बिशाल तिमल्सिनाको “सानी” गजल भिडियो सार्वजनिक( भिडियोसहित)
काठमाडौँ । गजलमा केही फरक गर्ने प्रयास स्वरुप विशाल तिमल्सिनाले भिडियो गजल सार्वजनिक गरेका छन्। मंगलबार संवाद चौतारीमा आयोजित एक कार्यक्रमका बीच भिडियो गजल सार्वजनिक गरिएको हो। “सानी” शिर्षक दिइएको उक्त गजलको भिडियोमा सर्जक तथा निर्माता विशाल र एलिजा आचार्यको अभिनय देख्न सकिन्छ। पवन भुजेलले निर्देशन गरेको भिडियोलाई सामुएल तामाङ्गले संगीत दिएका छन्।
भिडियो सार्वजनिक कार्यक्रममा बोल्दै सर्जक विशालले आफ्नो सानैदेखिको सपना पुरा भएको बताए। पछिल्लो समय गजलको क्रेज खस्किएको महसुस आफूले गरेकाले यसको निरन्तरताका लागि नेपालमै पहिलो पटक यो प्रयास गरेको उनको भनाई थियो। यो सानो प्रयासलाई मुर्त रुप दिन धेरै व्यक्तिहरुको साथ र सहयोग रहेकाले उनले सबैलाई धन्यवाद दिए।
त्यस्तै कार्यक्रमकी प्रमुख अतिथि साहित्यकार डा. रेनुका सोलुले यो नयाँ प्रयासका लागि बधाई दिदै गजलको दायरा साघुरिएको छ भन्नु गलत भएको बताइन । कार्यक्रममा सानी भिडियो टिमका अलावा हास्यकलाकार पवन खतिवडा (म्याकुरी) लगायत अन्य कलाकार तथा निर्देशकहरुको पनि सहभागिता थियो।
कार्यक्रममा सहभागी सबै अतिथिले नबिन काम सुरु गरेकोमा विशाललाई बधाई तथा सफलताको शुभकामना दिए!
Comments
अरु समाचार
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
हावा चलेछ क्यारेमा सरोज र पार्वति, समिक्षाको आवाज (भिडियो)
काठमाडाैं । डा. आदित्य जोशी र समिक्षा अधिकारीको स्वरमा 'हावा चलेछ क्यारे' गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मेडिसिन...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...











