लोक दोहोरी प्रतिष्ठानको छैठौं महाधिवेशन सुरु
काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान केन्द्रीय कार्यसमितिको छैठौं महाधिवेशन शनिबारबाट राजधानीमा सुरु भएको छ ।
करिब ४० हजारभन्दा बढी सदस्य रहेको लोकदोहोरी प्रतिष्ठानको देशभरका करिब २५ सय प्रतिनिधि उपस्थित भएको छैठौं महाधिवेशनलाई नेपाल सरकारका उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले समुद्घाटन गरेका हुन् ।
प्रतिष्ठानका अध्यक्ष चन्द्र शर्माको सभापतित्वमा भएको कार्यक्रममा लोक तथा दोहोरी गीत क्षेत्रका वरिष्ठदेखि कनिष्ठको उपस्थित रहेको थियो ।
प्रतिष्ठानका संस्थापक अध्यक्ष अमर विरही गुरुङ, पूर्व अध्यक्षहरु प्रजापति पराजुली, दुर्गा रायमाझी, पुरुषोत्तम न्यौपाने लगायत प्रतिष्ठानका सल्लाहकार एवं विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
महाधिवेशनको समुद्घाटन सत्रमा लोक तथा दोहोरी गीतको क्षेत्रमा विगत लामो समयदेखि क्रियाशील रहेका स्रष्टा एवं पत्रकारलाई सम्मान एवम् पुरस्कार प्रदान गरिएको थियो ।
पूर्वको झापामा रहेर पूर्वका गाउँगाउँमा लोकगीत गाउँदै हिंड्ने एलपी जोशीलाई प्रतिष्ठानले ५५ हजार ५ सय राशिसहित ताम्रपत्र र दोसल्ला ओढाएर लोक स्रष्टा सम्मान २०७३ प्रदान गरेको छ ।
रिटिङरिटिङ नबजाउ बिनायोदेखि दर्जनौं गीतहरु गाइसकेका एलपी जोशीलाई गीतसंगीत क्षेत्रमा पु-याएको योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरिएको हो ।
त्यस्तै अमर स्रष्टा नारायण पाण्डे स्मृति प्रतिभा पुरस्कारबाट प्रत्यक्ष दोहोरीमा उल्लेख्य योगदान पु-याएका स्रष्टा तेजबहादुर केसीलाई पुरस्कृत गरिएको थियो । केसीलाई २५ हजार राशिसहित ताम्रपत्र एवं दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
विगत डेढ दशकदेखि पत्रकारितामा क्रियाशील रहँदै आएका म्यूजिक खबरका प्रधान सम्पादक सुमन बैरागीलाई यसवर्षको लोक पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । बैरागीलाई रु ११ हजार राशिसहित दोसल्ला र ताम्रपत्रद्वारा सम्मान गरिएको थियो ।
लोक गीतसंगीतलाई जनस्तरसम्म पु-याउन र लोकदोहोरीको विकास, विस्तारका साथै विकृति विरुद्ध पनि औंला उठाउँदै लोकसंगीतलाई नै आत्मसात गर्दै आएका बैरागीलाई पत्रकारितको माध्यमबाट पु¥याएका योगदानको कदर गर्दै सम्मान गरिएको हो ।
त्यसैगरी प्रस्तोता समाजका अध्यक्ष हेमन्त शर्मालाई आजीवन सदस्यको प्रमाणपत्रसहित सम्मान गरिएको थियो भने बाग्लुङ कालिका गुठीलाई पनि सम्मान गरिएको थियो । सम्मानित एवं पुरस्कृत व्यक्तित्वहरुलाई कार्यक्रमका प्रमुख अतिथि उपराष्ट्रपति पुनका हातबाट सम्मान प्रदान गरिएको थियो ।
कार्यक्रमलाई स्वागत गर्दै प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष बद्री पंगेनीले नाचेर, गाएर मात्र बाँच्ने अवस्था नभएका कारण यसको व्यवस्थापनमा सरकारले पनि ध्यान दिनुपर्ने भन्दै कार्यक्रमका प्रमुख अतिथि नन्दबहादुर पुनसमक्ष स्रष्टाहरुको हकअधिकारका कुराहरु पनि सदनसमक्ष पु-याइदिन आग्रह गरेका थिए ।
