ताजा समाचार

विरामी भएर थलिएका माग्ने बुढाले भने, ‘सरकारको सहयोग चाहिन्न’

img_8551

न्युज-नेपाल संवाददाता/ काठमाडौं, २ असोज । छक्का पञ्जा चलचित्रको सफलतापछि हलमा देखिएका केदार घिमिरे ‘माग्नेबुढा’ एकाएक म त मन्त्रीको सालो बोलको गीतको सुटिङ्गमा भेटिए ।

गीतले चर्चा पाए पनि भिडियो भने नबनेको यो गीतमा अभिनय गर्दै केहीदिनदेखि विरामी भएर थलिएका माग्ने बुढाले आपूm ठिक हुँदै गएको बताएका छन् । पूर्ण रुपमा ठिक भइसकेको छैन, तर लगभग ठिक भइसकेँ उनले भने ।
औषधी धेरै प्रकारको सेवन गरिरहेकाले कमजोरी महशुस हुने गरेको भन्दै उनले पूर्ण रुपमा अभिनयमा आउन अझै केहि समय लाग्ने बताएका छन् ।

आफ्नो उपचार गर्न सरकारको पनि प्रस्ताव आएको बताउँदै उनले अहिले आफ्नो उपचार गर्न सक्ने नै अवस्था रहेको जानकारी दिएका छन् । आफ्नो स्वास्थ्य उपचारबारे चासो राख्ने शुभचिन्तकहरुप्रति आभार व्यक्त गर्दै उनले भोलीका दिनमा आवश्यक परेमा सबैको सहयोग चाहिने बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org