिल्ला अदालत ललितपुरका कर्मचारी हरि भट्टराईले आलोचना गरेका...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
नेपालटारबाट सुन र नगदसहित सामान लुटपाटको आरोपमा चार जना पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीले काठमाडौंको तारकेश्वर नगरपालिकास्थित नेपालटारबाट सुन र नगदसहित विभिन्न सामान लुटपाट गरेको आरोपमा चार जनालाई पक्राउ गरेको...












