अन्ततःसोनी टेलिभिजनले कपिल शर्माको कार्यक्रम बन्द गर्ने भयो
नयाँ दिल्ली । कपिल शर्मा शो सुनिल र कपिलबीचको झगडाका कारण लोप हुने अवस्थामा पुगेको छ। सुनिलले उनी सँगको सहकार्यमा फर्कन नमानेपछि शोको टेलिभिजन रेटिङ पोइन्ट ‘टिआरपी’ ह्वातै घटेको छ। सोही विषयलाई कारण देखाउँदै सोनी टेलिभिजनले कपिल शर्मा शो को प्रसारण बन्द गर्ने जनाएको छ।
भारतीय सञ्चार माध्यमहरुका अनुसार सोनी टिभीले उनको कार्यक्रमको विकल्पको रुपमा सुनिलको कार्यक्रम प्रसारण गर्ने तयारी गरेको छ। सुनिलले ल्याउने भनेको नयाँ कार्यक्रमबारे सोनीले यतिबेला अनुसन्धान गरिरहेको र उपयुक्त ठानेमा प्रसारण लागि स्वीकृति दिने तयारी भइरहेको छ। कपिल शर्माको शोको विकल्पमा सोनीले सुनिलको कार्यक्रमलाई ल्याउन लागेको हो।
सुनिलमार्फत् नयाँ कार्यक्रमको तयारी भइरहेको चर्चा चुलिए पनि सुनिलले भने यो विषयमा आफूले निर्णय गरिनसकेको उल्लेख गरेका छन्। ‘मैले केही निर्णय गरिसकेको छैन’, उनले भनेका छन्।
अष्ट्रेलियाबाट भारत फर्किने क्रममा कपिल शर्माले रक्सीले मातेर सुनिलामाथि दुव्र्यवहार गरेका थिए। सो विषयलाई लिएर सामाजिक सञ्जालमा चर्को विरोध भएपछि उनले क्षमा मागेका थिए। तर सुनिल कार्यक्रममा नफर्किएपछि कपिल शर्मा शोको अस्तित्वमा संकट पैदा भएको थियो।
Comments
अरु समाचार
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
हावा चलेछ क्यारेमा सरोज र पार्वति, समिक्षाको आवाज (भिडियो)
काठमाडाैं । डा. आदित्य जोशी र समिक्षा अधिकारीको स्वरमा 'हावा चलेछ क्यारे' गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मेडिसिन...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...











