पर्दामा नायिकाद्वय केकी र बेनिसाको भिडन्त
काठमाडौं । अभिनेत्रीद्वय केकी अधिकारी र बेनिसा हमाल खुबै मिल्छन् । उनीहरू एक–अर्कालाई ‘बेस्ट फ्रेन्ड’ मान्छन् । दुवैले ‘स्वर’ फिल्मबाट डेब्यु गरेका थिए । त्यति वेलादेखि नै उनीहरूबीच मित्रता झाँगिएको हो । उनीहरू यति धेरै नजिक छन् कि जहाँ भए पनि एक–अर्काको अवस्थाबारे ‘अपडेट’ भइरहन्छन् । तर, यिनै सँगिनीको पर्दामा भिडन्त हुँदै छ । केकी अभिनीत ‘लभ सासा’ र बेनिसा अभिनीत ‘किङ’ बिहीबारदेखि प्रदर्शनमा आएका छन् । दुवैले एक–अर्कालाई सफलताको शुभकामना त दिएका छन्, तर एकले अर्कालाई दिएको ‘दुवा’ कति लाग्छ, त्यो भने केही दिनमै छर्लंग हुनेछ । केकी र बेनिसाले नवल नेपाल निर्देशित ‘महसुस’ फिल्ममा सँगै अभिनय गरेका थिए । सो फिल्ममा बेनिसाभन्दा केकीको अभिनयले चर्चा पाएको थियो । एक–अर्काका घनिष्ठ मित्र भएकाले मंगलबार भएको केकी अभिनीत लभ सासाको प्रिमियरमा बेनिसा पनि उपस्थित भएकी थिइन् । बेनिसाले केकीको लभ सासा र केकीले बेनिसा अभिनीत किङको सफलताको कामना गरे। ‘बेनिसाको फिल्म चल्नैपर्छ,’ केकी भन्छिन्, ‘म उसको फिल्म हिट भएको हेर्न चाहन्छु ।’ बेनिसा पनि केकीको फिल्म चल्नुपर्ने धारणा राख्छिन् । ‘मेरी साथी केकीको फिल्म चल्नुपर्र्छ । म कामना गर्छु, हामी दुवैका फिल्म चलून्,’ बेनिसा भन्छिन् । कुनै दिन आफूहरूको फिल्म जुध्लान् भन्ने केकी र बेनिसा दुवैले सोचेका पनि थिएनन् रे । ‘हाम्रा फिल्म सँगै रिलिज होलान् भन्ने कहिल्यै सोचेका थिएनौँ,’ दुवैजनाको एउटै बोली छ, ‘यो सबै समयको खेल हो । दुवैका फिल्म सफल हुन्छन् भन्ने विश्वास हाम्रो छ ।’ प्रचण्डमान श्रेष्ठको निर्देशनमा माधव वाग्लेले निर्माण गरेको लभ सासा मल्टिप्लेक्सका दर्शकलक्षित फिल्म हो भने सबिर श्रेष्ठको निर्देशनमा जयन श्रेष्ठले निर्माण गरेको किङलाई सिंगल थिएटर फिल्म मानिएको छ । किङमा बेनिसाका साथ निखिल उप्रेती प्रमुख भूमिकामा छन् । त्यसैगरी, लभ सासामा केकीका साथ कर्मा र आसिफ शाह प्रमुख छन् । किङ र लभ सासाका साथमा सौगात मल्ल स्टारर ‘शब्द’ पनि बिहीबारदेखि नै प्रदर्शनमा आएको छ ।
Comments
अरु समाचार
-
फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु हुँदै
काठमाडौं । ‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु हुँदैछ । महोत्सव ललितपुरको यलमाया केन्द्रमा...
-
छठ गीतमा चर्चित ‘बिहारकी कोकिला’ शारदा सिन्हाको छठ पर्वमै निधन
काठमाडौँ ।‘बिहारकी कोकिला’ उपनामले प्रसिद्ध भारतीय गायिका शारदा सिन्हाको ७२ वर्षको उमेरमा मंगलबार नयाँदिल्लीको एम्स अस्पतालमा निधन भएको छ। सिन्हाले...
-
नेपाली चलचित्रका लागि चाडपर्व सुखद , हलदेखि ओटीटीसम्म दर्शकको साथ
काठमाडौं । नेपाली चलचित्रका लागि चाडपर्व सुखद देखिएको छ । दसैँ र तिहारमा हलसँगै ‘ओभर दी टप’ (ओटीटी) का विभिन्न...
-
घमेश दुलालले ल्याए खर्च दशैंलाई (भिडियो)
काठमाडाैं । चर्चित गायक घमेश दुलालले 'खर्च दशैंलाई' बोलको गितको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलालले आफ्नै युट्युब...
-
‘बन्दी जीवनका अत्यासलाग्दा कथाहरु’ लोकार्पण, ६ स्रष्टा सम्मानित (तस्बिरहरुसहित)
काठमाडौँ, ५ असोज । शमी साहित्य प्रतिष्ठानको आयोजनामा शनिबार काठमाडौंमा साहित्य साधना सम्मान तथा पुस्तक लोकार्पण समारोह सम्पन्न भएको छ...
-
राष्ट्रिय नाटक महोत्सव’मा छवटा नाटक मञ्चन गरिँदै
काठमाडौं । वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको १००औँ जन्मजयन्तीका अवसरमा आयोजित राष्ट्रिय नाटक महोत्सवमा छ नाटक मञ्चन गरिने छ । हरिप्रसाद...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
दिनेश डीसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त
काठमाडौं । सरकारले दिनेश डीसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले चलचित्र निर्देशक...
-
वरिष्ठ नेत्र विशेषज्ञ डा रुइत सम्मानित
काठमाडौं । ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँले तिलगङ्गा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक डा.सन्दुक रुइत आँखा उपचारका क्षेत्रमा पुर्याउनुभएको विशिष्ट...