दृष्टिविहीनका लागि सप्तरीमा घर बनाउँदै जिग्री र पाँडे
काठमाडौं। हाँस्यकलाकार जोडी कुमार कट्टेल ‘जिग्री ‘र अर्जुन घिमिरे ‘पाँडे’ यतिबेला सप्तरीको एक दलित बस्तीमा दृष्टिविहीनका लागि घर बनाउने अभियानमा जुटेका छन् । दाजु–भाउजू सीताराम कट्टेल ‘धुर्मुस ‘र कुञ्जना घिमिरे ‘सुन्तली’को समाजसेवाको पदचाप पछ्याउँदै कुमार कट्टेल पनि समाजसेवामा लागेका हुन् ।
जिग्री-पाँडे फाउन्डेस स्थापना गरेर उनीहरू कलाकारिताका साथै समाजसेवामा पनि लागेका छन् । गत बिहीबार बिहीबार सप्तरी गमहरिया प्रवाह–४ स्थित पट्टिटोल पुगेका चर्चित हास्यशृंखला ‘भद्रगोल’ का यी कलाकारले १७ जनाको संयुक्त परिवारमा रहेका तीन भाइका लागि तीनवटा वातावरण र अपांगमैत्री घर बनाइदिने घोषणा गरेका हुन् ।
सामाजिक अभियान्ता बाराका रमेशप्रसाद शाहका साथमा सप्तरी पुगेका उनीहरूले मण्डल परिवारको दयनीय अवस्था देखेर उनीहरूलाई लत्ताकपडाका साथै खाद्यान्न वितरण गरेका थिए । ‘भगवान शिवले पनि गरिब, असहाय, दीनदुःखीको सेवा गर्नु नै धर्म भएको बताउनु भएको छ, त्यही भएर हामी अतिविपन्न मण्डल परिवारलाई सहयोग गर्न आएका हौं,’ कलाकार कुमार कट्टेलले भने ।
स्थानीय शम्भु मण्डलको परिवारमा १७ जना छन् । त्यसमा एक बालकसहित पाँचजना दृष्टिविहीन छन् । उनीहरूको अवस्था निकै नाजुक भएकाले आफूहरूले घर बनाइदिन लागेको कलाकार अर्जुन घिमिरेले बताए । उनका अनुसार नयाँ तीन घरका लागि ३५ देखि ४० लाख रुपैयाँ बजेट अनुमान गरिएको छ ।
Comments
अरु समाचार
-
फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु हुँदै
काठमाडौं । ‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु हुँदैछ । महोत्सव ललितपुरको यलमाया केन्द्रमा...
-
छठ गीतमा चर्चित ‘बिहारकी कोकिला’ शारदा सिन्हाको छठ पर्वमै निधन
काठमाडौँ ।‘बिहारकी कोकिला’ उपनामले प्रसिद्ध भारतीय गायिका शारदा सिन्हाको ७२ वर्षको उमेरमा मंगलबार नयाँदिल्लीको एम्स अस्पतालमा निधन भएको छ। सिन्हाले...
-
नेपाली चलचित्रका लागि चाडपर्व सुखद , हलदेखि ओटीटीसम्म दर्शकको साथ
काठमाडौं । नेपाली चलचित्रका लागि चाडपर्व सुखद देखिएको छ । दसैँ र तिहारमा हलसँगै ‘ओभर दी टप’ (ओटीटी) का विभिन्न...
-
घमेश दुलालले ल्याए खर्च दशैंलाई (भिडियो)
काठमाडाैं । चर्चित गायक घमेश दुलालले 'खर्च दशैंलाई' बोलको गितको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलालले आफ्नै युट्युब...
-
‘बन्दी जीवनका अत्यासलाग्दा कथाहरु’ लोकार्पण, ६ स्रष्टा सम्मानित (तस्बिरहरुसहित)
काठमाडौँ, ५ असोज । शमी साहित्य प्रतिष्ठानको आयोजनामा शनिबार काठमाडौंमा साहित्य साधना सम्मान तथा पुस्तक लोकार्पण समारोह सम्पन्न भएको छ...
-
राष्ट्रिय नाटक महोत्सव’मा छवटा नाटक मञ्चन गरिँदै
काठमाडौं । वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको १००औँ जन्मजयन्तीका अवसरमा आयोजित राष्ट्रिय नाटक महोत्सवमा छ नाटक मञ्चन गरिने छ । हरिप्रसाद...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
दिनेश डीसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त
काठमाडौं । सरकारले दिनेश डीसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले चलचित्र निर्देशक...
-
वरिष्ठ नेत्र विशेषज्ञ डा रुइत सम्मानित
काठमाडौं । ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँले तिलगङ्गा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक डा.सन्दुक रुइत आँखा उपचारका क्षेत्रमा पुर्याउनुभएको विशिष्ट...