शताब्दी घरमा अक्षरयात्रीको काव्य भेला
काठमाडाैं । ‘जीवन र जगतको यथार्थवोधको लागि अक्षरयात्रा’ मूलमन्त्र बनाई गजलसन्ध्या र नवनीत साहित्य सागरद्वारा २०६२ साल असार १८ गतेदेखि निरन्तर रुपमा संचालित भैरहेको यात्रा साहित्यसंग सम्बन्धित कार्यक्रम ‘अक्षरयात्राको द्विशतक श्रृंखला फरक पर्वत कुश्मा स्थित शताब्दी घरमा सम्पन्न भएको छ ।
कालीगण्डकी बचाऔँ अभियान एवं कुश्मा कला परियोजनाका परिकल्पनाकार, अभियन्ता आरके अदीप्त गिरीको स्थानीय निम्तो र आयोजनामा शताब्दी घरमा आयोजित कार्यक्रममा पोखराबाट दुई दर्जन बढी कवि, लेखक, पत्रकारले सहभागिता जनाएका थिए। शताब्दी घरको सिरान तलामा आयोजित कार्यक्रममा अक्षरयात्राको द्विशतक श्रृंखला कार्यक्रम संचालित भयो।
कार्यक्रमका प्रमुख आमन्त्रित व्यक्तित्व प्रसिद्धि कवि तीर्थ श्रेष्ठले कालीगण्डकी र आफ्नो जीवनका बिचमा प्रगाढ़ सम्बन्ध छ भन्दै आफ्नी प्रातःस्मरणीय माताको सम्झना गरे। आफु तीन वर्षको हुँदा आमाको देहान्त भएको र यही कालीगण्डकी नदीमा दाहसंस्कार भएको भएको कुरा बताए । आँफु तेह्र वर्षको उमेरमा यो नदी हेर्न आएको कुरा बताइ सबैलाई भावुक बनाए।
अभियन्ता आरके अदीप्त गिरीले कालीगण्डकीको संरक्षण र नेपाली वास्तुकलाको संरक्षणमा एक्लै सत्तिसाल झैं उभिएको कुराको प्रशंसा गर्दै राज्यले गर्नुपर्ने काम एउटा व्यक्तिले गर्नु ठूलो आँट र साहस रहेको विचार व्यक्त गरे। कला र संस्कृतिले देश र समाजको आवाजलाई बोल्नु पर्ने विचार श्रेष्ठको थियो ।
उनले भने, ‘कला मनोरञ्जनका लागि मात्र नभएर कला जीवनका लागि हो । कलाको विकास भएमा मात्र हामीले सोचेको समृद्ध नेपालको विकास सम्भव हुन्छ । देशको कुना–कुनामा रहेका हाम्रा कला र संस्कृतिको जगेर्ना गर्नु तपाई हाम्रो कर्तव्य हो ।’ श्रेष्ठले कालीगण्डकी, शालिग्राम र शताब्दी घरलाई जोडेर काव्य वाचन समेत गरेका थिए।
कार्यक्रममा संस्थाका अध्यक्ष आरके अदीप्त गिरीले परिवर्तन र विकासको नाममा हामी हाम्रा मौलिक परम्परा, संस्कार, संस्कृति र रीतिथिति बिर्सिरहेकाे बताउँदै हामीले भुल्दै, बिर्सिंदै गएको आफ्नोपनको आभासलाई जोगाउने प्रयत्न स्वरुप आफूले कुश्मा कला परियोजनाको परिकल्पना गरेको बताए। यही संस्थाले फरक आवश्यकता महशुस गरी शताब्दी घरको परिकल्पना गरेको हो ।
हामी शताब्दी घरलाई पूर्णता दिन अथक प्रयत्न गरिनै रहेका छौँ । विकासका नाममा मानव ज्ञानमाथिको अतिक्रमण बन्द गरी ऐतिहासिक धरोहरहरूको जीर्णोद्धार गरी संरक्षण–संवर्द्धन गरिनु अहिलेको प्रमुख आवश्यकता रहेकाे गिरीले बताए ।
कार्यक्रममा प्रसिद्ध लोक गायिका हरिदेवी कोइरालाले आँफुले जीवनमा तीनसय वर्ष भन्दा पुरानो घरको तेस्रो तल्लामा बसेर यस्तो साहित्यिक कार्यक्रममा पहिलो चोटी भाग लिन पाएकोमा फरक अनुभूति भएको बताउँदै कालीगण्डकीमा समर्पित केही गीत र असारे भाका सुनाइन।
बाहिर झम् झम् असारे झरी परिरहेको थियो भनें शताब्दी घरको माथिल्लो तल्लामा संचालित कार्यक्रममा पचासी वर्षिय साहित्यकार शान्तिनारायण श्रेष्ठले उत्साहपूर्वक गीत र गजल सुनाइरहेका थिए भनें प्राज्ञ सरस्वती श्रेष्ठ सरु, अक्षरयात्राका परिकल्पनाकार दीपक समीप, अर्का परिकल्पनाकार लक्ष्मण थापा, नेपाली लेखक संघ, गण्डकी प्रदेशका अध्यक्ष डा. ईश्वरमणि अधिकारी, गनेश पौडेल, सन्जीव पौडेलले आआफ्ना धारणा सहित रचना वाचन गरेका थिए।
त्यस्तै रचना वाचन गर्नेमा — एन पि घायल, सागर उदास, रीता अधिकारी ऋतु, अमृत क्षेत्री, घायलश्री, लक्ष्मण बिश्वकर्मा, श्रीराम अधिकारी गोर्जे, ठाकुर रसाइली, साबित्री गिरी, रोशन तिमिल्सिना, छन्दमणि त्रिपाठी, लगायतले कालीगण्डकी र शताब्दी घरकै सेरोफेरोमा रहेर तत्स्थानीय रुपमा सिर्जना गरिएका कविता, मुक्तक, गीत र गजल सुनाएका थिए।
शताब्दी घर तथा कुश्मा कला परियोजना, पर्वतका अध्यक्ष आरके अदिप्त गिरी र गजलसन्ध्याका अध्यक्ष वसन्त विनोदको संयुक्त सभापतित्वमा संचालित कार्यक्रममा साहित्यकार एवम् रंगकर्मी प्रान्जलले कार्यक्रमको संचालन गरेका थिए।
Comments
अरु समाचार
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...
-
महाकाव्यमै मदन पुरस्कार विजेता लम्सालको चौथो महाकाव्य कल्प आउँदै
काठमाडौँ । अग्नि महाकाव्यका लागि २०७८ को मदन पुरस्कार विजेता कवि डा. नवराज लम्सालको चौथो महाकाव्य कल्प सार्वजनिक हुने भएको...
-
मेरो डान्स युनिभर्स सिजन–२ को विजेता रिस्ता गुरुङ
पाटन (ललितपुर), ८ भदौः मेरो भ्वाइस युनिभर्स सिजन–२ को विजेता प्रथम गुरुङ घोषित हुनुभएको छ । यस्तै मेरो डान्स युनिभर्स...












