रेडियो नेपालकी प्रथम गायिका रानुदेवीको निधन
काठमाडौं । रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको निधन भएको छ ।
प्रजातन्त्र सेनानीसमेत रहेकी गायिका रानुदेवीको आज ८३ वर्षको उमेरमा निधन भएको हो । काठमाडौंको केएमसी अस्पतालमा आज बिहान २ बजे उनको निधन भएको हो । रानुदेवीले जागो नेपाली बोलको गीत गाएर तत्कालीन राणा शासनविरुद्धको क्रान्तिमा सहयोगसमेत गरेकी थिइन् । नेपाली कांग्रेसबाट राजनीति समेत गरेकी उनी शिक्षिका पनि थिइन् ।
वीरगन्जमा सन् १९३६ नोभेम्बर २७ मा जन्मिएकी रेडियो नेपालकी प्रथम गायिका रानुदेवीले इतिहास विषयमा एमएसम्मको अध्ययन गरेकी थिइन् । पिता ईश्वरीप्रसाद उपाध्याय र माता इन्दिरा उपाध्याय (पौडेल) की पुत्री रानुदेवीको बाल्यकाल बनारसमा बित्यो भने विक्रम संवत २००६ सालमा विराटनगरका तीर्थप्रसाद अधिकारीसँग विवाह भएको थियो ।
सानैदेखि शास्त्रीय गायनमा समर्पित रानुदेवीले सर्वप्रथम विसं २००६ सालमा ६ वटा गीत रेकर्डिङ गरेकी थिइन् । २००७ सालअघि क्रान्तिका बेला तारिणीप्रसाद कोइरालाको अगुवाइमा प्रजातन्त्र रेडियो स्थापना भएको थियो । विराटनगरको जुट मिल्समा २००४ सालमा स्थापना गरिएको उक्त रेडियोमा गाउन रानुदेवीलाई २००६ सालमा तारिणीप्रसादले नै प्रोत्साहन गरेका हुन् । रानुदेवीले रेडियो नेपालको स्थापनाकालदेखि गीत गाएकी हुन् ।
२०६३ सालमा उनीबारे ‘५६ वर्षपछि…’ नामक सांगीतिक वृत्तचित्र बनाइएको थियो । उक्त वृत्तचित्र पत्रकार तथा गीतकार शंकर खरेल र गायक तथा संगीतकार सुमित खड्काले बनाएका हुन् । उनका छोरा अविन र छोरीहरू अर्चना तथा अल्पना छन् ।
Comments
अरु समाचार
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
हावा चलेछ क्यारेमा सरोज र पार्वति, समिक्षाको आवाज (भिडियो)
काठमाडाैं । डा. आदित्य जोशी र समिक्षा अधिकारीको स्वरमा 'हावा चलेछ क्यारे' गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मेडिसिन...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...











