रोल्पामा बालविवाह भयावह, तर उजुरी नै पर्दैन
रोल्पा । जिल्ला अस्पताल रोल्पामा १८ विर्षीया एक किशोरी भेटिइन्, जो आमा बनिसकेकी छिन्।
आफ्ना दुई वर्षीय छोरालाई रुघाखोकी र ज्वरोले सताएपछि उनी अस्पताल आएकी हुन्। झट्ट हेर्दा आमा भनेर पत्याउन गाह्रो पर्ने उनी रोल्पा नगरपालिका दार्बोटकी जयकला परियार हुन्।
लहलहैमा लागेर १५ वर्षको उमेरमा विवाह गरेकी उनले १६ वर्षकै उमेरमा बच्चा जन्माएकी खबर आजको नागरिक दैनिकमा रोल्पाबाट दिनेश सुवेदीले लेखेका छन्।
पढाइ छाडेर सानै उमेरमा बिहे गरेकी जयकला अहिले आफ्ना दौंतरीहरूले विद्यालय गएको देख्दा नरमाइलो मान्छिन्। हाल वैदेशिक रोजगारीमा गएका पतिले पनि खासै नपढेको उनले सुनाउँछिन्।
‘सानैमा बिहे गर्दा पढाइ बिग्रियो, खेल्नेपढ्ने उमेरमा बच्चा हुर्काउनुपरेको छ,’ उनी भन्छिन्, ‘श्रीमान् बिदेसिए पनि घरपरिवारलाई रिझाएर बस्नुपरेको छ।’ बालविवाह अन्त्य नहुँदा रोल्पामा अझै बर्सेनि जयकलाजस्ता सयौं किशोरी आमा बनिरहेका छन्।
गत शुक्रबार पश्चिम रोल्पाकी १५ वर्षीया गर्भवती अस्पताल आइन्। डा. प्रकाश बुढाले भिडियो एक्सरे गरे। उनको पेटमा उल्टो बसेको देखियो। सानो उमेरकी गर्भवती भएकाले उनलाई सुविधा सम्पन्न अस्पतालमा लैजान सल्लाह दिइयो।
करिब ६ घन्टाको पारिवारिक छलफल र आर्थिक जोरजाम गरेर उनलाई बाहिर लगियो। त्यस्तै पूर्वी रोल्पाको सुलीचौरमा एक १७ वर्षीया किशोरी बिहे गरेको चार महिनामै गर्भवती भइन्।
बच्चा जन्माउने रहर नभएकी उनले निजी अस्पतालबाट पाँच हजार तिरेर गर्भपतन गराउने औषधि खाइन्। भोलिपल्ट अत्यधिक रगत बगेपछि प्युठान अस्पतालमा पुगेर पाठेघर सफा गराइन्। अहिले उनी बालविवाह र अनपेक्षित गर्भप्रति पश्चात्ताप गर्छिन्।
यी त केही प्रतिनिधि घटना मात्र हुन्। यस्ता फरकफरक कथा यहाँका अस्पताल वा स्वास्थ्य संस्थामा दैनिक देखिन्छन्। रोल्पा जिल्ला अस्पतामा यो आर्थिक वर्षको ६ महिनाको अवधिमा दुई सय ३८ सुत्केरी भएकोमा ५१ जना २० वर्षमुनिका थिए।
तीमध्ये आठजनाको अवस्था जटिल देखिएपछि शल्यक्रिया गर्नुपरेको अस्पतालको तथ्यांकले देखाएको छ। अस्पतालको तथ्यांकअनुसार अघिल्लो ६ महिनामा औषधि सेवन तथा उपकरण प्रयोग गरेर एक सय एकजनाको गर्भपतन गरिएकोमा सातजना २० वर्षमुनिका थिए।
त्यसैगरी विभिन्न महिलाका तीन सय ८६ पटक गर्भ जाँच गरिएकोमा ६२ पटक २० वर्षभन्दा कम उमेरका किशोरीको गर्भ जाँच भएको थियो। त्यसो त यहाँ गर्भनिरोधका साधन प्रयोगकर्तामध्ये २० वर्षमुनिका किशोरी धेरै रहेको तथ्यांकले देखाएको छ।
दैनिक विभिन्न उमेरका गर्भवतीको गर्भ जाँच गर्ने रोल्पा अस्पतालकी स्टाफ नर्स मीना कवर बालविवाह बढिरहेको देखेर दिक्क छिन्।
