टेरेसाको मृत्यु भएको दिन आज
काठमाडौं। सन् १९९७ मा आजकै दिन ५ सेप्टेम्बर मदर टेरेसाको मृत्यु भएको थियो ।
टेरेसालाई भारतका गरिबहरुलाई गरेको अतीव सेवाका कारण संसारभर सम्मान गरिन्छ । टेरेसाले महिला सेविकाहरुको ठूलो जमात बनाएकी थिइन् ।
उनले सन् १९५० मा स्थापना गरेको संस्था ‘ मिसनरिज अफ च्यारिटी ले विभिन्न सेवागृह चलाएको अवस्था थियो’ । मानव सेवामा सर्मपित भएका कारण उनले १९७९ को नोबेल शान्ति पुरस्कार समेत जितेकी थिईन । यद्यपि उनको संस्थाले सञ्चालन गरेका अस्पतालमा सफाइ स्तर नभएको कतिपयको दाबी थियो । त्यसका साथै तानाशाहहरुले दिएको दान स्विकार गरेको भन्दै उनको आलोचना समेत हुने गरेको थियो । तर ति सबै कुरालाई ख्याल नगरि उनले ४५ वर्षसम्म गरीब, बिरामी, अनाथ, र मर्न लागेका मानिसहरूको मद्दत गरिन।
टेरेसा १९१० अगस्ट मा मेसेडोनियामा जन्मिएकी थिइन् । १९ वर्षको उमेरमा समाज सेवामा होमिएकी उनी तत्काल भारत सरुवा भइन् । उनले दार्जिलिङको एक स्कुलमा समेत पढाएकी थिईन । सन् १९४६ मा कोलकता फर्केर उनले दुः खी, गरिबको सेवा गर्न थालिन् । त्यसको एक दशकपछि अस्पतालका साथै परित्यक्त बालबालिकाको लागि आश्रय गृह चलाएकी थिईन् ।
मदर टेरेसालाई उनको सेवा कार्यको सम्मान गर्दै धेरै प्रकारका पुरस्कार र सम्मानहरु प्रदान गरिएको छ । सन् १९७९ डिसेम्बर १९ मा मदर टेरेसालाई उनको सामाजिक र मानब कल्याण कार्यलाई कदर गर्दै नोबेल शान्ति पुरस्कार ले सम्मान, सन् १९६२ मा मदर टेरेसालाई उनको सामाजिक कार्यलाई कदर गर्दै भारत सरकारले पद्मम श्री पुरस्कारबाट सम्मान गरेको थियो ।
“तिमी कति काम गर्छौ यो सफलताको लागि महत्त्वपुर्ण कुरा हुँदै हैन,तिमी आफ्नो कामलाई कति प्रेमपुर्ण गर्छौ यही सफलताको मापदण्ड हो।”–मदर टेरेसा
Comments
अरु समाचार
-
नेपालकी आश्माले भारतमा समेत कमाइरहेकी छन् चर्चा !
काठमाडौं । नेपालकी चर्चित मोडल तथा टिकटकर आश्मा विश्वकर्मा हाल नेपालमा मात्रै नभएर भारतमा पनि चर्चाको शिखरमा छिन् । सामाजिक...
-
विजय देवरकोन्डा चढेको कार दुर्घटना, टाउकोमा चोट
काठमाडौंं । दक्षिण भारतका चर्चित अभिनेता विजय देवरकोन्डा चढेको कार दुर्घटनामा परेको छ । सोमबार साँझ हैदराबाद–बैंगलोर राजमार्गमा सो कार...
-
जेनजीप्रति समर्पित प्रधानमन्त्री कार्कीको दशैं टीका सुतकले रोकिएको खुलासा
काठमाडाैं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले दशैंको टीका नलगाउने निर्णय किन गरिन ? के जेनजी आन्दोलनमा भएको युवाहरुको मृत्युको शोकमा...
-
‘बेक्रअप’को पीडा केटालाई बढी हुने गरेको निष्कर्ष, ‘मुभअन र ब्याकअप’मा केटी अगाडि
काठमाडौं । ‘ब्रेकअपपछि मुभअन’ हुने मामिलामा केटाभन्दा केटीलाई सहज हुने गरेको पाइएको छ । नयाँ अन्तर्राष्ट्रिय अध्ययनले ब्रेकअपपछि पुरुषहरू महिलाभन्दा...
-
चोलेन्द्र श्रीमानको नियतिबाट केहि सिक्ने कि ?
काठमाडाैं । मैमत्त बन्दै न्यायपालिकाको नेतृत्वमा पुगेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बाैद्धमा लखर-लखर हिड्दै गरेका भेटिने गरेका छन् । पेन्सनपट्टा...
-
नयाँ तीज गीत ‘आयो है तीजको लहर’ सार्वजनिक
काठमाडाैं । नेपाली नारीहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँ-नयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा...
-
आयुष र एलिजेले अदालतमा कसे लगन गाँठो
काठमाडौं । सामाजिक सञ्जाल टिकटकका चर्चित टिकटकर जोडी आयुष सिंह ठकुरी र एलिजे जमालीले विवाह गरेका छन्। सोमबार काठमाडौं जिल्ला...
-
दुर्गेशको गीतको चर्चा….
काठमाडौं । युवापुस्तामा लोकपृय गायक तथा मोडल दुर्गेश थापाले गीत ‘जाने भए जाम माया’ले नयाँ रेकर्ड बनाउँन सफल भएको छ...
-
के वरिष्ठ अधिवक्ता शम्भु थापाका दिन सकिएकै हुन् ?
काठमाडाैं । 'न्यायाधीश घुस खान्छन्, हामी वकिलहरू पनि घुस् खुवाउँछौँ' भन्ने अभिव्यक्ति दिएर विगतमा आलोचित बनेका वरिष्ठ अधिवक्ता शम्भु थापा...












