हाईकुः हरेक बर्ष असार कुर्छ,सरकार पढ्छ बजेट छर्छ
काठमाडाैँ । सरकार आगामी आर्थिक वर्ष (आव) २०७९/८० को बजेट सार्वजनिक गरेको छ ।
संवैधानिक व्यवस्थाअनुसार सरकारले जेठ १५ भित्र अनिवार्य बजेट सार्वजनिक गर्नुपर्ने बाध्यताले हतारमा काम सक्ने शैलीलाई प्रभु बैंकका सिईओ अशोक शेरचनले हाईको मार्फत व्याङ्गे गरेका छन ।
सिईओ शेरचनले बजेट निर्माण प्रकृया कर्मकाण्डी ,वितरणमुखी भएको भन्दै हाईकु मार्फत यसरी व्याङ्गे गर्नुभएको छ ।
सिईओ शेरचनले बजेटबारे हाईको मार्फत यसरी व्याङ्गे गर्नु हुन्छः निरन्तर सार्वजनिक वित्तको अभ्यासमार्फत निश्चित समयसीमा र चरणबद्ध रूपमा गर्ने समग्र कार्यलाई बजेट तर्जुमा प्रक्रियामा आबद्ध गरी सरकारले बजेट बनाउनुपर्ने हुन्छ । तसर्थ यो समग्र प्रक्रियालाई बजेटप्रणाली वा समयावधिसहितको अवधारणालाई बजेट चक्रसमेत भन्ने गरिन्छ ।
बजेट सार्वजनिक हुने सन्निकटको समयमा बजेट निर्माण गर्ने अर्थ मन्त्रालयमाथि सबैको ध्यान र दबाब केन्द्रित भइरहेको हुन्छ । त्यसैगरी बजेट निर्माणमा सरकारका अन्य निकाय र बजेटसँग निकटतम रहेको सरोकार समूहसमेत धेरथोर व्यस्त हुन्छ । तर, समग्र बजेटलाई हलुका ढंगले लिने र सरकारको नीति तथा कार्यक्रम एवं बजेटमा स्वार्थगत चासोलाई सम्बोधन गराउने परिपाटी र अवस्थाले बजेटप्रणाली नै अनियन्त्रित हुने परिस्थिति निम्तिने जोखिम रहन्छ ।
बजेट सरकार र सरकारमा आबद्ध राजनीतिक दलको नीति तथा सिद्धान्त एवं साझा प्राथमिकताका आधारमा तयार गरिन्छ । सोहीअनुसारको योजना तथा कार्यक्रमको सोच, उद्देश्य, लक्ष्य वा रणनीतिसहित त्यसको कार्यान्वयनको समयसीमा, नतिजा वा अपेक्षासँग सन्तुलन मिल्ने गरी बजेट तयार गर्न आवश्यक हुन्छ ।
Comments
अरु समाचार
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
हावा चलेछ क्यारेमा सरोज र पार्वति, समिक्षाको आवाज (भिडियो)
काठमाडाैं । डा. आदित्य जोशी र समिक्षा अधिकारीको स्वरमा 'हावा चलेछ क्यारे' गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मेडिसिन...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...