‘देख्दै साना हुन्छन् तर गर्भजाँचका लागि आउँछन्,’ उनी भन्छिन्, ‘यहाँ जँचाउन आउनेभन्दा अस्पताल नै नआउनेको संख्या पनि ठूलो होला।’
बालविवाह न्यूनीकरणतर्फ सबैको ध्यान जानुपर्ने कवर बताउँछिन्। ‘त्यसतर्फ ध्यान दिइएन भने स्वस्थ परिवारको संख्या घट्दै जानेछ,’ उनी भन्छिन्। सानो उमेरको विवाहका कारण पढाइ बिग्रनु त छँदै छ, त्योभन्दा ठूलो समस्या किशोरीहरू थप जोखिममा परिरहेका छन्।
स्थानीय सरकारले बालविवाह न्यूनीकरण गर्ने भनेर विभिन्न योजना ल्याउने गरे पनि कार्यान्वयन प्रभावकारी हुन सकेको छैन। गाउँगाउँमा कानुनविपरित विवाह भइरहँदा कहीँकतैबाट नियन्त्रणका लागि ठोस पहल नथालिनु दुखद भएको स्टाफ नर्स कवर बताउँछिन्।
लामो समयदेखि रोल्पा अस्पतालमा जटिल अवस्थाका सुत्केरीको शल्यक्रिया गर्दै आएका डा. प्रकाश बुढा जिल्लामा किशोरीहरू आमा बनिरहेको देखेर अचम्मित छन्।
सरोकारवाला निकायले यसतर्फ खासै चासोसमेत नदिएको उनको बुझाइ छ। ‘हरेक हिसाबले बालविवाह गर्दा नकारात्मक असर गर्छ। झनै स्वास्थ्यका हिसाबले त गर्नु नै हुँदैन,’ डा.बुढा भन्छन्, ‘यहाँ विवाह गर्नेहरूले बच्चा जन्माउन पनि उत्तिकै हतार गर्ने गरेको पाइन्छ।’
गाउँगाउँमा बालविवाह व्यापक रूपमा भइरहँदा प्रहरीकोमा उजुरीसमेत पर्दैन।
बालविवाह भइरहेको थाहा पाए पनि प्रहरीले त्यसविरुद्ध कुनै गतिविधि गर्दैन। ‘प्रहरीले उजुरी पर्खनु त्यति राम्रो होइन, सुनेदेखेपछि एक्सनमा जानुपर्ने हो तर रोल्पामा सरोकारवाला सबै निकाय बालविवाहका सवालमा मौनजस्तै देखिन्छन्।’
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
डिम्ब प्रकरणमा सर्वोच्चः महान्यायधिवक्ताको कार्यालयविरुद्ध कारण देखाउ आदेश जारी
काठमाडौं। गैरकानुनी रूपमा नाबालिकाहरूको डिम्ब निकालेको अभियोगमा अनुसन्धानको दायरामा आएको होप फर्टिलिटी एन्ड आईभीएफ सेन्टर विरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको...
-
प्रधानमन्त्री कार्कीले सरकारी जग्गा मिचेको आरोपमा अदालतकै कर्मचारीको आक्रोश, न्याय र कार्यपालिकामाथि गम्भीर धक्का
काठमाडाैं । पूर्वप्रधानन्यायाधीश समेत रहेकी प्रधानमन्त्री सुशीला कार्कीले सरकारी जग्गा हडपेको विषयमा जिल्ला अदालत ललितपुरका कर्मचारी हरि भट्टराईले आलोचना गरेका...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
नेपालटारबाट सुन र नगदसहित सामान लुटपाटको आरोपमा चार जना पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीले काठमाडौंको तारकेश्वर नगरपालिकास्थित नेपालटारबाट सुन र नगदसहित विभिन्न सामान लुटपाट गरेको आरोपमा चार जनालाई पक्राउ गरेको...












