होली खेल्दैमा कोरोनाको संक्रमण हुँदैन तर भीडमा जाँदा खतरा !
काठमाडौं । आज (शोमबार) फागु पूर्णिमा अर्थात होली खेल्ने दिन ।
फागु पूर्णिमामा नेपालीहरु साथीभाइ, परिवार तथा आफन्तहरु एक आपसमा रंग लगाएर होली खल्ने गर्छन् ।
अघिल्ला वर्षहरुमा होलीको दिन युवायुवतीहरु सामूहिक रुपमा नै रंग बोकेर होलीमा रम्थे ।
होलीको अवसरमा शहरी क्षेत्रहरुमा विभिन्न सांस्कृतिक कार्यक्रमहरु समेत हुने गरेको थियो । तर, यस वर्ष भने कोरोना भाइरसको त्रासका कारण सरकारले नै होली पर्व नमनाउन अपिल गरेको छ ।
विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरसको अति उच्च जोखिममा राखेपछि सरकारले कोरोनाको संक्रमण भित्रन नदिन विभिन्न योजनाहरु ल्याएको छ ।
सरकारले कोरोना संक्रमणको जोखिम हुने भन्दै बढी भिडभाड हुने सभा, सम्मेलन लगायतका कार्यक्रम स्थगित गर्न निर्देशन दिइसकेको छ ।
कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै गृह मन्त्रालयले होली नखेल्न आग्रह गर्दै शनिबार नै सार्वजनिक सन्देश समेत प्रवाह गरीसकेको छ ।
गृह मन्त्रालयले सार्वजनिक गरेको सूचनामा होलीको उत्सव र रौनकमा कोरोनाको संक्रमणको जोखिम हुने भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो ।
‘बढी भिडभाड हुने प्रकृतिको कुनै पनि सभा, सम्मेलन, भेला, कार्यक्रम कोभिड–१९ को सम्भावित जोखिमको सन्दर्भमा हाललाई स्थगित गर्न र नन्निकट होलीमा विगतमा जस्तै भिडभाड र भेलाजम्मा हुने, लोलापानी फ्याक्ने, शरीरमा रंग, अविर दल्ने कार्य पनि पोखिमपूर्ण नै हुने हुँदा सो कार्या नगर्नु नगराउनुहुन आम दाजुभाई, दिदीबहिनीहरुमा हार्दिक अनुरोध छ ’ गृह मन्त्रालयले जारी गरेको सुचनामा भनिएको छ ।
होली पर्वमा हुने भिडभाड र प्रयोग गरीने पानीका कारण कोरोना संक्रमणको जोखिम हुने खतरा रहेको वरिष्ठ छाला रोग विशेषज्ञ डाक्टर भास्कर मोहन कायस्थले बताए ।
‘सरकारले कोरोना संक्रमणको जोखिम हुनसक्ने भन्दै होली नखेल्नु भनेको छ, होलीमा रंगकै प्रयोगले कोरोना सर्ने जोखिम हुने होइन,’ डा कायस्थले खबरहबसँग भने, ‘होली मनाउन मानिसहरु धेरै भिडभाडमा जान्छन्, पानी तथा लोलाहरुमा भिज्छन् । जसले गर्दा त्यो भिडमा कसैमा कोरोनाको संक्रमण रहेछ भने सर्ने सम्भावना हुन्छ, अर्को चिसो पानी र लोलामा धेरै समय भिज्दा चिसोका कारण निमोनिया हुने जोखिम हुन्छ । चिसो धेरै भएको समयमा कोरोना संक्रमित व्यक्तिसँग अन्जानमै भेट भयो भने त्यो व्यक्तिलाई छिटो संक्रमण हुनसक्ने भएकाले सरकारले होली नखेल्नु भनेको हो ।’
डा कायस्थका अनुसार होलीको लोला र रंगको प्रयोगले कोरोना संक्रमणको जोखिम मात्र होइन शरीरको छाला र सम्पूर्ण शरीरलाई नै असर पुग्न सक्छ ।
‘सरकारले होली नखेल्नु भनेपनि कतिपयले होली खेल्न सक्छन्, होलीमा कोरोनाको जोखिम त छदै छ, होलीमा प्रयोग हुने रंगले शरीरमा पनि असर पुर्याउँछ,’ डा कायस्थले भने, ‘आजभोलि प्राकृतिक रंग पाइँदैन, कुनैपनि केमिकल मिसाइएको रंग छालाको लागि त हानीकारक नै हो ।’
शरीरको बाहिरी छाला मात्र नभइ शरीरभित्र पनि रंगको असर पर्ने डा कायस्थले बताए ।
‘केमिकल मिसाइएको रंगको असर बाहिर छालामा मात्र होइन, रंग नाकबाट शरीरभित्र पस्यो भने फोक्सोलाई असर पर्छ, मुखबाट शरीरभित्र पस्यो भने पेटको लागि हानी हुन्छ आँखामा पर्दा आँखामा असर पर्छ,’ डाक्टर कायस्थले भने, ‘टाउकोमा रंग पर्दा कपालको जरालाई पनि असर पर्छ ।’
डा कायस्थका अनुसार बजारमा पाइने प्राकृतिक र केमिकल मिसाइएको रंगमा फरक हुन्छ ।
यदि पानीमा मिसाएर प्रयोग गरीने रंग सफा पानीले पखाल्दा सजिलै जान्छ भने त्यस्तो रंगमा केमिकल हुँदैन । तर, केमिकल मिसाइएको रंगमा साबुन पानीले हात धुँदापनि नपखालिने हुन्छ । त्यसैले परिवारभित्रै होली खेल्दा पनि केमिकल नमिसाइएको रंग प्रयोग गरेर खेल्नुपर्ने डा कायस्थ बताउँछन् ।
‘होली सरकारले नमनाउनु भनेपनि कतिपयले घरभित्रै परिवारबीच रंग लगाएर होली मनाउनुहुन्छ होला,’ डा कायस्थले भने, ‘यदी रंग लगाएर होली खेल्ने नै हो भने, पानी नमिसाएको रंग लगाएर खेल्ने र खेलिसकेपछि पुछिहाल्नु स्वास्थ्यका लागि राम्रो हुन्छ ।रंग शरीरभित्र गयो भने, फोक्सो, मिर्गौलालाई खराब गर्न सक्छ, शरीरभित्र एलर्जी हुने, निमोनीया हुने, कपाल झर्ने समस्या हुनसक्छ ।’
Comments
अरु समाचार
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...
-
महाकाव्यमै मदन पुरस्कार विजेता लम्सालको चौथो महाकाव्य कल्प आउँदै
काठमाडौँ । अग्नि महाकाव्यका लागि २०७८ को मदन पुरस्कार विजेता कवि डा. नवराज लम्सालको चौथो महाकाव्य कल्प सार्वजनिक हुने भएको...
-
मेरो डान्स युनिभर्स सिजन–२ को विजेता रिस्ता गुरुङ
पाटन (ललितपुर), ८ भदौः मेरो भ्वाइस युनिभर्स सिजन–२ को विजेता प्रथम गुरुङ घोषित हुनुभएको छ । यस्तै मेरो डान्स युनिभर्स...












