‘सत्यदीप’की नायिका पब्लिसिटीबाट आउट
काठमाडौं । चलचित्र प्रदर्शनको समयमा प्रचार प्रसारका लागि निर्माण युनिटलाई कलाकारको साथ चाहिन्छ । तर पछिल्लो समय प्रदर्शनमा आएका र आउन लागेका केही चलचित्रलाई कलाकारले साथ नदिएका समाचारहरू मिडियामा छाउने गरेका छन् ।
निमार्ण समयमा हरेक समय साथ दिने बचन सहित चलचित्र आफ्नो पोल्टामा पारे पनि प्रचार प्रचारको समयमा बिभिन्न बहानामा कलाकारहरू भाग्ने गरेका छन् । जसका कारण निर्माण युनिटले त्यस्ता कलाकारलाई चलचित्र प्रचार–प्रसारभन्दा बाहिर राख्ने गरेको देख्न सकिन्छ । अक्सर यो समस्या नव कलाकारमा देखिएको छ ।
यस्तै प्रचार प्रसारमा साथ नदिएको भन्दै १४ असोजमा प्रदर्शनमा आउने चलचित्र ‘सत्यदीप’ले अभिनेत्री सबिना केसीलाई प्रचार–प्रसारभन्दा बाहिर राख्ने निर्णय गरेको छ । फुर्सद हुँदा–हुँदै प्रचार प्रसारमा निर्माण युनिटलाई साथ नदिएको भन्दौ केसीलाई प्रचार प्रसार भन्दा बाहिर राख्ने निर्णय गरेको हो ।
‘पटक पटक खबर गर्दा पनि आउँछु भन्ने, कुराउने तर नआउने गरेको कारण सबिनालाई मिडिया पब्लिसिटबाट बाहिर राख्ने निर्णय गरेका हो’, निर्माता बिनयराम श्रेष्ठले भने, ‘यो मेरो मात्र होइन, पूरै युनिटको निणर्य हो ।’ चलचित्र खेल्ने बेलामा पछि लाग्ने अहिले चलचित्रलाई आवश्यक पर्दा बिभिन्न बहाना बनाउनेलाई कारबाही गर्नै पर्ने उनको भनाई रहेको छ ।
चलचित्र ‘सत्यदीप’ बिनयराम श्रेष्ठको निर्माण र पुष्कर घिमिरेको डेब्यु निर्देशन रहेको चलचित्र हो । गीत संगीतकै माध्यमबाट समाजमा सकरात्मक सन्देश दिन सकिन्छ भन्ने सन्देश प्रवाह गर्ने ‘सत्यदीप’मा रबि गिरी, उमा बेबी, दीब्यश्वर गौतम, सबिना केसी, जीवन गिरी, श्याम केसीलगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।
प्रेम रोमान्स र एक्सनले भरिपुर्ण चलचित्रले भ्रष्टहरूलाई समाजबाट बहिस्कार गर्न युवाहरुले आवाज बुलन्द पार्नु पार्ने कथा उठाएको छ ।
उपत्यकाको आसपासमा दृश्य समेटिएको चलचित्रमा शम्भु सापकोटाको छायाँकन, कमल राइको नृत्य र अष्ट महर्जनको द्वन्द्व छ ।
चलचित्रमा अर्जुन पोखरेलका संगीतकमा निकै कणप्रिय गीतहरु समेटिएका छन् ।
Comments
अरु समाचार
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...
-
महाकाव्यमै मदन पुरस्कार विजेता लम्सालको चौथो महाकाव्य कल्प आउँदै
काठमाडौँ । अग्नि महाकाव्यका लागि २०७८ को मदन पुरस्कार विजेता कवि डा. नवराज लम्सालको चौथो महाकाव्य कल्प सार्वजनिक हुने भएको...
-
मेरो डान्स युनिभर्स सिजन–२ को विजेता रिस्ता गुरुङ
पाटन (ललितपुर), ८ भदौः मेरो भ्वाइस युनिभर्स सिजन–२ को विजेता प्रथम गुरुङ घोषित हुनुभएको छ । यस्तै मेरो डान्स युनिभर्स...












