बिरामी माग्नेले गरे मन्त्रिलाई घोचपेच
काठमाडौं, १३ असोज । हाँस्य कलाकार केदार घिमिरे (माग्ने बुढा) विगत ४ महिनादेखि बिरामी छन् । पेटको समस्याका कारण थला परेका उनी आफैँले गाएको गीतको म्युजीक भिडियोमा देखिएका छन् ।
केहि वर्ष अगाडि रेकर्ड गरिएको “मन्त्रीको सालो” बोलको व्यंग्यात्मक गीतमा उनी पनि देखिएका हुन् । स्वास्थ्य स्थितिमा केहि सुधार भएपछि उनले सो भिडियोका लागि समेत केहि दृश्यहरु दिएका छन् । पूर्ण रुपमा सन्चो नभएकाले माग्ने बुढा आफैँ मन्त्रीको सालोका रुपमा प्रस्तुत हुन भने सकेका छैनन् । मन्त्रीलाई घोचपेच गरिएको यस गीतका शब्द सिर्जना माग्ने बुढा आफैँले गरेका हुन् भने गीतमा हरि लम्सालको संगीत छ । दीपक आचार्यको निर्देशनमा गीतको म्युजीक भिडियो तयार भएको हो ।
भिडियोमा माग्ने बुढासँगै दीपक आचार्य, विनोद राई (घ्याम्पे सुब्बा), बेगम नेपाली (भटभटे), दिनेश काफ्ले, सुबोध गौतम, सुनिता ठाकुर, भरत बस्नेतलगायत देखिएका छन् । गोकुल अधिकारीको छायाँकन र अमन मानन्धरको सम्पादन रहेको व्यंग्यात्मक गीतको भिडियो यस्तो छ ।
Comments
अरु समाचार
-
फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु हुँदै
काठमाडौं । ‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु हुँदैछ । महोत्सव ललितपुरको यलमाया केन्द्रमा...
-
छठ गीतमा चर्चित ‘बिहारकी कोकिला’ शारदा सिन्हाको छठ पर्वमै निधन
काठमाडौँ ।‘बिहारकी कोकिला’ उपनामले प्रसिद्ध भारतीय गायिका शारदा सिन्हाको ७२ वर्षको उमेरमा मंगलबार नयाँदिल्लीको एम्स अस्पतालमा निधन भएको छ। सिन्हाले...
-
नेपाली चलचित्रका लागि चाडपर्व सुखद , हलदेखि ओटीटीसम्म दर्शकको साथ
काठमाडौं । नेपाली चलचित्रका लागि चाडपर्व सुखद देखिएको छ । दसैँ र तिहारमा हलसँगै ‘ओभर दी टप’ (ओटीटी) का विभिन्न...
-
घमेश दुलालले ल्याए खर्च दशैंलाई (भिडियो)
काठमाडाैं । चर्चित गायक घमेश दुलालले 'खर्च दशैंलाई' बोलको गितको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलालले आफ्नै युट्युब...
-
‘बन्दी जीवनका अत्यासलाग्दा कथाहरु’ लोकार्पण, ६ स्रष्टा सम्मानित (तस्बिरहरुसहित)
काठमाडौँ, ५ असोज । शमी साहित्य प्रतिष्ठानको आयोजनामा शनिबार काठमाडौंमा साहित्य साधना सम्मान तथा पुस्तक लोकार्पण समारोह सम्पन्न भएको छ...
-
राष्ट्रिय नाटक महोत्सव’मा छवटा नाटक मञ्चन गरिँदै
काठमाडौं । वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको १००औँ जन्मजयन्तीका अवसरमा आयोजित राष्ट्रिय नाटक महोत्सवमा छ नाटक मञ्चन गरिने छ । हरिप्रसाद...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
दिनेश डीसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त
काठमाडौं । सरकारले दिनेश डीसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले चलचित्र निर्देशक...
-
वरिष्ठ नेत्र विशेषज्ञ डा रुइत सम्मानित
काठमाडौं । ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँले तिलगङ्गा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक डा.सन्दुक रुइत आँखा उपचारका क्षेत्रमा पुर्याउनुभएको विशिष्ट...