महराले बयानमा भने- रोशनीसँग पारिवारिक सम्बन्ध
निवर्तमान सभामुख कृष्णबहादुर महराले आफ्नो प्रारम्भिक बयानमा संघीय संसद्की कर्मचारी रोशनी शाहीसँग पारिवारिक सम्बन्ध रहेको बताएका छन्।
गत १९ असोजमा पक्राउ परी हिरासतमा रहेका उनले पारिवारिक सम्बन्धका कारण रोशनीको घरमा आउजाउ हुने गरेको स्वीकारेका खबर आजको राजधानी दैनिकमा सविन शर्माले लेखेका छन्।
सरकारी वकिलको कार्यालय स्रोतका अनुसार महराले घटना घटेको दिन आफू रोशनीको कोठामा पुगेको स्वीकारेका छन् । उनले आफू त्यहाँ पुगे पनि सञ्चारमाध्यमबाट बाहिर आएजस्तो आफूले जबर्जस्ती करणीको प्रयास नगरेको बताएका छन्।
‘पारिवारिक सम्बन्धका आधारमा आफ्नो आउजाउ रहेको कुरा उहाँले बताउनुभएको छ,’ स्रोतले भन्यो, ‘तर, बयान सकिएको छैन, बयान पूरा भए पछि सोहीनुसार मुद्दा अघि बढाइनेछ।’
बलात्कार प्रयास गरेको आरोपमा आइतबार पक्राउ परेका महरालाई बयानका लागि बिहीबार सरकारी वकिलको कार्यालयमा उपस्थिति गराइएको थियो । सरकारी वकिल कार्यालयको रोहवरमा प्रहरीले महराको बयान लिएको हो।
महराले आफूलाई जबर्जस्ती बलात्कार गरेको आरोप लगाएकी शाहीले यसबीचमा पटकपटक आफ्ना भनाइ बदल्दै आइरहेकी छन् । यद्यपि, प्रारम्भमा महानगरीय प्रहरी वृत्त बानेश्वरले अनुसन्धान सुरु गरेको यस घटनाबारे अहिले काठमाडौं परिसरले अनुसन्धानको प्रक्रिया अघि बढाइरहेको छ।
प्रहरीका अनुसार घटनाबारे अनुसन्धान र आरोप लागेका महराको बयान भइरहेको छ । यो प्रक्रिया सकिएपछि सोमबार या मंगलबार महराविरुद्ध जबर्जस्ती करणीको मुद्दा अदालतमा दर्ता हुनेछ।
Comments
अरु समाचार
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे...
-
कुलमानको नाम लिँदै प्रभाव जमाउँदै हेमान !
काठमाडाैं । सिरहातिर घर भएका एमालेका एक कार्यकर्ताले यतिबेला ऊर्जासमेत तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङको नाम लिएर सिंहदरबार क्षेत्रमा आतंक...
-
अख्तियार प्रमुख प्रेम राईलाई धम्की दिने पाठक फिलिपिन्सबाट पक्राउ
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन्। नेपाल प्रहरीले उनले...
-
शक्तिशाली ठान्ने विनोद चाैधरीलाई जताकतै झड्काः अदालतकै आदेशमा भ्रम फैलाउने बाध्यता !
काठमाडाैं । नियोसी (NEOSEA) ब्रान्डका इलेक्ट्रिक भ्यानहरू आयात र बिक्री गर्दै आएको एम्बर मोटर्स प्रा.लि.ले डलर अर्बपति विनोद चाैधरीको सिजी...
-
जेनजी आन्दोलनमा भागेका दुई कैदी पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...











