धेरै कमाउने सूचीमा शाहरुख, अमिताभ, सलमान र अक्षय
न्यूयोर्क । अमेरिकाको प्रसिद्ध पत्रिका फोबर्सले बलिवुडका सुपरस्टारहरु शाहरूख खान, अमिताभ बच्चन, सलमान खान र अक्षय कुमारलाई विश्वका कलाकारमध्ये धेरै पारिश्रमिक पाउनेको सूचीमा राखेको छ ।
उनीहरुको पारिश्रमिक हलिवुडका दिग्गज कलाकार राबर्ट डाउनी जूनियर र ब्रैड पिटको पारिश्रमिक बराबर हो । फोबर्सको सूचीमा रेस्लरबाट अभिनेता बनेका ड्वेन जानसन धेरै पारिश्रमिक कमाउने कलाकारहरुको सूचीको शीर्ष स्थानमा छन् ।
‘दिलवाले दुल्हनिया ले जाएँगे’देखि ‘चक दे इंडिया’ जस्ता फिल्ममा काम गरेका शाहरूख खान ‘वल्र्डस हाइएस्ट पेड एक्टर्स २०१६’को २० अभिनेताहरुको सूचीमा ८औँ स्थानमा छन् । शाहरुखले ३.३ करोड डलर कमाईका साथ ‘आयरन म्यान’ डाउनी जूनियर शाहरूखसँगै सूचीमा रहेका छन् ।
अक्षय कुमार ३.१५ करोड डलर कमाईका साथ हलिवुडको सबैभन्दा आकर्षक ब्रैड पिटको साथ १०औँ स्थानमा रहेका छन् । सूची अनुसार २.८५ करोड डलरको कमाईका साथ ‘बजरंगी भाईजान’ सलमान खान १४औँ स्थानमा छन् ।
सलमानसँगै अस्कर विजेता अभिनेता लियोनाडरे डिकैप्रियो भन्दा एक स्थान अगाडि छन् । डिकैप्रियो २.७ करोड डलर कमाईका साथ १५औँ स्थानमा छन् । २.०५ करोड डलर कमाईका साथ ‘इंडिपेंडेंस डे’का कलाकार विल स्मिथ १७औँ स्थानमा छन् । एजेन्सी
Comments
अरु समाचार
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
हावा चलेछ क्यारेमा सरोज र पार्वति, समिक्षाको आवाज (भिडियो)
काठमाडाैं । डा. आदित्य जोशी र समिक्षा अधिकारीको स्वरमा 'हावा चलेछ क्यारे' गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मेडिसिन...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...











