देशभरका कवि-साहित्यकार दमौलीमा, आजदेखि राष्ट्रिय सम्मेलन
दमौली । भाषा साहित्य र संस्कृतिको उत्थान, साहित्यिक जागरण हाम्रो अभियान’ भन्ने मूल नाराका साथ तनहुँको सदरमुकाम दमौलीमा राष्ट्रिय साहित्य सम्मेलनको आयोजना गरिएको छ ।
यही जेठ २६ र २७ गते हुने सम्मेलनमा सात वटै प्रदेशका कवि तथा साहित्यकारको जमघट हुने गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँले जनाएको छ । महर्षि वेदव्यासको अवतरण भूमि, भानुभक्तको साधना भूमि र सेतीमादीको सङ्गमस्थल दमौलीलाई उजागर गर्ने हेतुले सम्मेलनको आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष सागर उदासले जानकारी दिनुभयो ।
भाषा र साहित्यका माध्यमबाट यस क्षेत्रमा रहेका धार्मिक, सांस्कृतिक र ऐतिहासिकस्थलको प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास गरिएको उहाँले बताउनुभयो । उक्त कार्यक्रममा राष्ट्रिय कविता प्रतियोगिता, सम्मान तथा पुरस्कार वितरण र स्मारिका लोकार्पण गर्ने कार्यक्रम रहेको छ ।
विसं २०७६ मा गर्न लागेको भए पनि पटक पटकको कोरोना र सङ्घीय निर्वाचनका कारण रोकिएको कार्यक्रम अहिले आएर निरन्तरता दिन लागेको आयोजकले जनाएको छ । सम्मेलनमा पुरस्कृत हुने कवि तथा साहित्यकारलाई प्रथम पुरस्कार रु ५५ हजार, द्वितीयलाई रु ४० हजार, तृतीयलाई रु २५ हजार र सान्तवना छ जनालाई रु १० हजारका दरले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने छ ।
सो अवसरमा दमौलीका साहित्यकार एवं भानुभक्त क्याम्पसका सहायक क्याम्पस प्रमुख नारायणप्रसाद गौतमलाई रु १० हजार नगद तथा दोसल्ला र प्रमाणपत्रले सम्मान गर्ने कार्यक्रम रहेको छ । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठ रहनुभएको छ । उक्त कार्यक्रममा देशभरबाट करिब दुई सय कवि तथा साहित्यकारको जमघट हुने बताइएको छ ।
प्रतिष्ठानकी उपाध्यक्ष गौमाया न्यौपानेले भाषा, संस्कृति र पर्यटन विकासमा आधारित दोस्रो राष्ट्रिय साहित्य सम्मेलन यस क्षेत्रको कला, साहित्य, पर्यटन र संस्कृतिको उजगार गर्न कोसेढुङ्गा सावित हुने बताउनुभयो । उक्त कार्यक्रम सम्पन्न गर्न रु ११ लाख ३९ हजार लाग्ने अनुमान गरिएको छ । कार्यक्रममा आउने पुरस्कृत व्यक्तित्व र अतिथिका लागि खाना बस्नको व्यवस्था आयोजकले मिलाएको सो अवसरमा जानकारी गराइएको थियो ।
साहित्य सम्मेलनले जिल्लामा रहेका धार्मिक, ऐतिहासिक र सांस्कृतिक क्षेत्रको प्रचारप्रसार गरी पर्यटन भित्र्याउन सहयोग पुग्ने विश्वास गरिएको प्रतिष्ठानका अर्का उपाध्यक्ष सङ्गम सापकोटाले जानकारी दिनुभयो । गीतकार एवं साहित्यकार रमेश पौडेलको संयोजकत्वमा प्रतियोगिताको निर्णायक मण्डलमा श्रवण मुकारुङ, भूपिन खड्का लगायतका व्यक्तित्व रहेका छन् ।
Comments
अरु समाचार
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...
-
महाकाव्यमै मदन पुरस्कार विजेता लम्सालको चौथो महाकाव्य कल्प आउँदै
काठमाडौँ । अग्नि महाकाव्यका लागि २०७८ को मदन पुरस्कार विजेता कवि डा. नवराज लम्सालको चौथो महाकाव्य कल्प सार्वजनिक हुने भएको...
-
मेरो डान्स युनिभर्स सिजन–२ को विजेता रिस्ता गुरुङ
पाटन (ललितपुर), ८ भदौः मेरो भ्वाइस युनिभर्स सिजन–२ को विजेता प्रथम गुरुङ घोषित हुनुभएको छ । यस्तै मेरो डान्स युनिभर्स...












