जनचेतनामूलक “प्रहरी साथमा छ” बोलको म्युजिक भिडियो विमोचन
काठमाडौँ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले “प्रहरी साथमा छ” बोलको अपराध न्यूनीकरण सम्बन्धी जनचेतनामूलक म्युजिक भिडियोको विमोचन गरेका छन् ।
बुधबार प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबीच उनले उक्त भिडियोको विमोचन गरेका हुन् ।
उक्त म्युजिक भिडियोको परिकल्पना प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले गरेका हुन् भने रचनाकार दिल शिरिष र प्रकाश सपूत रहेका छन् । प्रकाश सपूत र सुदिप सागरको संगीत तथा प्रकाश सपूत र सुनिता दुलालको गायन रहेको उक्त म्युजिक भिडियोको निर्देशन आरन प्रोडक्सनबाट सुनिल बिकले गरेका छन् ।
साथै सोही अवसरमा प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागद्वारा प्रकाशित “नेपाल प्रहरीले अनुसन्धान गरेका चर्चित घटनाहरूको सङ्ग्रह(भाग १” पुस्तकको विमोचन समेत गरे ।
उक्त पुस्तकमा रहेका घटनाहरूको संकलन तथा लेखन प्रहरी नायव उपरीक्षकहरू रबिन्द्र नाथ पौडेल, बेद प्रकाश जोशी, पंच कुमार बाखु र प्रहरी निरीक्षक राजु अधिकारीले गरेका छन् । साथै प्रहरी महानिरीक्षक कुँवरले पुस्तक लेखनमा संलग्न प्रहरी अधिकृतहरूलाई सोही अवसरमा सम्मान समेत गरे ।
समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू एवं प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।
Comments
अरु समाचार
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
हावा चलेछ क्यारेमा सरोज र पार्वति, समिक्षाको आवाज (भिडियो)
काठमाडाैं । डा. आदित्य जोशी र समिक्षा अधिकारीको स्वरमा 'हावा चलेछ क्यारे' गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मेडिसिन...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...











