दशैंलाई साहित्यमय बनाउन गजल महोत्सव आयोजना
भक्तपुर, १६ असोज । दसैँको आगमनसँगै दशैंलाई साहित्यमय बनाउन नगरकोट नगरपालिका, ताथलीमा गजल महोत्सव आयोजना गरिएको छ ।
शनिबार आयोजित कार्यक्रममा गजलगो रामबहादुर पहाडी र रोशनकुमार राजभण्डारी, प्रा डा चूडामणि बन्धुले ताथलीका नवोदित गजलगो तथा स्रष्टाको प्रयासका कारण ताथली गजलग्राम बनेको बताउनुभयो ।
महोत्सवमा सहभागी गजलगोले देशले अहिले भोगिरहेका विभिन्न समस्यालाई विषयवस्तु बनाएर गजल वाचन गरेका थिए । कार्यक्रममा विकास प्रहर, प्रदीप मैनाली, राजेन्द्र कोजू, सागर समिर, आरती ढकाल, सञ्जिता पन्थ, दिलकुमार बाला, सिर्जना बस्नेत, अमृत थुयाजु, रमेश ‘कर्मशील मान्छे’, इच्छा इरानी, खोजक हरि, शीतल ‘दा¥ही भाइ’, आशिष तामाङ, प्रशान्त तामाङ लगायतले समसामयिक विषयमा गजलवाचन गर्नुभएको थियो भने गजल गायक राजसागरले गजल गाउनुभएको थियो ।
त्यसैगरी स्थानीय रोम्बस नेसनल सेकेन्डरी स्कुलले शिक्षक, अभिभावक र विद्यार्थीलाई एकै ठाउँमा सहभागी गराई गजल तथा विभिन्न रचनावाचन गराएर दसँै कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा स्कुलका प्रिन्सिपल राजेन्द्र कोजूले लेखेको ‘मेरो सपनाको अर्को कुनै गाउँ छैन÷सजाउन तिमीलाई कुनै ठाउँ छैन’ गजललाई अभिभावक प्रभात थापाले स्वर र सङ्गीत दिएर गाउनुभएको थियो । सो अवसरमा विद्यालय निरीक्षक विमल निरौला, गायक तथा सङ्गीतकार राजसागर, गायिका दीपा पन्त र निशा योञ्जनले गीत एवम् सङ्गीत प्रस्तुत गरेर दसँैको शुभकामना आदानप्रदान गरेका थिए ।
कार्यक्रममा विद्यालय सञ्चालक समितिका अध्यक्ष सरिता कोजू, अभिभावक जिना रञ्जितकार, शिक्षक अम्बिका ढकाल, जयराम कार्की, भक्तपुर साकोसका अध्यक्ष बलराम प्रजापति र कक्षा १० का छात्रा मेरिट कोजू एवम् सिर्जना बस्नेतले पनि रचनावाचन गर्नुभएको थियो । रासस
Comments
अरु समाचार
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
हावा चलेछ क्यारेमा सरोज र पार्वति, समिक्षाको आवाज (भिडियो)
काठमाडाैं । डा. आदित्य जोशी र समिक्षा अधिकारीको स्वरमा 'हावा चलेछ क्यारे' गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मेडिसिन...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...












