ताजा समाचार

रेष्ट इभेन्ट्सको ‘एसईई सुपर मोडल २०२६’: सौरभ सिटौला र आर्याना सिंह बने विजेता

काठमाडौँ । नेपालका कान्छा कोरियोग्राफर गौरव सिटौलाका भाइ सौरभ सिटौला र आर्याना सिंह यस वर्षको “मिस्टर एण्ड मिस एसईई सुपर मोडल २०२६ (भोल्युम ५)” को विजेता बन्न सफल भएका छन् । एभरेष्ट इभेन्ट्सको आयोजना तथा भ्यालेन्टिनो इन्टरनेशनल कलेज अफ फेसनको सहभागितामा सम्पन्न सो प्रतियोगितामा छात्रतर्फ सौरभ र छात्रातर्फ आर्यानाले मुख्य उपाधि चुमेका हुन् ।

एसईई उत्तीर्ण गरेका प्रतिभाशाली युवायुवतीहरूलाई आफ्नो क्षमता, व्यक्तित्व र नेतृत्व गुण प्रदर्शन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले आयोजित उक्त प्रतियोगितामा दुवै विजेताले निर्णायक मण्डलको मन जित्दै सर्वोच्च सम्मान प्राप्त गरे ।

प्रतियोगिताका मुख्य विजेता द्वय सौरभ र आर्यानाले नगद रु. २ लाख पुरस्कार, स्मार्ट फोन तथा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने सुनौलो अवसर प्राप्त गरेका छन् । यसका साथै दुवै विजेताका लागि एभरेस्ट फिल्म एकेडेमीमा रु. १ लाख बराबरको छात्रवृत्ति समेत सुरक्षित गरिएको छ ।

त्यस्तै, प्रतियोगितामा सहभागी प्रत्येक प्रतिस्पर्धीले +२ (विज्ञान, व्यवस्थापन, मानविकी) अध्ययनका लागि २० विभिन्न कलेजहरूमा छात्रवृत्ति प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा विधागत रूपमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हासिल गर्ने प्रतिस्पर्धीहरू निम्न बमोजिम छन्:

विजेता तथा प्रतिस्पर्धीहरूका लागि विभिन्न संस्थागत सहकार्य मार्फत अतिरिक्त अवसरहरूको घोषणा गरिएको छ:

-आशिका एकेडेमी: व्यावसायिक मेकअप कोर्सको अवसर ।
-नेपाल एयरहोस्टेस एकेडेमी: विशेष छात्रवृत्ति ।
-फिटनेस प्याकेज: सीजीजी स्पोर्ट्स हबबाट बक्सिङ र ‘मुए थाई’ फिटनेस प्याकेज ।
-गिफ्ट ह्याम्पर्स: फलफूल रत्नहरू तथा ओप्स नेपालद्वारा आकर्षक उपहारहरू ।
-ग्ल्यामर क्षेत्रमा प्रवेश: विज्ञापन, म्यागजिन र पत्रिकाहरूमा फिचर हुने अवसरका साथै म्युजिक भिडियो र सर्ट फिल्म प्रोडक्सन सुटहरूमा अभिनय गर्ने मौका ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org