फेस्टिभलमा नेपालका १९ फिल्मको सहभागिता

काठमाडौं- अखिल नेपाल चलचित्रकर्मी संघको आयोजनामा आगामी २७ पुषबाट माघ २ सम्म धरानमा हुने ‘इन्टरनेशलन फिल्म फेस्टिबल अफ नेपाल–२०१७’ (इफोन) मा विभिन्न १६ देशका ४८ ओटा चलचित्र चयन भएका छन्।
अखिल नेपालच चलचित्रकर्मी संघको आयोजनामा हुन लागेको यो फेस्टिबलमा नेपालबाट अन्तर्राष्ट्रिय र नेपाल पानोरमामा गरी चलचित्र, बृत्तचित्र र लघु चलचित्र गरी १९ ओटा फिल्म चयन भएको महोत्सब संयोजक केपी पाठकले जानकारी गराए। जस अन्तर्गत अन्तर्राष्ट्रिय कम्पिटिसन अन्तर्गत फिक्सन फिभरमा नेपालबाट मिन भाम निर्देशित ‘कालो पोथी’ र मनोज पण्डित निर्देशित ‘छायाँ’ परेको छ।
यस्तै डकुमेन्ट्री तर्फ अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालबाट दुई ओटा वृत्तचित्र परेका छन्। अन्तर्राष्ट्रिय महोत्सवमा दर्जन भन्दा बढी अवार्ड जितेको गणेश पाण्डे निर्देशित वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ र भोजराज भाट निर्देशित वृत्तचित्र ‘सुनकली’ चयन भएको पनि संयोजक पाठकले जनाए।
नेपाल पानोरमा तर्फ फिल्म विधामा हिमग्यापी टासी निर्देशित नवल खड्काको फिल्म ‘भिमदत्त’, अरुण प्रधान निर्देशित पहिलो याख्खा भाषाको फिल्म ओम्ला, दिनेश पाल्पाली निर्देशित फिल्म बालकृष्ण सम चयन भएका छन्।
नेपाल पानोरमा अन्तर्गत वृत्तचित्रको प्रतिस्पर्धामा सचिन घिमिरे र गौरब केसी निर्देशित मानवशास्त्री डोरबहादुर बिष्टको जीवनीमा आधारित वृत्तचित्र ‘म अलप हुन चाहन्छु’ चयन भएको छ। यो वृत्तचित्र महोत्सवको उद्घाटन समारोहमा प्रदर्शन गरिने भएको छ। यस्तै रामबहादुर रसाईली निर्देशित अपाङको पीडा, दिनेश खड्गी शाही निर्देशित ‘लाईफ डजन्ट रिवाईन्ड’ वृत्तचित्र पनि यो प्रतिस्पर्धामा रहेको छ। अखण्ड भण्डारी निर्देशित चेपाङ समुदायको जीवनीमा आधारित वृत्तचित्र ‘द केभ स्माइल’ अप्रतिस्पर्धी विधामा परेको छ।
नेपाल पानोरमाकै लघु फिल्मको प्रतिस्पर्धामा सुसन प्रजापति निर्देशित ‘लाज’, कला संग्रौला निर्देशित ‘बुट्टेजामा’, प्रशन्न माली निर्देशित ‘तिर्खा’, भिम विश्वकर्मा निर्देशित ‘शून्य’, राकेश महर्जन निर्देशित ‘कल्ली’, सुवास गजुरेल निर्देशित ‘हरेरामकी आमा’, सेनामा ग्याङजो तामाङ निर्देशित ‘झा लो’, प्रेम राउत र सागर बिक्रम कडरी निर्देशित ‘डोम समाज’ यो फेस्टिभलमा चयन भएका छन्।
महोत्सबको उद्घाटन आगामी २७ पुस बिहान १० बजे विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रेक्षालयमा हुनेछ। फेस्टिभल ५ दिनसम्म चल्नेछ।
Comments
अरु समाचार
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...
-
महाकाव्यमै मदन पुरस्कार विजेता लम्सालको चौथो महाकाव्य कल्प आउँदै
काठमाडौँ । अग्नि महाकाव्यका लागि २०७८ को मदन पुरस्कार विजेता कवि डा. नवराज लम्सालको चौथो महाकाव्य कल्प सार्वजनिक हुने भएको...
-
मेरो डान्स युनिभर्स सिजन–२ को विजेता रिस्ता गुरुङ
पाटन (ललितपुर), ८ भदौः मेरो भ्वाइस युनिभर्स सिजन–२ को विजेता प्रथम गुरुङ घोषित हुनुभएको छ । यस्तै मेरो डान्स युनिभर्स...












