आदर्श विद्या मन्दिरद्वारा ‘दि लायन किङ’ मञ्चन
काठमाडौँ, १७ असोज । आदर्श विद्या मन्दिर मानभवन ललितपुरले आफ्नो स्वर्णजयन्तीको उपलक्ष्यमा आइतबार आर्मी अफिसर्स क्लबमा ‘दि लायन किङ’ मञ्चन ग¥यो ।
सन् १९९४ मा निर्मित डिज्ने वल्र्डमा आधारित यो साङ्गीतिक नाटक ब्रोडवे कम्पनीको तेस्रो सबैभन्दा लामो चलचित्र हो । कम्पनीको यो चलचित्रले सबैभन्दा धेरै एक अर्ब डलरभन्दा बढी कमाएको थियो । यो नाटकमा विशेषतः प्रकृतिको संरक्षण र वन्यजन्तुप्रति सम्मान दर्शाउनुपर्ने सन्देश रहेको छ ।
सिंहराजा मुसाफाले आफ्नो छोरो सिम्बालाई संसारको पर्यावरणीय चक्रबारे जानकारी दिएको हुन्छ र उसलाई आफ्नो मुलुकको सिमाना नाघेर नजान चेतावनी पनि दिएको हुन्छ ।
एकदिन राजगद्दीको लालसा राख्ने आफ्नै भाइ स्कारको षडयन्त्रका कारण जङ्गली भैँसीहरुको धक्कामुक्काबाट सिंहराजा मारिन्छ । तर ऊ आफ्नो छोरो सिम्बालाई भने बचाउन सफल हुन्छ । सिम्बा बुबाको मृत्युपछि मुलुकबाहिर भट्किन पुग्छ र आफ्नो पहिचान नै भुल्न पुग्छ । यसपछि भने प्राणीहरुको त्यो रमाइलो संसारमा खाना र पानीको अभाव हुन्छ । सिम्बाले एकदिन पोखरीमा आफ्नो अनुहार हेरेपछि आफू बलशाली सिंहराजाको सन्तति भएको थाहा पाउँछ । ऊ स्वदेश फर्कन्छ र आफ्नो राज्य हातमा लिन आफ्नै काकासँग लडाइँ गर्छ ।
नाटक मञ्चन भइरहुन्जेल दर्शकहरु मन्त्रमुग्ध हुनपुग्छ । सङ्गीत कर्णप्रिय छ र संवाद सन्देशमूलक र सरल छन् ।
एक सय २५ विद्यार्थीहरुको यो सामूहिक प्रयास यो कारण प्रशंसायोग्य रह्यो कि नाटक अवधिभर कुनै पनि पात्रप्रति खोट लगाउने ठाउँ भेटिँदैन । कलाकारहरुमा विशेषतः अभय बज्राचार्य ९मुसाफा०, रेबिका घिमिरे ९बेबी सिम्बा० र अनिश मानन्धर ९स्कार० को अभिनय कला तारिययोग्य छन् ।
चौथो पटक मञ्चित यस नाटकबाट सङ्कलित रकम बुङ्गमतीस्थित आदर्श सल विद्यालयका अपाङ्गता भएका विद्यार्थीहरुलाई प्रदान गरिने आदर्श विद्या मन्दिरका प्राचार्य सुजिता मानन्धर बताउनुहुन्छ । यो विद्यालय प्रख्यात शिक्षाप्रेमी स्व। सत्यनारायण बहादुर श्रेष्ठले स्थापना गर्नुभएको हो ।
Comments
अरु समाचार
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...
-
महाकाव्यमै मदन पुरस्कार विजेता लम्सालको चौथो महाकाव्य कल्प आउँदै
काठमाडौँ । अग्नि महाकाव्यका लागि २०७८ को मदन पुरस्कार विजेता कवि डा. नवराज लम्सालको चौथो महाकाव्य कल्प सार्वजनिक हुने भएको...
-
मेरो डान्स युनिभर्स सिजन–२ को विजेता रिस्ता गुरुङ
पाटन (ललितपुर), ८ भदौः मेरो भ्वाइस युनिभर्स सिजन–२ को विजेता प्रथम गुरुङ घोषित हुनुभएको छ । यस्तै मेरो डान्स युनिभर्स...












