मुस्ताङका तीन गाउँले थकालीले ‘त्युङ्ला पर्व’ मनाए (फाेटाेफिचर)
काठमाडौं । काठमाडौंमा मुस्ताङका तीन गाउँले थकालीले त्युङ्ला पर्व मनाएका छन् ।
काठमाडाैँकाे स्वयम्भु स्थित तीन गाउँले थकाली सेवा समाजकाे नवनिर्मित भवनमा मुस्ताङका तीन गाउँले थकालीहरूको त्युङ्ला पर्व विभिन्न कार्यक्रम गरी मनाइएको हो।
मुस्ताङका तीन गाउँले थकाली समुदायको महान पर्व ‘त्युङ्ला’ ऐतिहासिक पर्वका रुपमा स्थापित छ । त्युङ्ला थकाली पात्रो अनुसार दोस्रो महिनाको छेव चौध तिथिदेखि तेस्रो महिनाको छेव एकसम्म विभिन्न धार्मिक क्रियाकलाप गरी मनाइन्छ ।
छिरिङ प्रसाद थकालीले अध्यक्षता गरेकाे कार्यक्रममा प्रमुख अतिथि संस्थापक अध्यक्ष हरिबहादुर थकाली रहेका थिए ।
कार्यक्रममा विशिष्ट अतिथिहरुमा पूर्व सांसद श्रीमाया थकाली, पूर्व अध्यक्ष सञ्जय थकाली, अशोक थकाली, मीनबहादुर थकाली, आमा समूहका पूर्व अध्यक्ष सरम थकाली र वर्तमान अध्यक्ष राममाया थकाली लगायतको विशिष्ट अतिथिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन तीन गाउँले थकाली सेवा समाजका कार्यकारी सदस्य बादल थकालीले गरेका थिए ।
तीन गाँउले कला, भाषा,संस्कृतिमा धनी रहेकाे यसलाइ जोगाउन थकाली कला, संस्कृति र मौलिकता पुस्तान्तरण गर्न आवश्यक रहेको पाँच गाउँ थकाली सेवा समाजका अध्यक्ष कुलबहादुर थकालीले बताए ।
त्यस्तै पूर्व सांसद श्रीमाया थकालीले भनिन: तीन गाँउले थकाली याे अल्पसंख्यक समुदायकाे विविधता पूर्ण संस्कृतीकाे जगेर्णा गर्ने दायित्व सिंगाे राष्ट्रकाे पनि हाे । यसमा सरकारकाे ध्यानाकर्षण हुनुपर्छ ।
थकाली संस्कृती नेपालकाे नेपालकाे पर्यटन पवर्द्धनकाे मुख्य अाधार बन्रे उनले दावी गरिन ।
कार्यक्रममा स्वागत मन्तव्य सचिव रामबहादुर थकालीले गरेका थिए भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष मनेलाल थकालीले प्रस्तुत गरेका थिए । थकाली कला संस्कृतिको संरक्षण एवं सम्बद्र्धन कसरी गर्ने र यसलाई पर्यटकीय रुपमा कसरी प्रस्तुत गरी समाजको समृद्धिमा टेवा पु¥याउने भन्ने कुरामा विशेष छलफल समेत भएको थियो ।
कार्यक्रममा तीन गाउँले थकाली सेवा समाजका भूतपूर्व अध्यक्षहरूले तीन गाँउले थकालीका भाषा,संस्कृती सम्बर्द्धनका लागि देशविदेशमा छरिएर हामी तिन गाँउले थकाली हातेमालाे गरेर अघी बढ्नु पर्नेमा जाेड दिए ।
त्यस्तै तीन गाउँले थकाली सेवा समाजका कार्यकारी सदस्य बादल थकालीले भाषा,संस्कृती,भेषभुषाकाे जग्रेना गरी अल्पसंख्यक तीन गाँउले थकालीकाे संस्कृतीकाे पवर्द्धन गर्न अागामी दिनमा तीन गाँउले थकालीका जानकार विज्ञसंग अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने बताए ।
Comments
अरु समाचार
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...
-
महाकाव्यमै मदन पुरस्कार विजेता लम्सालको चौथो महाकाव्य कल्प आउँदै
काठमाडौँ । अग्नि महाकाव्यका लागि २०७८ को मदन पुरस्कार विजेता कवि डा. नवराज लम्सालको चौथो महाकाव्य कल्प सार्वजनिक हुने भएको...
-
मेरो डान्स युनिभर्स सिजन–२ को विजेता रिस्ता गुरुङ
पाटन (ललितपुर), ८ भदौः मेरो भ्वाइस युनिभर्स सिजन–२ को विजेता प्रथम गुरुङ घोषित हुनुभएको छ । यस्तै मेरो डान्स युनिभर्स...












