रोल्पामा बालविवाह भयावह, तर उजुरी नै पर्दैन
रोल्पा । जिल्ला अस्पताल रोल्पामा १८ विर्षीया एक किशोरी भेटिइन्, जो आमा बनिसकेकी छिन्।
आफ्ना दुई वर्षीय छोरालाई रुघाखोकी र ज्वरोले सताएपछि उनी अस्पताल आएकी हुन्। झट्ट हेर्दा आमा भनेर पत्याउन गाह्रो पर्ने उनी रोल्पा नगरपालिका दार्बोटकी जयकला परियार हुन्।
लहलहैमा लागेर १५ वर्षको उमेरमा विवाह गरेकी उनले १६ वर्षकै उमेरमा बच्चा जन्माएकी खबर आजको नागरिक दैनिकमा रोल्पाबाट दिनेश सुवेदीले लेखेका छन्।
पढाइ छाडेर सानै उमेरमा बिहे गरेकी जयकला अहिले आफ्ना दौंतरीहरूले विद्यालय गएको देख्दा नरमाइलो मान्छिन्। हाल वैदेशिक रोजगारीमा गएका पतिले पनि खासै नपढेको उनले सुनाउँछिन्।
‘सानैमा बिहे गर्दा पढाइ बिग्रियो, खेल्नेपढ्ने उमेरमा बच्चा हुर्काउनुपरेको छ,’ उनी भन्छिन्, ‘श्रीमान् बिदेसिए पनि घरपरिवारलाई रिझाएर बस्नुपरेको छ।’ बालविवाह अन्त्य नहुँदा रोल्पामा अझै बर्सेनि जयकलाजस्ता सयौं किशोरी आमा बनिरहेका छन्।
गत शुक्रबार पश्चिम रोल्पाकी १५ वर्षीया गर्भवती अस्पताल आइन्। डा. प्रकाश बुढाले भिडियो एक्सरे गरे। उनको पेटमा उल्टो बसेको देखियो। सानो उमेरकी गर्भवती भएकाले उनलाई सुविधा सम्पन्न अस्पतालमा लैजान सल्लाह दिइयो।
करिब ६ घन्टाको पारिवारिक छलफल र आर्थिक जोरजाम गरेर उनलाई बाहिर लगियो। त्यस्तै पूर्वी रोल्पाको सुलीचौरमा एक १७ वर्षीया किशोरी बिहे गरेको चार महिनामै गर्भवती भइन्।
बच्चा जन्माउने रहर नभएकी उनले निजी अस्पतालबाट पाँच हजार तिरेर गर्भपतन गराउने औषधि खाइन्। भोलिपल्ट अत्यधिक रगत बगेपछि प्युठान अस्पतालमा पुगेर पाठेघर सफा गराइन्। अहिले उनी बालविवाह र अनपेक्षित गर्भप्रति पश्चात्ताप गर्छिन्।
यी त केही प्रतिनिधि घटना मात्र हुन्। यस्ता फरकफरक कथा यहाँका अस्पताल वा स्वास्थ्य संस्थामा दैनिक देखिन्छन्। रोल्पा जिल्ला अस्पतामा यो आर्थिक वर्षको ६ महिनाको अवधिमा दुई सय ३८ सुत्केरी भएकोमा ५१ जना २० वर्षमुनिका थिए।
तीमध्ये आठजनाको अवस्था जटिल देखिएपछि शल्यक्रिया गर्नुपरेको अस्पतालको तथ्यांकले देखाएको छ। अस्पतालको तथ्यांकअनुसार अघिल्लो ६ महिनामा औषधि सेवन तथा उपकरण प्रयोग गरेर एक सय एकजनाको गर्भपतन गरिएकोमा सातजना २० वर्षमुनिका थिए।
त्यसैगरी विभिन्न महिलाका तीन सय ८६ पटक गर्भ जाँच गरिएकोमा ६२ पटक २० वर्षभन्दा कम उमेरका किशोरीको गर्भ जाँच भएको थियो। त्यसो त यहाँ गर्भनिरोधका साधन प्रयोगकर्तामध्ये २० वर्षमुनिका किशोरी धेरै रहेको तथ्यांकले देखाएको छ।