त्यस्तै प्रमुख अतिथि उपराष्ट्रपति नन्दबहादुर पुनले लोकगीत भनेको संस्कृतिको जननी भएको बताउँदै सरकारी तबरबाट पनि लोकसंस्कृतिको सम्बद्र्धन र प्रबद्र्धनमा ध्यान दिन आफूले सक्दो पहल गर्ने बताएका थिए ।
लोक दोहोरी गीतका हस्तीहरुको नाम लिँदै पुनले आफ्नो पहिचान भनेकै संस्कृति हो । विभिन्न जातजाति, भाषा धर्मभित्र रहेको लोक कला र लोकसंस्कृतिको क्षेत्रमा सरकारको ध्यान जानुपर्ने जरुरी भएको बताउँदै पुनले आफूले सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
त्यस्तै कार्यक्रममा प्रस्तोता समाजका अध्यक्ष हेमन्त शर्मा, संगीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारी, गायक कुमार बस्नेत, नन्दकृष्ण जोशी, एलपी जोशी, ऋषि धमाला, प्रतिष्ठानका संस्थापक अध्यक्ष अमर विरही गुरुङ, एवं पूर्व अध्यक्षहरुले महाधिवेशनको शुभकामना दिँदै हटाउने होइन सबैलाई अटाउने संस्थाका रुपमा प्रतिष्ठान अघि बढोस् भन्ने शुभकामना दिएका थिए ।
त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष चन्द्र शर्माले आफ्नो कार्यकालमा सकेसम्मको राम्रो काम गरेको बताउँदै आगामी दिनमा पनि आउने नयाँ कार्यसमितिले संस्थाप्रति कटिबद्ध भएर संस्थाको हकअधिकारका लागि अघि बढ्न आग्रह गरेका थिए ।
१८ लाख रहेको कलाकार कल्याणकारी कोषमा शर्माले आफ्नो कार्यकालमा ५१ लाख पु¥याएको बताएका थिए भने प्रतिष्ठानको भवन निर्माणका लागि ७ लाख रकम जम्मा भएको शर्माले बताए । कार्यक्रम संस्थाका महासचिव रमेश बिजीले संचालन गरेका थिए ।
विहान १० बजे भृकुटीमण्डबाट सुरु हुने भनिएको झाँकीसहितको -यालीलाई वर्षाका कारण अवरोध पुगेको थियो । वर्षा हुँदै गर्दा पनि देखाइएको विभिन्न जिल्लाबाट आएका प्रतिनिधिको झाँकीलाई पनि निर्णायकहरुले मूल्यांकन गरि पुरस्कृत गरिएको थियो ।
प्युठानको तरबार नृत्यको झाँकी प्रथम भएको थियो भने ललितपुरको खैचडीसहितको नाचगान द्वितीय भएको थियो । त्यस्तै नवलपरासीको लठ्ठी नाचले तृतीय पुरस्कार जितेको थियो भने नुवाकोटको लाखे नाचले भने सान्तवना पुरस्कार प्राप्त गरेको थियो । पुरस्कारको राशि भने क्रमशः १० हजार, ७ हजार, ५ हजार र ३ हजार रहेको छ ।
Comments
अरु समाचार
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...
-
महाकाव्यमै मदन पुरस्कार विजेता लम्सालको चौथो महाकाव्य कल्प आउँदै
काठमाडौँ । अग्नि महाकाव्यका लागि २०७८ को मदन पुरस्कार विजेता कवि डा. नवराज लम्सालको चौथो महाकाव्य कल्प सार्वजनिक हुने भएको...
-
मेरो डान्स युनिभर्स सिजन–२ को विजेता रिस्ता गुरुङ
पाटन (ललितपुर), ८ भदौः मेरो भ्वाइस युनिभर्स सिजन–२ को विजेता प्रथम गुरुङ घोषित हुनुभएको छ । यस्तै मेरो डान्स युनिभर्स...












