कपिल शर्मालाई फेरि अर्को झड्का,तीन बर्षसम्म जेल सजाय हुन सक्ने
काठमाडौं, ४ असोज । बलिउड अभिनेता तथा कमेडियन कपिल शर्मा विरुद्ध मुम्बईको वर्सोवा पुलिस स्टेशनमा फेरि अर्को उजुरी दर्ता भएको छ । कपिलले पर्यावरण नियमको उल्लंघन गरेको भन्दै उनकाविरुद्ध जुरी दर्ता गरिएको मुम्बई प्रहरीले जानकारी जनाएको छ ।
कपिलले गत बर्षको नोभेम्बर ७ मा अन्धेरी पश्चिमको म्हाडा कोलोनीअन्तर्गत पर्ने फोर बंगलोज इलाकामा एक बंगला किनेका थिए । उक्त बंगलामा कपिलले केही अवैध निर्माणका काम गरे र त्यहाँबाट निस्कने फोहोरलाई आफ्नो बंगलाको पछाडिको भागमा फालेपछि उनीमाथि आरोप लगाईएको हो । नियमको उल्लंघन गरेको भन्दै उपनगरीय राजस्व विभागका निर्देशकले कपिल विरुद्ध उजुरी दायर गरेको हो । एक हप्ताभित्र कपिल विरुद्ध दुई उजुरी दर्ता भएको प्रहरीले जनाएको छ ।
यसअघि कमेडियन कपिल र अर्का अभिनेता इरफान खान विरुद्ध अवैध निर्माणको केसमा उजुरी दायर गरिएको थियो । यदि यो आरोप प्रमाणित भएमा दुवैलाई एक महिनादेखि तीन बर्षसम्मको जेल सजाय हुन सक्ने बताइएको छ । त्यस्तै, दुई हजारदेखि पाँच हजार रुपयाँसम्म जरिवाना तिराउन सकिने बताइएको छ । एजेन्सीको सहयोगमा गीता नेम्वाङ
Comments
अरु समाचार
-
दुई विदेशी कलाकारका कला साताव्यापी प्रर्दशन गरिने
काठमाडौँ: ‘आन्तरिक परिदृश्य’ शीर्षकमा दुई विदेशी कलाकारका कला साताव्यापी रूपमा प्रर्दशन गरिने भएको छ । ताइवानकी चाउ मेङ येह र...
-
फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु हुँदै
काठमाडौं । ‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु हुँदैछ । महोत्सव ललितपुरको यलमाया केन्द्रमा...
-
छठ गीतमा चर्चित ‘बिहारकी कोकिला’ शारदा सिन्हाको छठ पर्वमै निधन
काठमाडौँ ।‘बिहारकी कोकिला’ उपनामले प्रसिद्ध भारतीय गायिका शारदा सिन्हाको ७२ वर्षको उमेरमा मंगलबार नयाँदिल्लीको एम्स अस्पतालमा निधन भएको छ। सिन्हाले...
-
नेपाली चलचित्रका लागि चाडपर्व सुखद , हलदेखि ओटीटीसम्म दर्शकको साथ
काठमाडौं । नेपाली चलचित्रका लागि चाडपर्व सुखद देखिएको छ । दसैँ र तिहारमा हलसँगै ‘ओभर दी टप’ (ओटीटी) का विभिन्न...
-
घमेश दुलालले ल्याए खर्च दशैंलाई (भिडियो)
काठमाडाैं । चर्चित गायक घमेश दुलालले 'खर्च दशैंलाई' बोलको गितको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलालले आफ्नै युट्युब...
-
‘बन्दी जीवनका अत्यासलाग्दा कथाहरु’ लोकार्पण, ६ स्रष्टा सम्मानित (तस्बिरहरुसहित)
काठमाडौँ, ५ असोज । शमी साहित्य प्रतिष्ठानको आयोजनामा शनिबार काठमाडौंमा साहित्य साधना सम्मान तथा पुस्तक लोकार्पण समारोह सम्पन्न भएको छ...
-
राष्ट्रिय नाटक महोत्सव’मा छवटा नाटक मञ्चन गरिँदै
काठमाडौं । वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको १००औँ जन्मजयन्तीका अवसरमा आयोजित राष्ट्रिय नाटक महोत्सवमा छ नाटक मञ्चन गरिने छ । हरिप्रसाद...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
दिनेश डीसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त
काठमाडौं । सरकारले दिनेश डीसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले चलचित्र निर्देशक...