दैनिक विभिन्न उमेरका गर्भवतीको गर्भ जाँच गर्ने रोल्पा अस्पतालकी स्टाफ नर्स मीना कवर बालविवाह बढिरहेको देखेर दिक्क छिन्।
‘देख्दै साना हुन्छन् तर गर्भजाँचका लागि आउँछन्,’ उनी भन्छिन्, ‘यहाँ जँचाउन आउनेभन्दा अस्पताल नै नआउनेको संख्या पनि ठूलो होला।’
बालविवाह न्यूनीकरणतर्फ सबैको ध्यान जानुपर्ने कवर बताउँछिन्। ‘त्यसतर्फ ध्यान दिइएन भने स्वस्थ परिवारको संख्या घट्दै जानेछ,’ उनी भन्छिन्। सानो उमेरको विवाहका कारण पढाइ बिग्रनु त छँदै छ, त्योभन्दा ठूलो समस्या किशोरीहरू थप जोखिममा परिरहेका छन्।
स्थानीय सरकारले बालविवाह न्यूनीकरण गर्ने भनेर विभिन्न योजना ल्याउने गरे पनि कार्यान्वयन प्रभावकारी हुन सकेको छैन। गाउँगाउँमा कानुनविपरित विवाह भइरहँदा कहीँकतैबाट नियन्त्रणका लागि ठोस पहल नथालिनु दुखद भएको स्टाफ नर्स कवर बताउँछिन्।
लामो समयदेखि रोल्पा अस्पतालमा जटिल अवस्थाका सुत्केरीको शल्यक्रिया गर्दै आएका डा. प्रकाश बुढा जिल्लामा किशोरीहरू आमा बनिरहेको देखेर अचम्मित छन्।
सरोकारवाला निकायले यसतर्फ खासै चासोसमेत नदिएको उनको बुझाइ छ। ‘हरेक हिसाबले बालविवाह गर्दा नकारात्मक असर गर्छ। झनै स्वास्थ्यका हिसाबले त गर्नु नै हुँदैन,’ डा.बुढा भन्छन्, ‘यहाँ विवाह गर्नेहरूले बच्चा जन्माउन पनि उत्तिकै हतार गर्ने गरेको पाइन्छ।’
गाउँगाउँमा बालविवाह व्यापक रूपमा भइरहँदा प्रहरीकोमा उजुरीसमेत पर्दैन।
बालविवाह भइरहेको थाहा पाए पनि प्रहरीले त्यसविरुद्ध कुनै गतिविधि गर्दैन। ‘प्रहरीले उजुरी पर्खनु त्यति राम्रो होइन, सुनेदेखेपछि एक्सनमा जानुपर्ने हो तर रोल्पामा सरोकारवाला सबै निकाय बालविवाहका सवालमा मौनजस्तै देखिन्छन्।’
Comments
अरु समाचार
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे...
-
कुलमानको नाम लिँदै प्रभाव जमाउँदै हेमान !
काठमाडाैं । सिरहातिर घर भएका एमालेका एक कार्यकर्ताले यतिबेला ऊर्जासमेत तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङको नाम लिएर सिंहदरबार क्षेत्रमा आतंक...
-
अख्तियार प्रमुख प्रेम राईलाई धम्की दिने पाठक फिलिपिन्सबाट पक्राउ
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन्। नेपाल प्रहरीले उनले...
-
शक्तिशाली ठान्ने विनोद चाैधरीलाई जताकतै झड्काः अदालतकै आदेशमा भ्रम फैलाउने बाध्यता !
काठमाडाैं । नियोसी (NEOSEA) ब्रान्डका इलेक्ट्रिक भ्यानहरू आयात र बिक्री गर्दै आएको एम्बर मोटर्स प्रा.लि.ले डलर अर्बपति विनोद चाैधरीको सिजी...
-
जेनजी आन्दोलनमा भागेका दुई कैदी पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...











