कविताः निर्वाचन रे क्या !
निर्वाचन रे क्या!
डाक्टर, अस्पताल, एम्बुलेन्स, बिरामी
शिक्षा, सडक, यातायात, खानेपानी
गोरेटो र गल्ली बाटोमा डोजर
कृषिमा क्रान्ति खेतमा नहर
सरकारी भवन, मन्दिर अनि भ्युटावर
सबै युवालाई स्थानीय स्वरोजगार
खै कुन्नि किन हो गाउँ-टोलमा
हिजोआज यिनीहरूकै मात्र हल्ला छ!
तपाईंलाई थाहा छ
यो हल्ला किन हो?
पर्वहरूको पनि महापर्व
मेलाहरुको पनि महामेला
राम, रमिता, रमाइलो सबथोक एकै ठाउँमा रे
महाकुम्भ मेला
बुझ्नु भएन?
निर्वाचन रे क्या, चुनाव!
मानिसहरू गुट-गुट बाँधेर आइरहेछन्
पटक-पटक तपाईंकै घरदैलो ढकढकाइरहेछन्
हँसाएरै मुर्छा पार्ने घोषणा पत्र र मुद्दा बोकी
फेरि पनि तपाईंकै अगाडि कराइरहेछन्….
हजुर हामीलाई भोट दिनुस…
हजुर हामीलाई भोट दिनुस…
श्वासमा अक्सिजनदेखि शीतल छहारीसम्म
भरियाको पिठ्यूँको भारीदेखि हातको लौरीसम्म
सानो दाउरादेखि थाम दलिन, पसाड हुँदै रक्तचन्दनसम्म
अरु त कुरै छोडौँ-
जन्मँदा लिएको पहिलो सासदेखि मृत्युको चिता बनेर घाटसम्म
हामीलाई चाहिने रुख, काठ र अक्सिजन
त्यसैले रुखमा मात्र गरौँ मतदान!
पोले पनि, पिटे पनि सूर्य भनेको सूर्य नै हो
उज्यालो हो, घमाइलो हो, रमाइलो हो
विराटनगरदेखि महेन्द्रनगरसम्म
वीरगंजदेखि नेपालगञ्जसम्म
के असार, के पुस, के माघमा
अब सूर्य सबैको बराबरी भागमा
तपाईं भोट त हाल्नुहोस् हामी रातमा पनि सूर्य नै ल्याउँछौँ
स्टेफन हकिङ्सले भनेजस्तो हराएर जाने सूर्य होइन
चौबीस बाइ सात हरपल तपाईंकै साथ
त्यसैले चुनाव चिन्ह सूर्यमै छाप!
भान्सामा तरकारीदेखि जंगलको घाँस-दाउरा काट्न
सानो किला गाड्नदेखि पहरा र सुरुङ्ग फोड्न
हर समय सदैव माथि
गरिब, निमुखा, सर्वहारा, मजदुर किसान सबैकौ साथी
ढल्नै आँटेको बुढो रूख र ब्ल्याक होल बनेको त्यो सूर्य
अब चिरा-चिरा पारेर हटाउनु छ
अब त केवल सर्वहारा वर्ग मात्र अटाउनु छ
संघर्ष र बलिदानको गौरवपूर्ण इतिहास
मिलेर गर्नुछ अब देशको विकास
त्यसैले आउनुहोस् भोट त हँसिया हथौडामा नै लगाऔँ!
अबको नयाँ सोच
चुनाव चिन्ह त कलममा भोट
फुटेर होइन जुटेर आको
रचनात्मक विकासमा क्रान्ति ल्याएको
अनलाइन र इन्टरनेटको आजको प्रविधि
हुलाकमै अड्केको हाम्रो शासन विधि
हरेक बच्चाको भविष्यको पहिलो साथी
बैँक, स्कुल, अफिस जहाँकहीँ सबैभन्दा माथि
भोट त केवल कलममा नै साथी!
सोझोदेखि बुद्धिमानसम्म
कमजोर निर्धोदेखि तागतवानसम्म
धर्तीमा पूजा लगाउनदेखि स्वर्गमा बैतर्णी तर्नसम्म
देवताको युगदेखि पुँजिदै आको
तपाईं सबैको अन्तिम निर्विकल्प
भोट खसाल्ने त केवल गाई चिन्ह!
तपाईंका हरेक मिटिङदेखि चिया गफसम्म
विभिन्न उत्सवमा रहँदा होस् या तिथि श्राद्धमा
बियर र वाइनका बारमा होस् या पूजाआजाको पञ्चामृतमा
तपाईंको पाइलैपिच्छेको साथी
भोट चाहिँ गिलासमै राख्नु जाति!
यस्तै र त्यस्तै भन्दै
तपाईंको टोल-टोल र बस्ती-बस्तीमा आउँछन्
कौसीबाटै जहाज उडाउने मुद्दादेखि
आँगनमै पानीजहाज ल्याउने एजेण्डा बताउँछन्
तपाईंको नगरलाई सिङ्गापुर अनि देशलाई अमेरिका बनाउँछन्
तपाईंलाई फुर्सद छ भने एकपटक घोषणा पत्र त पढ्नुहोस्
तपाईंलाई हाँसी-हाँसी मुर्छा पर्ने बनाउँछन्
अब कोही नेपाली दुवै कतार र खाडी त के
जापान र अष्ट्रेलिया नि जानुपर्ने छैन
ढुक्क हुनुहोस् हामीले जितेमा तपाईं रोग र भोकले मर्नेछैन
यस्तै र त्यस्तै घन्किरहेछन् सहर, बजार र गल्लीहरूमा
ठूला-ठूला पर्चा पम्पपेल्ट र बोक्रे नाराबाजीहरुमा
त्यसैले तपाईं पनि उठ्नुहोस् आज सहरमा ठूलो पार्टी छ
पूरै गाउँ भोजमय र नोटमय बनिरहेछ
मतदान त जहाँ अनि जहिले पो गरौँला
पहिला पेट अनि गोजी भरौँ
ध्यान, सोच, काम, विचार
ती सब त पछि गरौँ।
तपाईं छुट्नुहोला नि
नछुटाउनु होस् है आइरहेको महाकुम्भ मेला
निर्वाचन रे क्या, चुनाव!
अनि सिंहदरबारसँग प्राथना गरौँ
सदैव चुनावमात्र भइरहोस् मेरो नेपालमा।
Comments
अरु समाचार
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...
-
महाकाव्यमै मदन पुरस्कार विजेता लम्सालको चौथो महाकाव्य कल्प आउँदै
काठमाडौँ । अग्नि महाकाव्यका लागि २०७८ को मदन पुरस्कार विजेता कवि डा. नवराज लम्सालको चौथो महाकाव्य कल्प सार्वजनिक हुने भएको...
-
मेरो डान्स युनिभर्स सिजन–२ को विजेता रिस्ता गुरुङ
पाटन (ललितपुर), ८ भदौः मेरो भ्वाइस युनिभर्स सिजन–२ को विजेता प्रथम गुरुङ घोषित हुनुभएको छ । यस्तै मेरो डान्स युनिभर्स...












