ठगी प्रकरणबारे मुख खोले अनमोलले
काठमाडौं । चर्चित अभिनेता अनमोल केसीले आफू विरुद्ध प्रहरीमा परेको ठगीको उजुरीका विषयमा एक महिनापछि मुख खोलेका छन् ।
आइतबार एक लामो स्टाटस पोष्ट गर्दै केसीले यो विषयमा आफ्नो धारणा बाहिर ल्याएका हुन् ।
‘म चलचित्र ‘ए मेरो हजुर ४’को सुटिङको सिलसिलमा व्यस्त भइ काठमाडांै बाहिर भएको बेलामा म माथि ५ लाख रुपैयाँ ठगीको आरोप लागेको बारेमा मिडिया मार्फत सुनें र स्तब्ध भएको छु’ अनमोलले लेखेका छन् ‘यो कुराको स्पष्टीकरण म मिडियाकर्मी मित्रहरुको सामु उपस्थित भएरै दिन चाहन्थें । तर म अहिले सुटिङको क्रममा काठमाडौं बाहिर रहेकाले यहीँ मार्फत आफ्नो कुरा राख्न चाहन्छु ।’
‘धुपौरे’ फिल्म आफूले साइन गरेर ५ लाख लिएको समेत बताएका अनमोलले फिल्मको कथा साइन गर्दा र सुटिङमा जानै लाग्दा कथा फरक परेकाले अभिनय नगरेको उनको स्टाटसमा उल्लेख छ ।
अनमोलले सुटिङको शिलशिलामा बाहिर भएको मौका छोपेर धुपौरे निर्माण पक्षले आफ्नो चरित्रहत्या गर्न खोजेको समेत आरोप लगाएका छन् ।
यता ‘धुपौरे’ फिल्मका निर्माता रुपेन्द्र खड्गीले भने अभिनेता अनमोल केसीको कुरा सरासर गलत भएको बताएका छन् । ‘अनमोलले हिजो एक स्टाटस लेखेका रहेछन् । त्यो थाहा भयो,’ खड्गीले भने ‘उनको स्टाटसमा उल्लेख ठगीको कुरा मिडियाबाट थाहा पाएँ भन्ने छ । त्यो झूट हो ।’
आफूले २६ माघमा प्रहरीमा उजुरी दर्ता गराएको बताएका खड्गीले उजुरी दर्ता भएको केही दिनमै पनि अनमोल सम्पर्कमा आएको र यस बारेमा जानकारी गराएको बताए ।
‘अनमोलले ‘ए मेरो हजुर ४’ सुटिङमा भएको बेला ठगीको आरोप लागेको र मिडिया मार्फत सुनें भनेका छन् । त्यो नै गलत छ’ खड्गीले भने ‘उजुरी दर्ता भएको धेरै समयपछि ‘ए मेरो हजुर ४’को सुटिङ भएको हो । अनमोल विरुद्धको मुद्दा र ‘ए मेरो हजुर ४’को सुटिङ भएको मिति एकपटक हेर्दा को कति सही छ भन्ने स्पष्ट हुन्छ ।’
‘अनमोलले पैसा फिर्ता दिँदा नमानेको समेत लेखेका रहेछन्’ खड्गीले थपे ‘पैसा फिर्ता लैजान भनेर दिएको भए कसले उजुरी हाल्थ्यो । खड्गीले पैसा फिर्ता नदिए अझ अर्काे कदम चाल्ने समेत चेतावनी दिए ।
के भन्छ प्रहरी ?
अनमोल केसीले लेखेको स्टाटसमा ठगी उजुरी मिडिया मार्फत थाहा भएको उल्लेख छ । अनमोलको यो भनाइ प्रहरीले समेत खण्डन गरेको छ । ठगीको उजुरी दर्ता भएकै दिन आफूहरुले अनमोल केसीलाई जानकारी गराएको प्रहरीले बताएको छ ।
‘प्रहरीले तपाइँको विरुद्धमा यस्तो उजुरी परेको छ । दुबै पक्ष आउनुस् छलफल गरौ भनेको थियौं,’ महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले भने ‘उहाँहरु आउनु भएन । मुद्दा मिल्यो मिले न थाहा भएन ।’ कुनै पक्ष फेरि नआएकाले उक्त उजुरी थाती राखेको बताएको प्रहरीले पिडित आए अगाडि बढ्ने बताएको छ ।
के थियो ठगी उजुरीमा ?
फिलिम्स नेपाल, जयन श्रेष्ठ इन्टरटेटमेन्ट प्रालिबाट निर्माण हुन लागेको फिल्म ‘धुपौरे’मा खेल्न सहमति गरी ५ लाख एडभान्स समेत लिएपनि अनमोलले नखेलेर ठगी गरेको भन्दै प्रहरीमा उजुरी परेको हो । फिल्मका निर्माता जयन श्रेष्ठ र रुपेश खड्कीले केसीविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएका थिए । अनमोलले श्रेष्ठ र खड्गीसँग गत असोज ३ गते ४० लाख पारिश्रमिक लिने गरेर फिल्मको सम्झौता गरेका थिए । यस्तै सम्झौताअनुसार ५ लाख अग्रिम भुक्तानी लिएर पनि फिल्म नखेलेर ठगी गरेको उजुरीमा उल्लेख छ ।
यस्तै फिल्म खेल्नका लागि ३ महिनासम्म जिम तथा एक्टिङ क्लासका लागि भन्दै अनमोलले आफूहरुको थप २ लाख ५० हजारसमेत सकेको उजुरीमा उल्लेख छ ।
फाइनल स्क्रिप्ट नै नपढि चलचित्र साइन गरेको भन्ने विषयमा उठ्न सक्ने सम्भावित प्रश्नको पनि उनले उत्तर दिएका छन् । उनी लेख्छन्, ‘नेपाली फिल्म इन्डष्ट्री सानो छ र यहाँ धेरै काम विश्वासका आधारमा हुन्छन् ।
मैले चलचित्रको स्क्रिप्ट थप होमवर्क गरौं भन्दा उहाँहरुले इगोको रुपमा लिनुभयो र म सुटिङको शिलशिलामा बाहिर भएको मौका छोपेर मेरो चरित्रहत्या गर्न खोज्नु भयो ।’
चलचित्रलाई साम्तेन भुटियाले निर्देशन गर्ने फाइनल भएको थियो
Comments
अरु समाचार
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...
-
महाकाव्यमै मदन पुरस्कार विजेता लम्सालको चौथो महाकाव्य कल्प आउँदै
काठमाडौँ । अग्नि महाकाव्यका लागि २०७८ को मदन पुरस्कार विजेता कवि डा. नवराज लम्सालको चौथो महाकाव्य कल्प सार्वजनिक हुने भएको...
-
मेरो डान्स युनिभर्स सिजन–२ को विजेता रिस्ता गुरुङ
पाटन (ललितपुर), ८ भदौः मेरो भ्वाइस युनिभर्स सिजन–२ को विजेता प्रथम गुरुङ घोषित हुनुभएको छ । यस्तै मेरो डान्स युनिभर्स...












